निरंकुशताको उद्देश्यले गरिने कार्य आन्दोलन होइन, अपराध हो : प्रचण्ड

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता कायम गर्ने उद्देश्यले गरिने कुनै पनि क्रियाकलापलाई आन्दोलन नभई अपराधको रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्नुहुँदै उक्त विचार प्रस्तुत गरेका हुन्। उनले राजनीतिक दलहरूमा रोग देखा परेको र त्यसको उपचारका लागि गहन […]

अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपा नेताहरू प्रहरी नियन्त्रणमा

काठमाडौं । नयाँ बानेश्वर केन्द्रित आन्दोलनको तयारीमा जान लागेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू पक्राउ परेका छन् । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडन जान लागेको बेला उनीहरू सिंहदरवारस्थित संसदीय दलको कार्यालयवाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा लिङदेनसहित बुद्दिमान तामाङ, ज्ञानेन्द्र शाहीलगायतका नेताहरू रहेका छन् । उनीहरूलाइ सिंहदरवारवाट गिरफ्तार गरी प्रहरी कार्यालयतर्फ […]

कति कमजोर रहेछ भाग्य भन्न दीप श्रेष्ठ भक्तपुर आउने

भक्तपुर । दीप श्रेष्ठलाई नसुन्ने मानिस कमै होलान । नेपाली संगीतका सुप्रसिद्ध गायक तथा संगीतकार श्रेष्ठ आफ्ना कालजयी गीत सुनाउन भक्तपुर आउने भएका छन् । बैशाख २० गते शनिबार श्रेष्ठले भक्तपुरमा एकल गायन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको आयोजक भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले बताए । सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा हुने सो कार्यक्रममा वरिष्ठ गायक […]

गर्मीको चरम जोखिममा रहेका जिल्ला

प्रकाश रेग्मी

जसरी ९९ डिग्री सेल्सियसमा पानी उम्लँदैन तर ९९ डिग्री सेल्सियस तापक्रमको पानीमा १ डिग्री सेल्सियस मात्र अतिरिक्त ताप थप्दा पानी उम्लन्छ। अर्थात् १ डिग्री सेल्सियसको परिवर्तनले पानीको गुण र स्वरुपमा ठूलो परिवर्तन गर्दछ। ठिक वायुमण्डलमा पनि यस्तै परिवर्तन हुन्छ। परिचय अप्रिल १५, २०२५ को सिएनएनको अनलाइन पोर्टलको समाचरमा ‘भारत र पाकिस्तानमा बढेको चरम गर्मीको लहरले […]

प्रधानमन्त्रीले गरे देउवा र प्रचण्डसंग परामर्श, के भयो कुरा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच समसामयिक राजनीति र संक्रमणकालीन न्यायको विषयमा भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री […]

राप्रपालाई सरकारको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि वैशाख ७ गते तोकेको विरोध कार्यक्रमबारे सार्वजनिक समाचार र अभिव्यक्तिप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको उल्लंघन हुने तथा समाजमा अशान्ति फैलाउने किसिमका कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। मन्त्रालयले कानून विपरीत हुने कुनै पनि […]

पत्रकारद्वय पौडेल र आचार्यलाई कानुन पत्रकारिता पुरस्कार

काठमाडौ । पत्रकार किरण पौडेल र सुदर्शन आचार्य कानुन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शनिबार आयोजित समारोहमा नेपाल बार एसोसियसनले पत्रकार पौडेल र आचार्यलाई नगद र कदर पत्र सहित पुरस्कृत गरेको हो । नेपाल बार एसोसियसनको वार्षिक साधारण सभा तथा नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रमकाबीच उनीहरु पुरस्कृत भएका हुन् । वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्ण […]

चराको गुँड बनाउन सहयोग गर्दै मध्यपुर थिमि नगरपालिका

भक्तपुर । आधुनिक भवन निर्माणसंगै चराचुरुङ्गीको बासस्थान घट्दै गएकोप्रति मध्यपुर थिमि नगरपालिकाको ध्यानाकर्षण भएको छ । नगरपालिकाले चरा संरक्षणका लागि चरामैत्री बासस्थान अर्थात् उनीहरूका लागि गुँड बनाइदिन शुरु गरेको हो । चरा संरक्षण अभियानका अभियन्ता बाबुकाजी श्रेष्ठ लगायतको पहलमा नगरपालिकाले चराको लागि बासस्थान बनाउन सहयोग गरेको नगर प्रमुखका स्वकीय सचिव पवन सिबन्जा श्रेष्ठले बताएका हुन् […]

बुटवलमा युवतीमाथि गोली प्रहार

बुटवल । बुटवल उपमहानगरपालिका -११, बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी गम्भीर घाईते भएकी छन् । पाल्पा रैनादेवी छहरा घर भई बुटवल बुद्धनगरमा बस्दै आएकी युवती टिका बिष्ट क्षेत्रीलाई गोली लागेको प्रहरीले पुष्टि गरेको छ । उनको कम्मर माथि ढाडमा गोली लागेको प्रहरीले जनाएको छ।  घाईते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा […]

भक्तपुरमा विद्यालय योगाभ्यास पाठ्यक्रम पूर्णता दिन बन्यो समिति, यसै वर्ष कार्यान्वयन हुने

भक्तपुर । देशकै सानो जिल्ला भक्तपुरले योग शिक्षाको क्षेत्रमा ठूलो योजना अघि सारेको छ । विद्यालयस्तरमै योगाभ्यास पाठ्यक्रम कार्यान्वयनमा ल्याउने भक्तपुर पहिलो जिल्ला बन्न लागेको हो । यसका लागि जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला आयुर्वेद कार्यालय, शिक्षक महासंघ र योग समन्वय समितिको संयुक्त प्रयासमा ९ सदस्यीय पाठ्यक्रम तयारी एवं कार्यान्वयन समिति […]