पाँचथर, २८ साउन । आगामी पाँच वर्षभित्र पाँचथरको याङबरक गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका अर्थात कुपोषणमुक्त गाउँपालिका घोषणा गरिने भएको छ । यस गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका बनाउन निर्वाचित जनप्रतिनिधिले शुक्रबार १० बँुदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । बहुक्षेत्रीय पोषणयोजना अन्तर्गत बहुक्षेत्रीय प्रयासबाट यस गाउँपालिकालाई पोषित गाउँपालिका घोषणा गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका बहुक्षेत्रीय पोषण […]
मुख्य समाचार
बाढी पहिरोले जाजरकोटका गाउँ अन्धकार
जाजरकोट, २८ साउन । लगातार परेको पानीका कारण खोलानाला बढेपछि जाजरकोटका दर्जन ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । विद्युत् उत्पादका लागि ल्याइएको पानीको नहर भत्किएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । लाखौँ रकम खर्चेर निर्माण गरेका विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । त्रिवेणी नलगाड नगरपालिका–३ करुवास्थित भेरीखोला चिलिखोलेसा लघु […]
बाढीले मोरङ जिल्ला पूरै डुबानमा । जिल्ला भयो तालजस्तो
मोरङ, २८ साउन । अविरल वर्षाका कारण मोरङमा अहिलेसम्मकै ठूलो बाढी आएको छ । बाढीले मोरङ जिल्ला पूरै तालमा डुवेको जस्तो भएको छ । बाढीले जिल्लाका ७ हजार ५ सयभन्दा बढी घर डुबानमा पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बाढी कारण मृत्यु हुने मध्ये अहिलेसम्म २ जना महिलाको शव फेला परेको छ । […]
भारतले कोशी बाँधका ढोका नखोल्दा सप्तरी पूरै डुवानमा । वहाव यो वर्षकै उच्च
सप्तरी, २८ साउन । लगातारको बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेर यो बर्षकै उच्च भएको छ। पानीको बहाव उच्च हुँदा समेत भारतले कोसी ब्यारेजका सबै ढोका खोल्न आनाकानी गरिरहेको भन्दै स्थानीयबासी रुष्ट बनेका छन्। पानीको बहाब प्रति सेकेण्ड २ लाख ७० हजार तीन सय ६५ क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जानकारी […]
डियर ! तिम्रो नाममा डीभोर्सको फिराद
प्रिय सुञ्जुकी ! प्रियतम ! म यस प्रौढढल्को मानसिक तन्नेरीले भर्खरै एउटा दुःखान्त निर्णय गरेँ… । यसले हाम्रा जीवन र सन्ततीलाई अर्थ र असर पार्छ । जान्दछु तर पनि । प्रिय ! मलाई माफ गर । म तिमीसँग अब डिर्भाेस गर्न जाँदैछु । तिमीले यो आभास त पाएको धेरै दिन भयो नै । तर, डिभोर्सको […]
संसदीय व्यवस्थामा आएवापत कांग्रेसले बक्सिस स्वरुप भरतपुरमा मेयर दिएको विप्लवको टिप्पणी
काठमाडौं, २५ साउन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्र र कांग्रेसबीच सत्ता र चुनाव प्रयोजनका लागि गरिएको गठबन्धनलाई इतिहासकै खराब गठबन्धन भएको बताएका छन् । विचारधारात्मक रुपमा राजनीतिक पार्टीहरुबीच हुने गठनबन्धनमध्ये माके–कांग्रेस गठबन्धन अहिलेसम्मकै खराब भएको बताए । गठबन्धनलाई विभिन्न कालखण्डमा विश्व इतिहासमा भएका च्याङकाईसेक र चाङक्वोथाओ, जर्मन सरकार र सिदेमान, फ्रेन्च […]
प्रचण्डमाथि केपीले हाने कडा झटारो । जमिन्दार बनेर माअोवादी खाएको अारोप
काठमाडौं, २६ साउन । विपक्षीमाथि चोटिलो प्रहार गर्न निकै माहिर मानिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एउटा अर्को प्रहार बाहिर आएको छ । यसपटक पुनः ओलीले नेकपा (माओवादी केन्द्र) र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि प्रहार गरेका छन् । नेता ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जमिन्दारको संज्ञा दिएका छन् । राजधानी काठमाडौंको धुम्वाराहीमा रहेको […]
काठमाडौंको हिलोधुलोदेखि झूर टेलिफोनबारे संसदमा यसरी उठ्यो चर्को आवाज
काठमाडौँ, २६ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले राजधानी जोड्ने चितवन मुग्लिन सडक कहिले पुनः निर्माण हुन्छ ? भनी प्रश्न गरेका छन् । भूउपयोग नीति ल्याउन, वर्षा हुँदा हिलाम्मे हुने र घामलाग्दा धुलाम्मे हुने राजधानीका सडकको दूरावस्थामा सरकारले ध्यान नदिएको, राजधानीका सार्वजानिक यातायातका यात्रुले कष्टप्रद रुपमा यात्रा गर्नु परेको भन्दै उनीहरुले भूकम्पपीडित जनताको […]
गम्भीर अपराध गर्नै सबैलार्इ अब अाजीवन कारावासकाे सजाय दिइने
काठमाडाैं, २६ साउन । शासक फेरिए पनि शासन उस्तै, संविधान फेरिए पनि कानुन उस्तै ! यस्तै भुक्तमान नेपालीहरूले नयाँ संविधान जारी भएको तेस्रो वर्ष नलाग्दै सर्वसाधारणको दैनिकीमा प्रभाव पार्ने महत्त्वपूर्ण कानुन फेरिएका छन् । संसद्ले बिहीबार मुलुकी ऐन प्रतिस्थापन गर्ने ७ विधेयकमध्येका ३ अपराध संहिता र फौजदारी कार्यविधि संहिता र फौजदारी कसुर सजाय निर्धारण तथा […]
‘सहिदको रगत’ सार्वजनिक
काठमाडौँ, २६ साउन । साहित्यकार सुव सेनको इतिहास नाटक ‘शहीदको रगत’को सार्वजनिक गरिएकाे छ । गुल्मेली समाजद्वारा आयोजित कार्यक्रममा स्रष्टाहरु अशेष मल्ल, डा देवीप्रसाद सुवेदी र अरविन्द रिमालले पुस्तकको लोकार्पण गरेका हुन् । सेन पूर्व सभासद् र पूर्व अञ्चलाधीश पनि हुन् । राणा शासनको विरोधमा आवाज उठाउँदा झुन्ड्याएर मारिएका शहीद शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त […]








