काठमाडौं, २९ असोज । उपचार गर्न आएका एक व्यक्तिको मृगौला झिकेर बेच्ने अस्पताल भेटिएको छ । ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालले यस्तो काम गरेको भेटिएको हो । अस्पतालमा उपचारका लागि आएका एक व्यक्तिको मृगौला झिकेर अर्कै व्यक्तिलाई बेचेको खुलेपछि प्रहरीले उक्त अस्पतालका (प्रमुख कार्यकारी अधिकृत) सीइओसहित पाँच जनालाई पक्राउ गरेको छ । साथै प्रहरीले मृगौला […]
मुख्य विशेष
इतिहासमै सबैभन्दा बढी संख्यामा सहसचिव र उपसचिवका लागि लोकसेवाले निकाल्यो विज्ञापन
काठमाडौं, २९ असोज । लोक सेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन प्रकाशित गरेको छ । आयोगले सहसचिव र उपसचिव गरी ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो । निजामती सेवा र स्वास्थ्य सेवातर्फमा एघारौं र नवौं तहमा बुधबार विज्ञापन प्रकाशित गरेको आयोगले यसको सबै तालिका पनि सार्वजनिक गरेको छ । आयोगले निजामती […]
महरालाई एकैचोटी १३ दिन म्याद थपियो
काठमाडौं । बलात्कारको प्रयासको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । काठमाडौंका जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले यस्तो आदेश दिएको हो । यसअघि उनकै आदेशबाट प्रहरीले महरालाइ पक्राउ गरेको थियो । प्रहरीले महरालाइ असोज १९ गते बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो । […]
महरालाई प्रहरीले अस्पतालबाटै लग्यो अदालतमा, अझै थुनामै राख्नुपर्ने प्रहरीको माग
काठमाडौं, २८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले आज अदालतमा उपस्थित गराएको छ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई प्रहरीले नर्भिक अस्पतालबाट अदालतमा हाजिर गराएको हो । पक्राउ परे पनि उनको स्वास्थ्य अवस्था बिग्रिएका कारण अस्पताल भर्ना गरिएको थियो । प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धानका […]
पारस खड्काले दिए राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा
काठमाडौं, २८ असोज । नेपालका चर्चित क्रिकेटर पारस खड्काले आफ्नो कप्तानीबाट राजिनामा दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका पारसले कप्तानीबाट राजिनामा किन दिए भन्ने धेरैले चासो व्यक्त गरेका छन् । उनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कप्तानी पद छाडेको घोषणा गरेका हुन् । नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले निलम्बन फुकुवा गरेको […]
मेलामा युवकमाथि दिउसै खुकुरी प्रहार गर्ने ५ पक्राउ
नेपालगञ्ज, २८ असोज । बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा आइतबार राति युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भई खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपाली सेनामा कार्यरत लोकेन्द्र शाही सख्त घाइते हुनुभएको थियो । […]
राज्य संयन्त्रलाई विश्वास गर्दा बालुवाटार जग्गा प्रकरणमा नराम्रोसँग ठगिएको एनआरएनको भनाई
काठमाडौं, २७ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको राज्य संयन्त्रबाट पीडित भएको जनाएको छ । ललिता निवास प्रकरणका नामले चर्चित बालुवाटार काण्डमा एनआरएनएको केन्द्रीय कार्यालय पनि परेको छ । बालुवाटारमा सभामुख निवासर्क अगाडि रहेको एनआरएनएको केन्द्रीय कार्यालय उनीहरुको निकै ठूलो ड्रिम प्रोजेक्ट मानिएको थियो । संसारभरका रहेका नेपालीबाट सहयोग उठाएर बनाइएको उक्त […]
आजदेखि भारतमा नेपाल र भारतका ऊर्जा सचिवको बैठक
काठमाडौँ, २७ असोज । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सोमबारदेखि भारतमा शुरु हुने भएको छ । बैठक दुई दिनसम्म चल्ने सो बैठकमा अन्तरदेशीय प्रसारण लाइन, इनर्जी बैंकिङलगायतका विषयमा छलफलसहित सहमति जुटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए । बैठकमा नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तर्देशीय […]
नेपाल र चीनबीच १८ सम्झौतामा हस्ताक्षर
काठमाडौँ, २६ असोज । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्तापछि शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विषयमा […]
लुक्ला उडिरहेको जहाजमा ठोक्किएर चरा नै भित्र पस्यो, पाइलटले यसरी जोगाए जहाज
सोलुखुम्बु, २५ असोज । सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो । उड्ने तयारीमा रहेको विमान धावनमार्गको करीब ७५ प्रतिशत भाग पार […]









