सिन्धुली । सिन्धुली जिल्ला निर्माण व्यवसायी संघको ९औँ जिल्ला अधिवेशनबाट उद्धव दाहाल अध्यक्षमा निर्वाचित भएका छन्। दाहाल १ सय २९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी तुलसीराम श्रेष्ठले ८१ मतमै चित्त बुझाए । ४८ मतान्तरले दाहाल अध्यक्ष निर्वाचित भएका निर्वाचन अधिकृत नारायण बरालले बताएका हुन् । अघिल्लो अधिवेशनमा श्रेष्ठसंग पराजित भएका दाहालले […]
मुख्य विशेष
सुनिल पौडेललाई एक लाख धरौटीमा छाड्न आदेश
काठमाडौं । विशेष अदालतले श्रृङखलावद्ध भ्रष्टाचारको आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनीसँग एक लाख रुपैयाँ धरौटी मागेको हो । उनीमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा करिव १६ […]
भारतको धर्मस्थलमा सयौँ महिलाको शव गाडेको दाबी गर्ने व्यक्ति पक्राउ
कनार्टक । भारतको दक्षिणी राज्य कर्नाटकको धार्मिक सहर धर्मस्थलमा हालै एक व्यक्तिले गरेको सनसनीपूर्ण दाबीपछि ठुलो हङ्गामा भएको छ। उनले विगतमा सयौँ महिलाहरूलाई बलात्कारपछि हत्या गरी आफूलाई जबरजस्ती गाड्न लगाइएको आरोप लगाएका थिए। धर्मस्थल, जहाँ शताब्दीयौँ पुरानो मञ्जुनाथ स्वामी मन्दिर रहेको छ, दैनिक हजारौँ भक्तजनहरूको आस्थाको केन्द्र हो। यही सहरमा यस्तो दाबी सार्वजनिक भएपछि स्थानीय […]
आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन
काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमानकहाँ पुर्याइएकाे कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु […]
दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा टर्यो
काठमाडौं । दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्प आएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, हालसम्म कुनै क्षतिको जानकारी प्राप्त भएको छैन। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार यो भूकम्पको केन्द्र अर्जेन्टिनाको दक्षिणतर्फ रहेको ड्रेक पैसेज नजिकै १०.८ किलोमिटर गहिराइमा गएको थियो। चिलीको नेभी हाइड्रोग्राफिक तथा ओसनोग्राफिक सर्विसले पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी जारी […]
शिक्षा समितिबाट पारित विधेयकमा माओवादीसहित रास्वपा र राप्रपाको फरक मत
काठमाडौं । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो । समितिबाट पारति विधेयकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत राखेका छन् । माओवादीले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्ति सम्बन्धी व्यवस्थालाई उपसमितिले […]
एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि
काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको मिति घोषणा गरिएको छ । एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुने छ । एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ । एनपीएलको पहिलो संस्करण सुदूरपश्चिम राेयल्सलाई हराउँदै जनकपुर बोल्टस्ले जितेको थियो ।
मौलिक पर्व पञ्चदानका यस्ता छन् विशेषता
दान भन्ने शब्द संस्कृत मूलको हो, जसलाई नेपाली भाषामा पनि उही अर्थमा प्रयोग गरिन्छ। दान भन्नाले अरूको हितका लागि केही दिनु – विशेषतः असहाय, गरिब वा आवश्यकता परेकालाई सहयोग गर्नु – भन्ने बुझिन्छ। यो सहयोग भौतिक (जस्तै अन्न, वस्त्र, धन, रगत आदि) वा अमूर्त (जस्तै शिक्षा, समय, सेवा, ज्ञान आदि) दुवै प्रकारको हुन सक्छ। मानव […]
लिपुलेकबारे डा. राजन भट्टराई : नेपालको सहमतिबिना नेपाली भूभागबारे गरिने सम्झौता अमान्य
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्र विज्ञ डा. राजन भट्टराईले लिपुलेकलाई भारत र चीनले व्यापारिक केन्द्र बनाउने सहमति गरेकोमा आपत्ति जनाएका छन् । भट्टराईले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै नेपाली भूभागको मामिलामा नेपालकै सहमतिबिना गरिने सम्झौता मान्य नहुने बताएका हुन् । यसले नेपालको सार्वभौमिकतामा असर पुगेकोतर्फ सङ्केत गर्दै उनले लेखेका छन्, ‘नेपाली […]
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूचीमा उल्लेख छ । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले’औद्योगिक सम्पत्ति […]











