भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणबाट आर्जित सम्पत्ति जफत

काठमाडौँ, ४ चैत। सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणबाट आर्जित ६जनाको घरजग्गा जफत गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार यससम्बन्धी निर्णय गरेको हो । सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउन मन्त्री रमेश लेखकले दुई दिनअघि निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको उनको सचिवालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार […]

प्रहरीमा सुधार आवश्यक छ र सुरुवात आफैंबाट गर्छु : महानिरीक्षक थापा

काठमाडौ । नेपाल प्रहरीका नवनियुक्त  प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले संगठनभित्र व्यापक सुधारको आवश्यकता रहेको बताएका छन् । दर्ज्यानी चिन्ह ग्रहणपछि महानिरीक्षक थापाले उक्त सुरुवात आफैंबाट हुने बताए । मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको पनि उनले बताए । महानिरीक्षक थापाले सबै सकल दर्जालाई सुधारको बाटोमा अगाडि बढ्नसमेत आह्वान […]

स्ववियुको लागि मतदान शुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान शुरु भएको छ । अहिले बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन शुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । उनले अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको बताए […]

नयाँ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो।  यसअघिका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको कार्यकाल सोमबार राति सकिँदै थियो। कुँवरको कार्यकाल सकिनुअघि सरकारले थापालाई नयाँ नेतृत्वका रूपमा चयन गरेको हो। थापाका प्रतिस्पर्धीको रूपमा एआइजीद्वय टेकबहादुर तामाङ र सुदीप गिरी […]

नेता बन्न होइन, सिस्टम बसाल्न भक्तपुर क्याम्पसमा आकाशको उम्मेद्वारी : यस्ता छन् योजना

भक्तपुर । नेपालमा कलेजलाई नेता उत्पादन गर्ने कारखाना र स्ववियु निर्वाचनलाई त्यसको मेसिन मानिन्छ । तर, भक्तपुर क्याम्पसमा स्ववियुको अध्यक्षका उम्मेदवार भएका आकाश गजुरेल भने आफू नेता बन्न उम्मेदवार नभएको बताउँछन् । पढाइमा तेज, स्वभावमा मिलनसार र योजनामा अब्बल आकाश भक्तपुर क्याम्पसमा शैक्षिक सिस्टम बसाल्न आफूले अध्यक्ष पदमा उम्मेद्वारी दिएको दावी गर्छन । विद्यार्थीको फाराम […]

नागरिक लगानी कोषको रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने अर्थसचिव उपाध्यायको सुझाव

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिककै हितमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्। सोमबार काठमाडौंमा आयोजित नागरिक लगानी कोषको ३५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कोषको लगानीलाई उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने आवश्यकता औँल्याए। अर्थसचिव उपाध्यायले नागरिकको बचतलाई सामाजिक सुरक्षाका कार्यक्रमहरूसँग जोडेर सरकारले प्राथमिकता दिएका क्षेत्रहरूमा लगानी गर्न सुझाव दिए। उनले सञ्चयकर्ताको हितसँगै नागरिक बचतलाई […]

नेपालमा गरिबीको मापन र यसको वितरण

गरिबीको समस्याले नेपाल दसकौंदेखि आक्रान्त छ। हाल नेपालको गरिबीको तह १७.८ प्रतिशतदेखि २०.२७ सम्मका तथ्यांकहरू विभिन्न स्रोत-सामग्रीहरूमा पाइन्छन्। हाल संसारमा रहेका १९३ देशमध्ये नेपाल १४६औं गरिबी देश अन्तर्गत पर्दछ। सन् २०२४ मा पहिलो नम्बरको धनी देश लक्जमबर्ग हो जुन युरोपेली देशहरू बेल्जियम, फ्रान्स र जर्मनीले घेरिएको छ भने सबैभन्दा गरिब मध्यपूर्वको देश यमन हो।  गरिबी […]

गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए प्रदेश सरकारले एसईईको अपनत्व नलिने चेतावनी

न्यूजकारखाना, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए एसइई परीक्षा सञ्चालन प्रक्रियामा प्रदेश सरकार सामेल नहुने चेतावनी दिएका छन् । प्रदेशको शैक्षिक अवस्थामा सुधारका लागि विद्यमान परीक्षा प्रणालीका प्रक्रियाहरूमा सामयिक सुधार ल्याउन केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने उनको माग छ । केन्द्राध्यक्षको नियुक्ति परीक्षा केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई दिइँदा विगतमा पनि अनियमितता […]

भक्तपुरस्थित काठमाडौं स्कूल अफ ल को विषयमा छानबिन गर्न समिति गठन

भक्तपुर । भक्तपुरको दधिकोटस्थित काठमाडौं स्कूल अफ ल (केएसएल)का सस्थापक एवं कार्यकारी निर्देशक डा. युवराज संग्रौलासहित अन्य अध्यापकहरु माथि लागेको यौन दुव्र्यवहार सम्बन्धी आरोपका विषयमा छानविन गर्न ब्यवस्थापन समितिले जाँचबुझ समिति गठन गरेको छ । केएसएलले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । समितिको संयोजकमा पूर्व जिल्ला न्यायाधिश रहेका डा. श्रीकृष्ण भट्टराई रहेका छन […]

नेको इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने म्याद चैत १४ सम्म

काठमाडौ । नेको इन्स्योरेन्सले हकप्रद सेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्मका लागि थप गरेको छ । यसअघि कम्पनीले फागुन २८ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो ।  नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद […]