काठमाडाैं, ३ कार्तिक । अागामी निर्वाचनका लागि गठबन्धन गरेका नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र)ले भागवन्डा टुङ्गाे लगाएका छन् । मंसिर १० मा घाेषणा भएकाे संघीय प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा दुर्इ दलले यसअघि सहमति गरिएकाे ६० र ४० प्रतिशतमा भागवन्डा टुङ्गाे लगाएका हुन् । निर्वाचनका लागि तत्काल वाम गठबन्धन बनाउन लागेका दुर्इ दलले […]
मुख्य विशेष
पुछ्रेताराका कारण अाज उल्का वर्षा हुने
काठमाडौँ, ३ कार्तिक । हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ । उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले (शुक्रबार) आज राति हेर्न सकिनेछ । उल्का […]
भवन भट्ट प्यानलसहित अध्यक्षमा विजयी (एनआरएनएमा जित्नेको सूचीसहित)
काठमाडौँ, ३१ असोज । भवन भट्ट गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा विजयी भएका छन् । काठमाडाैंकाे बाैद्धस्थित हयात रिजेन्सी हाेटलमा भएकाे एनअारएनएकाे अाठाै विश्व सम्मेलनबाट उनी विजयी भएका हुन् । सम्मेलनबाट अधिकांश पदमा भट्टकै प्यानलका विजयी भएका छन् । भट्टले अध्यक्षकी अर्की प्रत्यासी जमुना गुरुङलाई पराजित गरेका हुन् । यसअघि दुर्इ कार्यकाल अध्यक्ष भएका शेष […]
समय सकिने बेला सांसदले मनपरी बाँडे १० अर्ब
काठमाडौं, ३० असोज। संसदको अायु सकिएसँगै सांसदहरुको काठमाडौं बसाईको अर्थ पनि समाप्त भएको छ । संसदकै कामको लागि अब सांसदहरुले काठमाडौंमा डेर गर्नु नपर्ने भएको हो । अागामी मंसिरपछि नयाँ अनुहारका सांसदहरु काठमाडौमा देखिनेछन् । सांसदहरु जनताको काम भन्दापनि अाफ्नो स्वार्थको लागि मरिहत्ते गर्ने गरेको अारोप विगतदेखि नै लाग्दै अाएको छ । त्यही अारोपको अर्को […]
मत च्यातेर छोरीले हराएका देवी ज्ञवाली प्रचण्डको चुनावी कमाण्डर बन्दै
काठमाडौं, २९ असाेज । राजनिती संभावनाहरुको खेला हो भन्ने कुरा फेरी एकपटक प्रमाणीत भएको छ । जसको कारण भरतपुर महानगरपालिका स्थानीय निर्वाचनमा छोरी रेणु दाहाल विरुद्ध मैदानमा उत्रिएका एमाले नेता देवी ज्ञवाली बुवाको भने चुनावी कमाण्डर बन्ने भएका छन् । उनले कांग्रेस माओवादी गठबन्धनबाट भरतपुर महानगरपालिकाको स्थानीय निर्वाचनमा प्रचण्ड पुत्री माओवादीका उम्मेद्वाररेणु दाहलसँग पराजय बेहोरेका […]
राष्ट्रपति विद्यादेवी भण्डारीसँग यति धेरै किन डराएका थिए प्रधानमन्त्री देउवा
काठमाडाैं, २८ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग यसपटक निकै डराएकाे खुलासा भएकाे छ । प्रम देउवा राष्ट्रपति भण्डारीसँग यति धेरै किन रिसाएका थिए भन्ने प्रष्ट त भइसकेकाे छैन तर पछिल्ला केही दिनयता राष्ट्रपतिसँग उनी निकै डराएका थिए भन्ने कुरा भने थाहा हुन अाएकाे छ । प्रम देउवा राष्ट्रपतिसँग डराएकाे कुरा शनिवार सकिएकाे […]
बाजुरामा क्रुर घटना : दार्इ र भार्इकाे परिवारबीच खुकुरी हानाहान हुँदा दुबैकाे मृत्यु
बाजुरा, २८ असाेज । बाजुरामा एकै परिवारका दाजु–भाइको परिवार भित्रै खुकुरी हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ। खुकुरी हानाहानमा संलग्न अर्का एक गम्भीर घाइते छन्। बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानीमा शनिबार बिहान दाजुभाइको परिवारबीच खुकुरी हानाहान हुँदा दुई जनाको मृत्यु भएको हो। कालापानीका मोहन गिरी र उनका सहोदर भाइ गोरख गिरीको परिवारबीच जग्गा विवादको […]
पुल बनाउन छाडेर तीन वर्षदेखि ठेकेदार वेपत्ता
जाजरकोट, २८ असोज । जाजरकोट–डोल्पा सडकखण्डको वैरिताल चिसापानीबीचमा रहेको भेरी नदीमा पुल चार वर्षदेखि निर्माण हुन नसक्दा सर्वसाधारणलाई समस्या हुँदै आएको छ । दुवै किनारा अर्थात् चिसापानी वैरितालमा पिल्लरको निर्माणसमेत पूरा नहुँदा कामले गति लिन नसकेको हो । पिल्लर अधुरै छाडेको तीन वर्ष बितेको छ । पुलको स्लापलगायत अन्य कामको अत्तोपत्तो छैन । सडक विभाग […]
सिंहदरवारभित्रै विद्यार्थीले शिक्षामन्त्रीलार्इ एक घन्टा थुने
काठमाडौं, २७ असाेज । शिक्षा एेनकाे नवाैं संशाेधन २०७४ काे विराेधमा उत्रिएका विद्यार्थीहरुले अाज उपप्रधान तथा शिक्षामन्त्रीलार्इ सिंहदरवारभित्रै एक घन्टा कार्यकक्षमा थुनेका छन् । संयुक्त विद्यार्थी संगठनले थालेकाे अान्दाेलनका क्रममा अाज सिंहदवार पुगेका विद्यार्थीहरुले शिक्षामन्त्री गाेपालमान श्रेष्ठलार्इ कार्यकक्षबाट बाहिर निस्कनै नदिएर एक घन्टा थुनेका हुन् । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंह र महासचिव दिपेन्द्र चलाउने, […]
युद्धपाेत पठाउन नराेकेपछि चिनले अमेरिकालार्इ दियाे यस्ताे कडा चेतावनी
काठमाडाैं । अमेरिकाले दक्षिण चीन सागरमा अाफ्ना गतिविधि नराेकेपछि चीनले कडा चेतावनी दिएकाे छ । पछिल्लाे समय दक्षिणी चीन सागरमा अमेरिकी क्षेप्यास्त्र बाेकेकाे एक विध्वंसक युद्धपोत प्रवेश गरेकाे चीनले जनाएकाे छ । अमेरिकाकाे उक्त कार्यकाे चीनले कडा शब्दमा विरोध गरेको छ । अमेरिकाले यस्ता उत्तेजनात्मक गतिविधि जारी राखे अब चीनले अाफ्नाे तयारी पनि बढाउने चेतावनी दिएकाे […]










