मुस्कुराँदै डिल्लिबजार कारागार पसे ढुङ्गेल

काठमाडाैं, १४ कार्तिक । माओवादी नेता बालकृष्ण ढुंगेललाई जिल्ला अदालतले सदरखोर डिल्लीबजार चलान गरेको छ । मंगलबार विहान ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई अपरान्ह काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई अदालतको अनुमतिपछि जेल चलान गरिएको हो । अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ । कडा सुरक्षाका साथ […]

माअाेवादी नेता बालकृष्ण ढुंगेल गिरफ्तार

काठमाडाै‌, १४ कार्तिक । माअाेवादी नेता बालकृष्ण ढुङ्गेललार्इ प्रहरीले पक्राउ गरेकाे छ । उनलार्इ ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरिएकाे हाे । जनयुद्धकालमा अाेखलढुङ्गामा भएकाे एक घटनालार्इ लिएर उनलार्इ लामाे समयदेखि विवादमा तानिएकाे थियाे । युद्धकालमै उनी गिरफ्तार परेर लामाे समय जेल पनि बसेका थिए । अाेखलढुङ्गा जिल्लामा निकै स्थापित नेताकाे रुपमा रहेका ढुङ्गेललार्इ गिरफ्तार गरिएसँगै फेरि […]

सर्वाधिक राशीको राइनो संरक्षण गोल्डकप सुरु

नवलपरासी, १४ कात्तिक । काठमाडौँ उपत्यका बाहिरकैै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकूद मन्त्रालयका सचिव महेश दाहालले उद्घाटन गरेका हुन् । प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा कास्की ११ ले जगदम्बा लुम्बिनीलाई ०–३ ले पराजित ग¥यो । मंगलबारको खेल वीरगन्ज युथ क्लव र रुपन्देही ११ बीच […]

निर्वाचन नहुने चर्चा चलिरहेका बेला अयोधीले दिए अदालतलार्इ धन्यवाद

काठमाडाैं, १२ कार्तिक । सर्वाेच्च अदालतकाे अादेशपछि निर्वाचन सर्ने विषयमा व्यापक चर्चा चलिरहेका बेला निर्वाचन अायाेगका प्रमुख अायुक्त अयाेधी प्रसाद यादवकाे त्यसबारे धारणा बाहिर अाएकाे छ । यादवले सर्वाेच्च अदालतले दिएकाे अादेशलार्इ धन्यवाद दिएका छन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका विषयमा राखिएकाे एक प्रशिक्षण कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् । […]

त्रिशुली नदीमा अर्को यात्रुबस खसेर वेपत्ता

धादिङ, ११ कार्तिक । त्रिशुली नदीमा यात्रुवाहक बस खसेर वेपत्ता भएकाे छ । सप्तरीकाे सदरमुकाम राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस शनिबार बिहान ५ बजेतिर त्रिशूली नदीमा खसेर हराएको हाे । खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेकाे हाे ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले बिहान अँध्यारोमै गाडी नदीमा खसेकाे खबर […]

सर्वोच्च र निर्वाचन आयोगबीच मतपत्रमा बाझाबाझ, निर्वाचन सर्ने

काठमाडाैं, ९ कार्तिक । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र पनि सँगै छाप्दै छ । समानुपातिकका लागि एउटा र प्रत्यक्षका लागि अर्को गरी जम्मा दुई पानाको मतपत्र व्यवस्था गरिएको छ । समानुपातिकतर्फको मतपत्रको पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेश सभाको मतदान गर्ने व्यवस्था छ । त्यस्तै, प्रत्यक्षतर्फको मतपत्रमा माथिल्लो भागमा प्रतिनिधिसभा […]

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सी जिनपिङ विचारधारा पारित

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ इतिहासकै शक्तिशाली नेता बनेका छन् । राष्ट्रपति सी माअाेत्सेतुङपछिका शक्तिशाली नेताका रुपमा मानिएकाे छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेसनले पार्टीको घोषणापत्रमै ‘सी जिनपिङ विचारधारा’ राख्ने निर्णय गरेसँगै यस्ताे विश्लेषण गरिएकाे हाे । यसअघि माअाेका पालामा चिनमा माअाे विचारधारा अाैपचारिक रुपमा सरकारले घाेषणा गरेकाे थियाे । यससँगै चिन […]

तेस्रो वरियताका रेग्मी बने मुख्य सचिव, देउवासँग रहेछ यस्तो कनेक्सन

काठमाडाैं, ७ कार्तिक । सरकारले वरियतामा तेस्रो नम्बरमा रहेका लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । पहिलो वरियतामा रहेका शंकरप्रसाद अधिकारीलाई पन्छाएर सरकारले गृह मन्त्रालयका सचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । वरियतामा तेस्रो भए पनि उनी प्रतिस्पर्धामा सबैभन्दा अघि रहेका थिए । विभिन्न राजनीतिक दलका नेतासँग राम्रो सम्बन्ध बनाएका रेग्मी नेताहरुको प्रिय […]

पूर्व गृहमन्त्री शक्ति बस्नेत विरुद्ध आफ्नैका कारण एमालेको बागी

जाजरकाेट, ६ कार्तिक । नेकपा एमाले र माअाेवादी केन्द्रकाबीच देशभर तालमेल गर्ने घाेषणा गरिए पनि ठाउँ ठाउँमा दुबै पार्टीबाट एक अर्का विरुद्ध बागी उम्मेदवारी परेकाे छ । यसै क्रममा जाजरकाेटमा सङ्घीय प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा बागी परेकाे छ । जाजरकाेटमा संघीय सभाका लागि एक क्षेत्र र प्रदेश सभाका लागि दुर्इ क्षेत्र ताेकिएकाे छ […]

एकाबिहानै राजधानीमा गोली चल्यो, स्कूटर चालकलार्इ कारमा आएका व्यक्तिले हाने गोली

काठमाडौं, ५ कार्तिक । राजधानीमा फेरि अर्काे गाेलीकाण्ड घटेकाे छ । तिहार सकिएकाे एक दिन नबित्दै अाज अाइतबार बिहानै काठमाडाैंकाे म्हैपीमा गाेली चलेकाे हाे । अाज बिहानै म्हैपीमा स्कुटरमा गइरहेका एक व्यक्तिमाथि गाेली प्रहार भएकाे हाे । गाेली लागेका व्यक्ति गम्भीर घार्इते छन । उनलार्इ तत्काल उपचारका लागि महाराजगञ्ज शिक्षण अस्पताल लगिएकाे छ । महानगरीय […]