मान्छेको ज्यान लिने काठमाडाैंका यी खतरानाक भ्वाङ

काठमाडौं, २ साउन । मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाका जनप्रतिनिधिले नगरलाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउनेलगायत मीठा कुरा गरेका छन्। कसैले ,स्मार्ट सिटी, स्याटेलाइट सिटी, त कसैले ‘मोनोरेल’ संचालन र फ्लाइओभर निर्माण, कसैले निशुल्क वाइफाईको व्यवस्थाजस्ता आश्वासन दिएर नगरलाई सुविधासम्पन्न बनाउने सपना बाँड्न भ्याइसके। तर, काठमाडौं महानगरपालिकाकै बासिन्दा धूवाँ–धूलो, हिलो र ढलबाट मुक्त […]

फेरि मन्त्री हुने भन्दै सरकारी क्वार्टर छोड्नै मान्दैनन यी पूर्वमन्त्री

काठमाडौं, २ साउन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारका एक मन्त्रीले अहिलेसम्म पनि सरकारी निवास छाड्न मानेका छैनन् । ललितपुरकाे पुल्चाेकमा मन्त्रीहरुका लागि बनाइएकाे सरकारी निवास छाड्नै नमान्ने पूर्वमन्त्री हुन् जितेन्द्र देव । उनी प्रचण्डकाे प्रधानमन्त्रीत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका थिए ।  प्रचण्ड नेतृत्वकाे सरकार विघटन भएर शेरबहादुर देउवा प्रधानमन्त्री भएकाे पनि […]

प्रचण्ड फेरि प्रधानमन्त्री । यस्तो छ गोप्य योजना

काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७५ सालसम्ममा तीनवटै तहको निर्वाचन गर्ने मनसाय बनाएका छन् । असोजअघि नै संविधान संशोधन गर्ने र त्यसपछि दुई नम्बर प्रदेशको चुनाव गर्ने देउवाको तयारी रहेको छ । स्रोतका अनुसार प्रदेशको यसै वर्षको अन्तिमतिर र केन्द्रको ०७५ साल जेठमा चुनाव गर्ने विषयमा उनले सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

राजनीतिक लुतो फाल्ने कि !

आज साउने संक्रान्ति । हलो पखाल्ने, गोरु नुहाईदिने, हिलासँग पौँठाजोरी खेलेर थकित ज्यान सुस्ताउने साउने संक्रान्ति अर्थात कृषि पर्व हो । तर, मलाई सल्केको लुतोको औषधी गर्ने र नयाँ लुतो सल्केला कि भनेर जोगिन हम्मेहम्मे पर्दैछ । लुतो फाल्ने पर्व पुरानै हो । तर, म भने न पुरानै छोड्न सक्ने न त्यसैमा रमाउन सक्ने अर्थात […]

काठमाडाैंका खतरानाक ज्यानमारा सडक

काठमाडाैं, १ साउन । ‘एकछिन खेलेर आउँछु’ भन्दै जाने छोरीलाई सदाका लागि गुमाउनुपर्ला भनेर कुन बुबाआमाले सोच्लान्? तर, राजधानी काठमाडौंको नेपालटारमा अव्यवस्थित ढलका कारण झंकनाथ फुयाँल दम्पतीले शुक्रबार साँझ छोरीलाई सदाका लागि गुमाउनुपरेको छ। फुयाँल दम्पतीले आँखै अगाडि पुतलीझैं यताउति गरिरहेकी छोरी ११ वर्षीया विनितालाई गुमाउनुपरेको हो। स्थानीय युरेका माविमा कक्षा ३ मा अध्ययनरत विनिता […]

पाँचै आयुक्तलार्इ करोडका गाडी किन्न टेन्डर आह्वान

काठमाडौं, ३१ असार । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित पाँचैजना आयुक्तका लागि महँगो गाडी खरिद गर्न निर्वाचन आयोगले टेन्डर आह्वान गरेको छ। तत्काल नयाँ गाडी आवश्यक नभएको र प्रक्रिया नपुर्‍याई महँगो गाडी खरिद गर्न नहुने अडान राखेका सचिव गोपीनाथ मैनालीलाई आयोगबाट सरुवा गरेपछि टेन्डर आह्वान गरिएको छ। प्रमुख निर्वाचन आयुक्त यादवसहित आयुक्तहरूको दबाबमा सचिव मैनालीलाई […]

बाहिरी चक्रपथ निर्माणको काम सहरी मन्त्रालयले नै रोक्यो

काठमाडौं, ३० असार । राष्ट्रिय महत्ववको आयोजनाका रूपमा रहेको बाहिरी चक्रपथ निर्माणमा अवरोध उत्पन्न भएको छ । ६ अर्ब रुपैयाँ लागतमा निर्माण हुने भनिएको बाहिरी चक्रपथको चोभार-सतुंगल ६ किमि खण्डको निर्माण प्रक्रिया अगाडि बढाउने काम सहरी विकास मन्त्रालयमै गएर अड्किएको छ । चक्रपथ निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भई राजपत्रमा सूचनासमेत प्रकाशन भइसकेको आयोजनाको […]

मध्य वर्षामा भीषण आगलागी हुँदा सात करोडको नोक्सानी

इटहरी, ३० असार । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा बिहीबार राति १२:३० बजेपछि भएको भीषण आगलागीमा करिब रु साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत्‌को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका सबै सामग्रीसहित दोकानका अन्य सामग्रीसमेत […]

भत्ता काटिएपछि राजधानीमा ट्राफिक जाम बढ्यो

काठमाडौं, ३० असार । गल्ती गर्नेलाई ठाउँको ठाउँ चिट काटेर थमाउने ट्राफिक प्रहरीमा अचेल खासै जाँगर देखिँदैन । सवारीसाधन ब्यवस्थापनमा खटिएका उनीहरु चालकका सानातिना गल्तीलाई बेवास्ता गर्न थालेका छन् । गल्ती गर्नेलाई चिट काटिहाले पनि तिनको अनुहार पहिलेजस्तो हँसिलो हुँदैन । केही साता अघिसम्म लेन मिच्नेलाई तत्कालै राकेर जरिवानाको चिट काट्ने ट्राफिकलाई अचेल लेन मिच्नु […]

भैरव अर्यालको भानुभक्तमाथिको झटारो- अमरावति कान्तिपुरी नगरी

Bhanubhakta Acharya

‘उहाँ छउन्जेल डिट्ठाविचारीसित बिन्ती बिसाउँदैमा बित्यो, कहिले उडुस–उपियाँको नाचगान हेरेर झ्यालखाना रुङ्दैमा बित्यो, कविता लेख्ने कत्रो धोको हुँदाहुँदै पनि मन फुकाएर मनग्ये ठेली लेख्नै पाइएन’ स्वर्ग पुगेकै दिन आदिकवि भानुभक्तले नन्दनवनस्थित उर्वशी–पार्कमा टुसुक्क बसेर अपशोचको एक सुस्केरा हाले । उर्वशी– पार्कको रमिता बयान गरिनसक्नु थियो । त्यसमाथि बिर्खे टोपी र छड्के पछ्यौराको कसिएका निकै पुड्का […]