पृथ्वीको सबैभन्दा सानो अन्तर्राष्ट्रिय सिमाना जम्मा ८५ मिटर मात्र

न्यूजकारखाना, काठमाडौं । यदि तपाईंलाई संसारको सबैभन्दा लामो अन्तर्राष्ट्रिय सीमा कुन दुई देशहरू बीच छ भनेर सोधियो भने तपाईंको जवाफ पक्कै पनि क्यानाडा र अमेरिका हुनेछ। यी दुई देशहरू एकअर्कासँग सबैभन्दा लामो अन्तर्राष्ट्रिय दूरी साझा गर्छन्।  तर पृथ्वीको सबैभन्दा सानो अन्तर्राष्ट्रिय सिमाना कुन हो ? भनेर सोधियो भने केही छिन तपाइ अलमलमा पर्नु हुन्छ । […]

सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारीको बिरासत कायमै, नरेन्द्र नेतृत्वको प्यानल निर्वाचित

भक्तपुर । स्ववियु निर्वाचन अन्तर्गत भक्तपुरको सानोठिमी क्याम्पसमा नरेन्द्र सिंह ठगुन्ना नेतृत्वको पूरै प्यानलले बिजय हासिल गरेको छ । अखिल (क्रान्तिकारी) र नेविसंघ गठबन्धनको पूरै प्यानल उम्मेदवार निर्वाचित भएका हुन् । अखिल क्रान्तिकारीका ठगुन्ना ३ सय ९७ मत सहित अध्यक्ष निर्वाचित भएका निर्वाचन समितिले जनाएको हो । उनले निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका निराजन थापालाई भारी मतले […]

रहेनन् शिक्षासेवी पूर्व मेजर घिमिरे

भक्तपुरको सूर्यविनायक-५ कटुन्जेस्थित ॐ सेकेण्डरी स्कूलका संस्थापक एवं अङ्ग्रेजी शिक्षक धनप्रकाश घिमिरेको निधन भएको छ । घिमिरे नेपाली सेनाका पूर्व मेजर समेत हुन् । मंगलबार साँझ घिमिरेको निधन भएको हो । उनको पार्थिव शरीरलाई हिजै पशुपतिस्थित आर्यघाट पुर्याई अन्तिम संस्कार सम्पन्न गरिएको छ । उच्च रक्तचापका बिरामी घिमिरेको ब्रेन हेम्ब्रेज भएको र काठमाडौस्थित ह्याम्स हस्पिटलले […]

पुल्चोक क्याम्पस सभापतिमा स्वतन्त्र उम्मेदवार विजयी : सचिवमा क्रान्तिकारी, कोषाध्यक्ष नेविसंघ

ललितपुर । पुल्चोक इञ्जिनियरिङ क्याम्पसकाे स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका स्वयं श्रेष्ठले बाजी मारेका हुन् ।  उनले एक हजार १०२ मत ल्याएका हुन् । उनी स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् । उनका प्रतिद्वन्द्वी रसिक लम्सालले ७१० मत ल्याए । सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा, […]

मधेश प्रदेश सरकार एसईई परीक्षाबाट अलग

जनकपुरधाम । मधेश प्रदेश सरकारले यही चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कुनै भूमिका नखेल्ने निर्णय गरेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले लिएको निर्णय कार्यान्वयन नभएकाले सरकार परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा सहभागी नहुने स्पष्ट गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सिंहले संघीय सरकारलाई प्रदेश सरकारको […]

स्ववियु निर्वाचन : उपत्यकामा अखिल(क्रान्तिकारी)को भक्तपुरबाट बिजयी शुरूवात

भक्तपुर । आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनको मत परिणाम आउन शुरु भएको छ ।  मतपरिणाम अनुसार काठमाडौ उपत्यकामा अखिल(क्रान्तिकारी)ले भक्तपुर बाट खाता खोलेको छ । भक्तपुरको ताथली स्थित जनकपुर इन्जिनियरिङ कलेजमा अखिल (क्रान्तिकारी)का उम्मेदवार प्रकाश पुडासैनी सभापति पदमा निर्वाचित भएका छन् । अनेरास्ववियु र नेविसंघका संयुक्त उम्मेदवारलाई पछि पार्दै पुडासैनी निर्वाचित हुन सफल भएका […]

बालिका दुर्ब्यवहार घटना : महानगरको मुद्दामा दावी पुग्ने अदालतको ठहर

काठमाडौं । काठमाडौँ महानगरपालिकाका बाल मनोविज्ञ र समाजसेवीबाट बालिका दुव्र्यवहारका विषयमा तयार पारिएको प्रतिवेदनबाट मुद्दाका लागि दावी पुग्ने जिल्ला अदालत काठमाडौँले फैसला सुनाएको छ ।  महानगरपालिका– ४ को एक विद्यालयमा अध्ययनरत बालिकालाई आफ्नै बुबा र बडाबाका छोरा (दाजु) ले यौन दुर्ब्यावहार गरेको विषयमा महानगरपालिकाले प्रतिवेदन र यस सम्बन्धी विवरण पत्र राखेर जाहेरीस्वरुप अदालतमा प्रतिवेदन पेश […]

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, हेर्नुस् नतिजा

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलको कार्यालयमा आज बिहान बिहान ८ः३० बजे आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आइपीओमा २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये भाग्यमानी १ लाख ८४ हजार ५ […]

करिब २५ करोड सहित पक्राउ परेका ट्रक चालक यस् अघि सुन तस्करीमा संलग्न

२५ करोड बराबरको बिदेशी मुद्रा डलर र युरोसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ । गएराति प्रहरीले काठमाडौको टोखा नगरपालिका-१ झोरमा चेकजाँच गर्दा ना १ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद भएको थियो । डिएसपी अनिल घिमिरेको कमान्डमा रहेको प्रहरी टोलीले करिब २५ करोड नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर, […]

अनिवार्य बिदामा गभर्नर महाप्रसाद अधिकारी, नयाँ गभर्नर नियुक्त हुने

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि १० दिने बिदामा बसेका छन्। गभर्नर अधिकारी आज चैत्र ५ गतेदेखि  बिदामा बसेका हुन् । उनी १० दिने अनिवार्य बिदामा बसेका हुन् । राष्ट्र बैंकले नै व्यवस्था गरेको वार्षिक अनिवार्य बिदा बाँकी रहेकोले गभर्नर अधिकारी विदामा बसेका हुन् । सार्वजनिक नियुक्त पाएका केही संस्था प्रमुख कार्यकाल […]