डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष ओझालाई कार्यकक्षमै दलियो मोसो

काठमाडौं । भ्रष्टाचार र चरम लापरबाही गरेको भन्दै डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई कार्यकक्षमै मोसो दलिएको छ । कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराले अस्पताल प्रशासनमा व्यापक अनियमितता गरेको, आर्थिक चलखेल र राजनीतिक हस्तक्षेप भएको भन्दै कालोमोसो दली जनकारवाही गरेको जनाएको छ। उनीहरूले सार्वजनिक गरेको विज्ञप्तिमा अध्यक्ष ओझाले अस्पतालको स्वास्थ्य सेवा सुधारभन्दा व्यक्तिगत लाभ […]

सिर्जना सिज्जुले पनि फिर्ता लिइन् रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा रहेकी सिर्जना सिज्जु (सिर्जना वली)ले पनि नाम फिर्ता लिएकी छन् । सोलो ट्राभल गर्दै पर्यटन प्रवर्धन गरिरहेकी सिर्जनाले आफ्नो फेसबुक पेजमार्फत सूचीबाट नाम फिर्ता लिइसकेको बताएकी छन् । समानुपातिक बन्दसूचीमा नाम रहेको विषयमा प्रस्ट्याउँदै उनले लेखेकी छन्, ‘…तर मैले मेरो नाम फिर्ता लिइसकेकी छु । यात्रामा भएकाले […]

पूर्व माओवादी नेता बादल बने एमालेको चुनावी कमाण्डर

काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमाण्डर तोकेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको दोस्रो सचिवालय बैठकले समानुपातिकतर्फ उम्मेदवार बनेका बादललाई समग्र निर्वाचन परिचालनको जिम्मेवारी दिने गरी निर्वाचन परिचालन कमिटीको संयोजक तोकेको हो। उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार उक्त निर्वाचन परिचालन कमिटीको सचिल विष्णुप्रसाद रिमाल सचिव रहेका छन्। छविलाल विश्वकर्मा, राजन […]

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । सिंहदरबार स्थित समितिको कार्यालयमा बस्ने बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यतालिका छ । त्यस्तै दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा कोशी प्रदेशको अनुगमन […]

भारतको नयाँदिल्ली पुगे प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली पुगेका छन् । जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो । तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादी लगायत दल निकट प्रवासी संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली गएको उनको सचिवालयले जनाएको […]

अतिरिक्त स्वास्थ्य सचिव बन्न दर्जन बढी डाक्टरको दौडधुप

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव एक पदका लागि दर्जन बढी कर्मचारीले आवेदन दिएका छन्। मन्त्रालयको बढुवा समिति सचिवालयले गत २८ मंसिरमा १५ दिनको समयसीमा तोकेर योग्यता पुगेका इच्छुक कर्मचारीलाई आवेदन आह्वान गरेको थियो। अतिरिक्त स्वास्थ्य सचिव रहेका टंकप्रसाद बाराकोटीले कार्यकालको दुई वर्ष बाँकी रहँदै गत कात्तिक १९ मा पदबाट […]

मधेस प्रदेशका निलम्बित सांसद सिंहविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका निलम्बित सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका सरोज कुमार सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ […]

भेनेजुएलामा पूर्वलडाकुकी छोरी डेल्सीले सम्हालिन कार्यकारी राष्ट्रपतिको जिम्मेवारी

काठमाडौं । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार, यसअघि भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक भएको जनाएको […]

प्रादेशिक अस्पतालले नै पाएन चिकित्सक

महोत्तरी । प्रादेशिक अस्पताल जलेश्वरले कन्सलटेन्ट गाइनोकोलोजिष्ट तथा एमडीजीपी चिकित्सक माग गरेपनि पाउन सकेको छैन । सूचना गर्दा पनि चिकित्सक सम्पर्कमा नआएपछि पुन सूचना प्रकाशित गरिएको छ ।  अस्पतालले एक सूचना प्रकाशित गर्दै उक्त पदमा पुन: दरखास्त माग गरेको हो ।   दरखास्त नपरेकोले पुनः सूचना  जारी गरेको निमित्त अस्पताल प्रमुखले जनाएका छन् । करारमा […]

आसिफ शाहले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गर्दै जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् । ‘यसै सूचनामार्फत म मेरो […]