मेलम्ची र इन्द्रावती जलाधार क्षेत्रमा ६ घन्टादेखि निरन्तर वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती जलाधारमा ६ घन्टा देखि निरन्तर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

जसका कारण मेलम्ची, इन्द्रावती र यिनका सहायक खोलाहरूमा बाढीको जोखिम रहेको महाशाखाले जानकारी दिएको छ।

पछिल्लो घन्टामा त्यहाँ पछिल्लो ६ घन्टामा सिन्धुपाल्चोकको गोब्रेमा ५०.६, धापमा ५५.८, बाँसखर्कमा ६०.६, दुवाचौरमा ६७, बोल्देमा ५१.४, ढुंगेमा ६१.२ मिलिमिटर वर्षा भएको छ।

ती क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ।