काठमाडाैं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको म्यान्डेट पाएको याे सरकार कसैले ढाल्न नसक्ने बताएका छन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आइतबार उनले भने, ‘यो जनताको म्यान्डेट पाएको सरकार हो। विकास गर्ने कुरामा, प्रशासनिक सुधार गर्ने कुरामा सरकार दृढ छ।’ जनताकाे विश्वास प्राप्त सरकार फुकीढल (फू गर्दा ढल्ने) नभएकाे उनकाे दाबी […]
मुख्य विशेष
बैतडीबाट महेन्द्रनगर आउदै गरेको बस अनारखोलीमा दुर्घटना !
काठमाडौं, २४ बैसाख । बैतडीको दशरथचन्द राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी चालकसहित १४ जना घाइते भएका छन् । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नम्बरको बस दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–१०, अनारखोलीमा बिहान पौने ३ बजे दुर्घटना भएकाे हो । बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि ब्याक हुन गई सडकबाट […]
देशभर मदिरा नियन्त्रण अभियान चलाइने
काठमाडौं, २४ बैसाख । गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा बिक्री वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो । सोही क्रममा गृहमन्त्री रामबहादुर थापाले विभिन्न राजनीतिक पार्टी आबद्ध महिला नेत्री र महिला सांसदसँग गृहमन्त्रालयमा सो विषयमा छलफल गरेका […]
फेरि फुट्यो माओवादी केन्द्र, कसले गर्दैछ नयाँ पार्टीको नेतृत्व ?
काठमाडौं, २३ बैसाख । नेकपा माओवादी केन्द्र फेरि विभाजन भएको छ । एमालेसँग एकताको अन्तिम तयारी भइरहेको बेला माओवादी केन्द्रका नेता-कार्यकर्ताहरुले नयाँ पार्टीको घोषणा गरेका छन् । एमालेसँग हुने भनिएको एकताप्रति असहमति राखेर अलग भएको घोषणा गरेका नेता विश्वभक्त दुलाल ‘अाहुती’को संयोकत्वमा नयाँ पार्टी गठन भएको हो । नयाँ पार्टीको नाम ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, […]
आईएमई बैंकका शाखा प्रमुखसहित दुई जनाको जिप दुर्घटनामा मृत्यु
बर्दिया, २२ बैसाख । बर्दियाको बारबर्दिया नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकको बा. १७ च १२१७ नम्बर जिप गएराति बारबर्दिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख रामबहादुर हमाल र सोही बैंकमा कार्यरत कञ्चनपुर घर भएका भुवन पन्तको […]
कालिका कन्स्ट्रक्सन र भारतीयले चलाएको क्रिश्चियन स्कुलमा बम बिस्फोट
काठमाडौं, २२ बैसाख । कालिका कन्ट्रक्सनको कार्यालयमा बम विस्फोट हुनुको साथै अागजनी भएको छ । बाँकेको हवलदारपुरमा रहेको बिक्रम पाण्डेको निर्माण कम्पनीको कार्यालयमा शुक्रबार राति १२ बजेतिर विस्फोट हुनुको साथै अाजगनी भएको बताइएको छ । विस्फोटको अावाजसँगै कार्यालयमा अागो लागेको स्थानीयले बताएका छन् । बिस्फोटक कारण कम्पनीको कार्यालय , अलकत्रा मिक्स्चर मेसिन , जेनेरेटर र […]
कांग्रेस पदाधिकारी मनोनयन : उपसभापतिमा निधि, महामन्त्रीमा खड्का र सह–महामन्त्रीमा महत
काठमाडौं, २२ बैसाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको २६ महिनापछि पदाधिकारी मनोनयन गरेका छन् । देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका हुन् । शुत्रबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी मनोनयनलाई बहुमतले अनुमोदन गरेको छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावलाई अनुमोदन गर्नु पर्ने कांग्रेसको विधानमा […]
भोलि नेपाल बन्द, पूर्वसन्ध्यामा देशभर बृहत मशाल जुलुस !
काठमाडौं, २१ बैसाख । नेपाल बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले देशभर बृहत मशाल जुलुस निकालेको छ । बन्दको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकासहित देशभर मशाल जुलुस निकालिएको सो पार्टीले जनाएको छ । नेकपाका कार्यकर्ता मशाल दलाल सरकार मुर्दाबाद, दमन गर्न पाईदैन, धरपकड बन्द गरजस्ता नारा लगाउँदै मशाल जुलुस निकालेका थिए । सरकार चरम फासिवादी बन्दै गएको भन्दै […]
देशभरका सिण्डिकेटवाला यातायात ब्यवसायीलाई २४ घण्टाभित्र पक्राउ गर्न गृहमन्त्री बादलको निर्देशन
काठमाडौं, २१ बैसाख । सिण्डिकेट बचाउन सार्वजनिक सवारीका साधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका व्यवसायीलाई सरकारले पक्राउ गर्ने भएको छ । सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृहमन्त्री रामबहादुर थापा बादलले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। । मन्त्री थापाले गृहसचिव, प्रहरी प्रमुख र […]
ज्ञापनपत्र बोकेर वीना मगर आफै आएपछि प्रधानमन्त्री ओली तिनछक
काठमाडौं, २१ बैसाख । बिहिबार हातमा ज्ञापन पत्र बोकेर वीना मगर आफै आएको देखेर प्रधानमन्त्री केपी ओली एकछिन तिनछक परे । खानेपानी मन्त्री मगर सीमाक्षेत्रमा भारतीयपक्षबाट बेला बखतमा समस्या आइरहने र जनताको ज्यूधनमा नै संकट पर्ने गरेको भन्दै ज्ञापन पत्र बोकेर प्रधानमन्त्रीकहाँ पुगेकी हुन । पाँच बुँदे माग बोकेर मन्त्री मगरसहित, पूर्वमन्त्री लेखराज भट्ट, ७ नम्बर […]










