कक्षा १२ को परीक्षा रोकिँदैन : अध्यक्ष डा शर्मा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको जानकारी गराउदैँ अध्यक्ष डा महाश्रम शर्माले परीक्षा निर्धारित मितिमै हुने बताए । “कक्षा १२ को परीक्षा निर्धारित मितिमै सञ्चालन […]

आज लेलिन दिवस, यस्ता छन् उनका यादगार भनाइ

काठमाडौ । आज लेलिन दिवस, अर्थात् रुसी क्रान्तिका अगुवा नेता तथा मार्क्सवादी विचारक भ्लादिमिर इलिच उल्यानोभ ‘लेलिन’को जन्मदिवस, नेपालमा समेत विभिन्न कार्यक्रमहरूका साथ मनाइदैँ छ। लेलिनको जन्म सन् १८७० अप्रिल २२ मा रसियाको सिम्बिर्स्क (हाल उल्यानोभ्स्क) शहरमा भएको थियो। उनले कार्ल मार्क्सका सिद्धान्तहरूलाई व्यवहारमा उतार्दै सन् १९१७ मा बोल्शेभिक क्रान्तिको नेतृत्व गरेका थिए, जसको फलस्वरूप […]

लक्ष्मीको “सगरमाथाको आर्तनाद” न्यूयोर्कमा सार्वजनिक

अप्रिल २० आइतबार । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनारत् लक्ष्मी श्रेष्ठको पाँचौँ कृति सार्वजनिक भएको छ । अनेसास न्यूयोर्क च्याप्टरले आयोजना गरेको कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष  गोवर्द्धन पूजा, निवर्तमान उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठान अमेरिकाका अध्यक्ष आनन्द श्रेष्ठ, अनेसासका केन्द्रीय सदस्य शकुन ज्ञवाली, च्याप्टर उपाध्यक्ष जानुका वस्ती ढकाल, महासचिव नदीया लिवाङ र सर्जक स्वयंले […]

शिक्षाको पाठ्यक्रम तत्काल बदल्न, जडिबुटी र कृषिमा आधारित शिक्षा प्रणाली लागु गर्न माग

सुर्खेत । १३ बुँदे कर्णाली घोषणापत्र जारी गर्दै कर्णाली एजुकेसन एक्स्पो सिजन वान सम्पन्न भएको छ । कर्णाली प्रदेसको राजधानी बीरेन्द्रनगर सुर्खेतमा ३ दिनसम्म चलेको एक्स्पोले कर्णालीको माटो सुहाउँदो र कर्णालीका नागरिकको जीवनसँग जोडिने शिक्षा प्रणाली र पाठ्यक्रम विकास गर्नुपर्ने लगायतका विभिन्न निष्कर्ष निकालेको छ । सरकारका मन्त्रीहरु, सचिवहरु, शिक्षा लगायत विभिन्न क्षेत्रका विज्ञहरु, अन्तराष्ट्रिय […]

गीतकार सुभाषचन्द्र ढुङ्गेल सम्मानित

भक्तपुर । सुप्रसिद्ध गीतकार सुभाषचन्द्र ढुङ्गेल सम्मानित भएका छन् । चाेट के हाे व्यथा के हाे, जति चाेट दिन्छ्याै देऊ मायालु, फूल झरे पनि काँडा झर्दैन लगायत दर्जनौं गीतका सर्जक गीतकार ढुङ्गेेललाई गृह जिल्ला भक्तपुरमा सम्मान गरिएको हो ।   नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको समापन समारोहमा सूर्यविनयक-५ कटुन्जे भक्तपुर घर […]

शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छन् । पछिल्लो समय शिक्षक आन्दोलनको चर्को दबाबका बीच उनको राजीनामा आएको हो। सरकारले विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने लगायत माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन् । चैत २० गतेदेखि काठमाडौं केन्द्रीत शिक्षकहरूको विरोध प्रदर्शन जारी […]

बिजुलीको तारले लग्यो चारको जीवन 

ताप्लेजुङ । पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो। बिहानको चिसोमा लपक्क परेको कुहिरो छिचोल्दै यात्रुले आ-आफ्ना आस्थाका थुप्रा बोकेका थिए। कसैको मनमा आफ्नो मुराद पूरा गर्ने आशा थियो, कसैले घर फर्केपछि ल्याउने ‘प्रसाद’ को कल्पना गर्दै थिएका थिए। तर त्यो यात्रा, बीचमै रोकियो – […]

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित

काठमाडौ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा उमेश स्थापित निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न तेस्रो सम्मेलनले स्थापितलाई अध्यक्षमा निर्वाचित गरेको छ । आइतबार कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न सम्मेलनले उमेश स्थापितको अध्यक्षतामा १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको निवर्तमान महासचिव देवेन्द्र श्रेष्ठले जानकारी दिए । बागमती प्रदेश सभा सदस्य समेत रहेका महासचिव श्रेष्ठले […]

प्रहरीले निकाल्यो इन्स्पेक्टर परीक्षाको अन्तिम नतिजा

काठमाडौ । नेपाल प्रहरीले प्रहरी निरीक्षक पदका लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरेको छ । प्रहरी प्रधान कार्यालयले आइतबार साझ अन्तिम नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा : ins-final_result_notice-2082-01-07

म धेरै कुरा देख्दै, भोग्दै र पचाउँदै आएको मान्छे हुँ : प्रधानमन्त्री

(प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वैशाख, २०८२ मा पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ सडकको उद्घाटनसभालाई गरेको सम्बोधनका आधारमा उनको स्वकीय सचिवालयले तयार पारेको लेख यहाँ प्रस्तुत गरिएको छ ।) आज खुशीको कुरा हो । गोन्द्राङ–पुुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको छ । कार्यसम्पन्न हुनुु खुशीको कुरा हो । कार्यसम्पन्न भएर यो उद्घाटित भएको छ […]