रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने, यस्तो छ कार्यतालिका

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ। बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने गरी विस्तृत कार्यतालिका तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार बिहान १० बजेदेखि नै प्रतिनिधि दर्ताको कार्य […]

२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश

काठमाडौं । सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हाे । नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल गरेपनि हार […]

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्ला महोत्तरी मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोड बस्ने २८ वर्षीय आकाश रसाइलीमाथि चक्कु प्रहार भएको हो । गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल पठाइएकोमा आज बिहान ०६ः१५ […]

अझै सुरु भएन रास्वपा महाधिवेशन बन्दसत्र, उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने

काठमाडौँ ।  चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । प्रतिनिधि सम्बन्धी विवादका कारणले आज सकिनुपर्ने महाधिवेशन लम्बिएको छ । सोमबार (हिजो) बिहान ८:३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र मंगलबार आज बिहान साढे ८ बजेसम्म पनि प्रतिनिधि परिचयपत्र वितरण कार्य सुरु भएको छैन । आयोगका पदाधिकारी […]

विष्णु पौडेललाई अपहरण शैलीमा गिरफ्तार गरियो, यो प्रतिशोधको पराकाष्ठा हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेको विषयमा निन्दा र भत्सर्ना गरेका छन् । सोमबार साँझ एक वक्तव्य जारी गर्दै उनले पौडेलको पक्राउलाई गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरेको भनिएको छ । ‘नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको […]

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, काठमाडौँ ल्याइदै

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले सोमबार सुर्खेतबाट पक्राउ गरेको हो । उनलाई केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो । पौडेललाई अहिले नेपालगञ्ज लगिएको छ भने त्यहाँबाट काठमाडौं ल्याइनेछ । उनलाई वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित पार्टीको कार्यक्रमस्थलबाटै सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो […]

लम्बिने भयो रास्वपा महाधिवेशन, प्रतिनिधिको संख्या पनि बढ्यो

काठमाडौं । रास्वपाको महाधिवेशन लम्बिने भएको छ । बन्द सत्र सुरु हुन ढिला भइरहँदा प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग कुराकानी गर्दै एक दिन ढिला हुनसक्नेमा आफूहरू तयार रहेको बताए । विविध कारणले ढिला हुनसक्नेबारे यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि छलफल भएको उनले बताए । यद्यपि बन्द सत्र ढिलो हुँदा आफूहरू नआत्तिएको उनले बताए । ‘बन्द सत्र […]

बेलायती प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामा

एजेन्सी । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सोमबार पदबाट राजीनामा दिएका छन्। भारी बहुमतका साथ निर्वाचित भएको दुई वर्ष पनि नपुग्दै उनले सत्तारुढ लेबर पार्टीको नेताबाट राजीनामा दिन लागेको र केही हप्ताभित्रै पद छोड्ने घोषणा गरेका छन्। स्टार्मरले लेबर पार्टीले नयाँ नेता चयन नगरेसम्म आफू कामचलाउ प्रधानमन्त्रीको रूपमा पदमा रहने बताएका छन्। यसले बेलायतलाई एक दशकमा […]

खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा सभापति थापा, महामन्त्री प्रदीप पौडेललगायतले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका हुन् । दम बढेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत ८० वर्षीय खरेलको आइतबार […]

एफएटीएफको निर्णय : नेपाल ग्रे सूचीमै निरन्तरता

काठमाडौं । नेपाल फेरि पनि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची (ग्रे लिस्ट) बाट बाहिर निस्किन असफल भएको छ। फ्रान्सको पेरिसमा सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई उक्त सूचीमा निरन्तरता दिएको हो। एफएटीएफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानी नियन्त्रणका विश्वव्यापी मापदण्ड कार्यान्वयन गर्ने अन्तरसरकारी निकायका रूपमा […]