बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला रु ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो । यस अनुसार आज सुनको मूल्य प्रतितोला रु १ हजार ३ सयले वृद्धि भएको […]

निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर : प्रेम सुवाल

भक्तपुर । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का सचिव एवं भक्तपुर-१ का उम्मेदवार प्रेम सुवालले फागुन २१ को निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर भएको बताएका छन् । निर्वाचनबाट जनताले देशभक्त र देशघाती छुट्याउनसक्नुपर्नेमा जोड दिदै उनले सोकुरा बताएका हुन् । सोमबार पत्रकार साक्षात्कार कार्यक्रमलाई कमलविनायकमा सम्बोधन गर्दै सुवालले नेमकिपाबाट १ सय २० क्षेत्रमा प्रत्यक्ष उम्मेदवार र […]

पप्पु कन्स्ट्रक्सनका मालिक रौनियारसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा गत साउन २० गतेदेखि ‘हेर्दाहेर्दै’ मा रहेको मुद्दा भदौ २४ को आगजनीका कारण नष्ट भएको मिसिल झिकाउने आदेश दिएको हो । जलेका मिसिल पुनः प्राप्तिपछि अदालतले सुनुवाइका लागि अर्को […]

धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने गृहको निर्णय

काठमाडौँ । गृह मन्त्रालयले धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।  धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ मा सोमबार बिहान बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको घटनामा छानबिन समिति बनाउने निर्णय भएको गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिइन् । दुर्घटनामा ठुलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको […]

धादिङ बस दुर्घटनाः मृत्यु भएका १९ मध्ये ९ जनाको सनाखत (नामावलीसहित)

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारीअनुसार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस सोमबार बिहान अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खसेर दुर्घटना भएको थियो। उक्त […]

बालेनको बाचापत्र- भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग, १ हजार दिनमा समाधान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन्। रास्वपाबाट झापा-५ मा उम्मेदवार रहेका शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन्। उनले भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग बनाउने र एक हजार दिनमा समस्याको समाधान गर्ने बाचापत्रमा उल्लेख गरेका छन्। ‘झापा-५ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र […]

रास्वपा मकवानपुरका सभापति पराजुलीले छोडे पार्टी, फर्किए कांग्रेसमा

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन् । उनी ३० वर्ष राजनीतिक जीवन बेतित गरेको पुरानै घर नेपाली कांग्रेसमा फर्किएका छन् । रास्वपा मकवानपुरले आज हेटौंडा उपमहानगरपालिका–४, स्थित हुप्रचौरमा सभा आयोजना गरिरहँदा सभापति पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन् । पराजुलीलाई नेपाली कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा […]

सुरक्षा अवस्था गम्भीर बनेपछि वीरगञ्जमा कर्फ्यु आदेश जारी

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले आज सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।  जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणको […]

अफगानिस्तानमा पाकिस्तानको आक्रमण, कम्तिमा २० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा ‘सात आतंकवादी अड्डा र शिविर’माथि हवाई आक्रमण गरेपछि दुई देश बीचको सम्बन्ध तनावपूर्ण बनेको छ । अफगानिस्तानका पूर्वी प्रान्त नान्घार र दक्षिणपूर्वी प्रान्त पक्तिकामा भएका हमलामा दर्जनौं नागरिक मारिएका छन् । नान्घारमा एक घरमाथि भएको आक्रमणमा २० जनाको मृत्यु भएको छ । पक्तिका प्रान्तमा एक मदरसामाथि लक्षित गरी आक्रमण […]

पश्चिमी वायुको प्रभावले यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला तराईका धेरैजसो भू-भागमा बाक्लो तुवाँलो लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ।  बागमती र लुम्बिनी प्रदेशका उच्च […]