नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले लिए सपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् । सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका थिए ।

जेनजी आन्दोलनका मृतक परिवारका २५ जनाको यस्तो छ बयान (पूर्णपाठ)

काठमाडौँ । भदौ २३ र २४ गते सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै सडकमा ओर्लिएका जेनजी युवाहरूमाथि राज्यले दमन गर्दा ७६ जनाको मृत्यु भयो । जेनजी आन्दोलनमा मारिएका युवाहरूको परिवारले सोही घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको घटना विवरण कागजमा सुरक्षाकर्मीले कुनै चेतावनी नै नदिई निहत्था नागरिकको सिधै टाउको, छाती र […]

सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्छौं : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (हर्क) साम्पाङले पार्टीले सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्ने नीति लिएको बताएका छन् । शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘हामी प्रतिपक्षमा रहन्छौँ । हामीले पाएको म्यान्डेट नै यही हो । तर, रचनात्मक र आलोचनात्मक समर्थन रहन्छ,’ उनले […]

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, अब लिटरलाई कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो । बढेको मूल्य आजदेखि लागू भएको छ । विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ । सो […]

पहिले आत्मसमर्पण’ को माग गरेर अहिले वार्ताको कुरा गर्नु अमेरिकाको हार हो : इरानी विदेशमन्त्री

तेहरान । इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको वार्ता प्रस्तावलाई वासिङ्टनको असफलताको रूपमा चित्रण गरेका छन्। इरानी सरकारी टेलिभिजन (आईआरआइबी) लाई बुधबार अन्तर्वार्ता दिँदै उनले पहिले ‘बिना सर्त आत्मसमर्पण’ को माग गर्ने अमेरिकाले अहिले वार्ताको कुरा गर्नु नै उसको हार भएको दाबी गरेका हुन्। अराघचीले अमेरिकाको फेरिएको शैलीले उसको पहिलेको रणनीति असफल भएको प्रमाणित गर्ने तर्क […]

रास्वपा केन्द्रीय समिति बैठक आज, लगत्तै दलको नेता छान्न संसदीय दलको बैठक बस्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । सो बैठक लगत्तै संसदीय दलको बैठक बस्ने कार्यसूची छ । रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्नका लागि आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको हो । गत पुस १३ गते काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहको छ। आज […]

इनिशा मृत्यु प्रकरण: सामूहिक बलात्कार नभएको प्रहरी निष्कर्ष, प्रेमीविरूद्ध दुई कसुरमा कारबाही माग

‎सुर्खेत । प्रहरीले बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कार नभएको निष्कर्ष प्रहरीले निकालेको छ । सुर्खेत प्रहरीले सरकारी वकिल कार्यालयमा पेस गरेको प्रतिवेदनमा आफूलाई इनिशाका प्रेमी भन्ने १६ वर्षीय किशोरले जबरजस्ती करणी गर्दा संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको बताइएको छ। प्रहरीले उनी विरुद्ध जबरजस्ती करणी र कर्तव्य […]

असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

काठमाडाैँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौँमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो । महाधिवेशन अन्तर्गत भाद्र ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ । […]

नख्खु कारागारका जेलरको बयान- त्रासमा पारेर रविलाई छाड्ने अज्ञात पत्रमा हस्ताक्षर गराइयो

काठमाडौं । ललितपुरको नख्खु कारागारका जेलर सत्यराम जोशीले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट छाड्नका लागि एक अज्ञात पत्रमा आफूलाई हस्ताक्षर गर्न बाध्य बनाइएको बताएका छन् । गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छैन । जनआस्था साप्ताहिकको अनलाइन संस्करणले श्रृङ्खलाबद्ध रुपमा प्रतिवेदनका विषयवस्तु सार्वजनिक गरेको छ । […]