काठमाडौँ । नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ। बारले अदालत प्रशासनको यस्तो कार्यलाई ‘समानान्तर न्याय प्रशासन’को अभ्यास भन्दै तत्काल अन्त्य गर्न माग गरेको छ । बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा साेमबार जारी प्रेस विज्ञप्तिमा विगत केही समयदेखि […]
फ्लास न्यूज
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, रोहित र इशनको अर्धशतक
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।स्कटल्यान्डले जितका लागि दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । आज नेपाल दुई खेलाडीले अर्धशतक पूरा गरे । इशन पाण्डे आफ्नो ओडीआई करिअरकै पहिलो अर्धशतक (५५ रन) बनाए भने कप्तान […]
स्टार्कको कीर्तिमानी तोडेर सन्दीप बने ओडीआईमा छिटो १५० विकेट लिने खेलाडी
काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् । उनले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट बलरको कीर्तिमान बनाएका हुन् । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्ध २ विकेट लिएपछि सन्दीपले ७३ खेलमै १५० विकेट लिएर उक्त कीर्तिमान बनाएका हुन् । यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए […]
प्ले कार्ड र पर्चासहित विरोधको शैली संसद्मा नदेखाउन सांसदहरूलाई सभामुखको आदेश
काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्मा नदेखाउन आदेश गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध गरेको छ । उनीहरूले सुरुमा प्ले कार्ड सभामुखलाई अगाडि गएर देखाए । त्यसपछि छातीमा पर्चा टाँसेर सभाको बैठकमा सहभागी भए । त्यसपछि सभामुखले भने, […]
प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल हुँदै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल (कर प्रस्तावबाहेकको छलफल) सुरु हुनेछ । त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ । विनियोजन विधेयक अर्थात् बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सकिएपछि यही जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि […]
नेताहरूको कार्यविभाजन गर्न एमाले सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो । ११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेन्डा यसमै […]
आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसै प्रभावका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। त्यस्तै कर्णाली प्रदेशको हिमाली भू-भाग र […]
आईसीसी विश्वकप लिग २ : जितको लक्ष्यसहित नेपालले स्कटल्यान्डको सामना गर्दै
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज सोमबार हुने १०६ औँ खेलमा नेपालले स्कटल्यान्डको सामना गर्दैछ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९:३० बजे सुरु हुनेछ। संयुक्त राज्य अमेरिकासहित सम्मिलित यस घरेलु त्रिकोणात्मक शृङ्खला नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ। घरेलु दर्शकको अगाडि खेल्दै गरेको नेपाली […]
पार्टी मिलाउन विधानको परिधिमा रहेर जे पनि गर्न तयार छु : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउनका लागि विधानको परिधिमा रहेर जे पनि गर्न तयार रहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा सभापति थापाले १५ औँ महाधिवेशन कसरी स्वच्छ र निष्पक्ष गराउन सकिन्छ, त्यो गर्न तयार रहेको बताए । ‘१४ औँ महाधिवेशनबाट निर्वाचित बाहिर हुनुहुन्छ । उहाँहरू चाहनेलाई […]
कति खतरनाक छ डब्लुएचओद्वारा ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गरिएको इबोला ?
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कंगो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। एजेन्सीले कंगोको पूर्वी इटुरी प्रान्तमा देखिएको यस प्रकोपले विश्वव्यापी महामारीको भने मापदण्ड पूरा नगरेको बताएको छ। यहाँ करिब २४६ शंकास्पद केस र ८० जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ। तर यसले हाल पत्ता लागेको र […]











