काठमाडौं, ९ माघ । नेपालले भ्रष्टाचार गर्ने देशको सूचीमा आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले तीन स्थानमाथि गई सुधार गरेको देखिएको हो । नेपाल विश्वका १८० देश रहेको सूचीमा कूल १०० अङ्कमध्ये ३४ अङ्क प्राप्त गरेको ११३औँ स्थानमा परेको हो । सन् २०१८ मा […]
मुख्य समाचार
राष्ट्रियसभा निर्वाचनमा मतदान जारी, ८० प्रतिशत मत खस्यो, आजै मत परिणाम
काठमाडौं, ९ माघ । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिए । मतदान केन्द्रमा पुगेर मतदाता बिहान बजेदेखि नै लाइनमा बसेको देखियो । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ […]
सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन जारी
काठमाडौं । राष्ट्रियसभाका १८ सिटका लागि अहिले देशका सातवटै प्रदेशमा मतदान भइरहेको छ । यही फागुन २१ बाट रिक्त हुन लागेका सिटमा निर्वाचन भइरहेको हो । मतदानस्थल तोकिएका सातै प्रदेशमा शान्तिपूर्ण रूपमा अहिले मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । ५३ हजार ५ सय ८ मतभार रहेको निर्वाचनको चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन् […]
सामान्य विवादपछि छुरा प्रहार गरेर साथीको हत्या
काठमाडौं, ९ माघ । भक्तपुरमा छुरा प्रहार गरेर एक किशोरको हत्या भएको छ । घटनामा संलग्नको आरोपमा प्रहरीले २ किशोरलाई पक्राउ गरेको छ । छुरा प्रहारबाट भक्तपुर–१०, चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते सुवाललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी […]
दैलेखमा पेट्रोलियम अन्वेषण ‘साइस्किम सर्भे’ शुरु सफलता नजिकै
दैलेख, ०९ माघ । बिगत केहि समय अघिदेखि दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका अनुभवी नेपाली कामदारलाई सो कार्यमा प्रयोग गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो । नेपाल […]
साविक उमावि शिक्षकलाई मावि द्वितीय श्रेणीमा स्थायी गर्न विशेष आन्तरिक विज्ञापन गर्न माग
काठमाडौं । साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरुलाई आफूहरुलाई मावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेरको हद नलाग्ने गरी विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न माग गरेका छन् । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले बुधवार शिक्षा सचिव महेश दहाललाई ध्यानाकर्षण पत्र बुझाउँदै साविकको उमावि तह अनुदान कोटाका शिक्षक पदलाई स्वीकृत दरवन्दीमा परिणत गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी […]
प्रधानमन्त्री ओलीको ‘फलिफाप’ त्यो माघ, ‘अशुभ’ यो माघ
काठमाडौं । पार्टीका नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले विभिन्न कालखण्डमा पार्टीको प्रमुख जिम्मेवारी पाइसकेका थिए। प्रधानमन्त्री पनि भइसकेका थिए। तर लामो समय केपी शर्मा ओलीलाई ती दुवै अवसर जुरेन। उनी पार्टीभित्र सधैँ प्रतिपक्षी जस्तो भूमिकामै सीमित रहे। छ वर्षअघिको माघबाट उनको राजनीतिक यात्राले कोल्टे फेर्यो। स्वास्थ्यमा प्रतिकूलता बढ्दै थियो, सरकार र पार्टी दुवैथरी सत्ताको […]
अधिकृतले लिए अवोध बालकको ज्यान
नवलपुर, ८ माघ । नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षको गाडी अधिकृतले सिक्ने क्रममा दुर्घटना हुदा एक जना बालकको ज्यान गएको छ । हुप्सेकोट गाउँपालिकाको जीपको ठक्करबाट एक ५ वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । स्थानीले घटनाको विरोध गरेपछि रातभरी तनाव उत्पन्न भएको हो । स्थानीयले सवारी चालकलाई पक्राउ गर्नुपर्ने र […]
सोनाम ल्होसारमा सार्वजनिक विदा (सूचनासहित)
काठमाडौं ८ माघ । सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । एक सूचना निकाल्दै प्रदेश ३ सरकारले सार्वजनिक बिदा दिइने भएको छ । गत पुस २७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १० गते बागमती प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङहरूको ठूलो चाड सोनाम ल्होसार बागमती प्रदेशको एक प्रमुख पर्व […]
लामो समयदेखि परेको हिमपातले कर्णाली करिडोर सडक डेढ महिनादेखि अवरुद्ध
सिमकोट, ८ माघ । लामो समयदेखि हिमपात भईरहदा कर्णाली करिडोर अन्तर्गत सिमकोट हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । उच्च हिमाली यस क्षेत्रमा बाक्लो हिमपातले सडक सेताम्मे छन् । अवरुद्ध यातायात सेवाका कारण स्थानीयवासीको यात्रा कठिन भएको नाम्खा गाउँपालिका वडा नम्बर ५ का स्थानीय लामाक्याप लामाले बताए । नाम्खाबाट जिल्ला सदरमुकाम सिमकोट आई […]