प्रम ओलीका कटु वचन र देशको राजनीतिक भविष्य

म मेराे देशकाे कार्यकारी प्रमुख देखेर अाफै लज्जाबाेध गरिरहेछु । याे लेख्दा मलार्इ उहाँका समर्थकले गाली गर्नसक्नुहुन्छ । तर, एउटा नेता प्रतिपक्षीमा रहँदा जे बाेल्छ, सत्तामा अासिन हुँदा पनि त्यही कुरा गर्छ भने मैले किन लज्जाबाेध नगरु ? अालाेचना स्वीकार्य छ मनकाे कुरा लेख्छु । प्रत्येक नागरिकमा अास्था, विचार र अभिव्यक्ति स्वतन्त्रता रहने गरी संविधानले […]

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका चर्चित नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत पुष्टि गरेका छन् । खड्का पूर्व गृहमन्त्री समेत हुन् । मृगौलाको समस्याबाट पीडित खड्का उपचारका लागि भारतको दिल्ली गएका थिए । पूर्वगृहमन्त्रीसमेत रहेका खड्का मृर्गौला रोगले […]

बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले यसरी लगाए डोजर (हेर्नुहोस भिडियो)

धनगढी, १५ चैत । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर मेयरको डोजरले भत्काइदिएको छ । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहदा स्थानीयले रमिता हेरिरहेका थिए । कसैले किन र कसरी भन्ने प्रश्न समेत गरेनन् । आखिर गरुन पनि किन ? अतिक्रमित सडक खाली बनाउने अभियान अन्तरगत मन्त्री बोहोराको […]

प्रचण्ड विरुद्ध नेकपाले टाँस्यो तीन ठाउँमा वारेन्ट, १५ दिनभित्र रोल्पा हाजिर हुन आदेश

चितवन, १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्धको पक्राउ पुर्जी तीन टाँसिएको छ । शिवनगरस्थित प्रचण्डको पुरानो घर, लायन्स चोक र हाकिम चोकमा रहेको सम्पर्क कार्यालयमा सूचना टाँस भएको हो । प्रचण्ड चितवन आउँदा सम्पर्क कार्यालयमा रहेको उक्त घरमा बस्दै आएका छन् । बुधबार विहानै एकै समयमा तीनै ठाउँमा टाँसिएको स्थानीयले बताएका छन् । […]

प्रम ओली र प्रचण्डलार्इ १५ दिनभित्र जनअदालतमा हाजिर हुन नेकपाको वारेन्ट

काठमाडौं, १३ चैत । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ । प्रधानमन्त्री केपी अाेलीका […]

यो व्यवस्थाका कारण भ्रष्टाचार झनै संस्थागत हुँदैछ

भ्रष्टाचार कानुन, नैतिकतालाई मिचेर अनुचित काम लिने–दिने, दिलाउने क्रिया हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘अख्तियार गरिएको अधिकार निजी नामका लागि दुरूपयोग गर्नु भ्रष्टाचार हो’ भनेको छ । भ्रष्टाचारको असरबारे ‘समाजको संरचना ध्वस्त बनाउने, जनआस्था भत्काउने, आर्थिक, राजनीतिक पद्धति र संस्थाहरू निकम्मा बनाउने मात्र होइन, व्यक्तिको स्वतन्त्रता, स्वास्थ्य र यदाकदा जीउज्यान नै लिन सक्ने’ जनाएको छ । […]

अलविदा हकिङ ! महान वैज्ञानिक स्टेफन हकिङको निधन

काठमाडाैं, ३० फागुन । विश्वविख्यात वैज्ञानिक स्टेफन हकिङकाे ७६ वर्षकाे उमेरमा निधन भएकाे छ । अमेरिकाकाे क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको बताइएकाे छ । उनको परिवारले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् । विज्ञप्तीमा मृत्युकाे कारण भने खुलाइएकाे छैन । हकिङका तीन जना छोराछोरी लुसी, रोबर्ट र टिमले आफ्ना प्यारा पिताको निधनले मर्माहत भएको विज्ञप्तिमा […]

शालिक ढाल्दैमा विचार ढल्दैन

‘संसारको सर्वश्रेष्ठ प्राणी’ भनिएको मानिस जीतको उन्मादमा केसम्म गर्न पछि पर्दैन भन्ने कुरा केही दिनअघि भारतको त्रिपुरा राज्यमा कम्युनिस्ट नेता लेनिनको शालिक डोजर लगाएर ढालेको कुराबाट प्रष्ट हुन्छ । रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्तिको गौरवशाली एक शतक भर्खरै पूरा भएको छ । हामीले नेपालमा अक्टोबर क्रान्तिका नायक लेनिनलाई स्मरण गरिरहँदा छिमेकी देशको त्रिपुरा […]

बोक्सी काण्डमा मुछिएका मेयर ममताप्रसादको पेटमा गोली, टाउकोमा खुकुरी हानियो

काठमाडौँ, २८ फागुन । बाेक्सीकाे अाराेप लगाउँदै कक्षा ११ मा पढ्ने युवतीमाथि लगातार ६ घन्टा कुटिएकाे घटनाका रमिते भएकाे र सञ्चारमाध्यममा निकै गैरजिम्मेवारपूर्ण तरिकाले अन्तरवार्ता दिएकाे भन्दै अालाेचना खाएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएकाे छ । उनलाई कैलालीकै सुख्खडमा रहेकाे अाफ्नै घरमा बसिरहेका बेला गाेली हानिएकाे बताइएकाे छ । सोमबार साँझ […]

यसरी भयो विमान दुर्घटना : जल्दाजल्दै उद्धार गरिएकी एक युवतीको हृदयविदारक बयान

काठमाडाैं, २८ फागुन । साेमवार दिउसाे काठमाडाैंकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फेरि अर्काे विमान दुर्घटनामा पर्याे । ७६ जना मानिस बाेकेर अाएकाे युएस बाङ्ग्ला एयरकाे विमान दुर्घटनामा परी यात्रु र चालक दलका सदस्य गरेर ४९ जनाकाे मृत्यु भएकाे छ । तर, याे दुर्घटनामा परेकी एक युवती अागाेमा जल्दा जल्दै उद्धार गरिएकी छन । दुर्भाग्य उनीसँगै रहेका […]