एसपीमा बढुवाको लागि ११ डिएसपीको सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (डीएसपी) पदमा बढुवाको लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले डीएसपीहरूलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो। समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले जारी गरेको विज्ञप्तिअनुसार बढुवाका लागि सिफारिसमा परेका प्रहरी अधिकृतहरूमा अनिलकुमार खड्का, महेश […]

समृद्धि हासिल गर्न नीतिगत सुधार आवश्यक : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं  प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। नेपाल उद्योग परिसंघ (सिएनआइ) का नवनिर्वाचित पदाधिकारीहरूसँग खुमलटारस्थित निजी निवासमा भएको भेटमा दाहालले राज्यले सोच्ने तरिका परिवर्तन गर्नुपर्ने र समग्र संरचनामै सुधार आवश्यक रहेको बताएका हुन्। उनका अनुसार आर्थिक […]

आज मुख्य राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध, ५ ठाउँमा एकतर्फी सन्चालन

काठमाडौं । बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा क्षति पगेकाले सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । पाँच ठाउँमा सडक एकतर्फी सन्चालनमा छन् । कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका ६ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध छ । नेपाल प्रहरीले आज बिहान नौ बजे अध्यावधिक गरेको विवरणअनुसार संखुवासभाको भोटखोला […]

आज साउनको पहिलो सोमबार, पशुपति दर्शनार्थीलाई नि:शुल्क बस

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, काठमाडौंको पशुपति लगायत शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ ।हिन्दुधर्मावलम्बीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् । यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् । हरेक सोमबारको दिन व्रतालुहरु बिहानै नुहाएर शिवलिङ्गमा जल र दूध चढाउँछन् । अनि बेलपत्र, […]

गाजामा राहत पर्खिरहेका भोकाहरूमाथि इजरायली सेनाले अन्धाधुन्ध चलायो गोली, ६७ जनाको गयो ज्यान

काठमाडौ । गाजाको उत्तरी क्षेत्रमा आइतबार मानवीय सहायता प्राप्त गर्न जम्मा भएका निहत्था नागरिकहरूमाथि इजरायली सेनाले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले गाजास्थित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ। पछिल्ला केही दिनयता गाजा भोकमरीको चरम अवस्थामा पुगेको छ। खाद्य सामग्री नपुग्दा हजारौं नागरिकहरू खासगरी बालबालिका, महिला र वृद्धहरू भोककै […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी क्षेत्रमा छ धेरै वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको […]

तारकेश्वरको पिपलडाँडा खेल मैदानमा महिला मृत फेला

काठमाडौं । काठमाडौँको तारकेश्वरमा एकजना महिलाको शव भेटिएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर–८ स्थित पिपलडाँडा खेल मैदानमा बारमा झुण्डिएको अवस्थामा शव भेटिएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।’ घटनास्थलमा मोबाइल पनि भेटिएको छ । […]

असन्तोषी युवालाई प्रश्न-तपाईं अग्रगमनको पक्षमा कि प्रतिगमनको?

आरम्भ असन्तोष मानवीय स्वभाव हो । असन्तोष सधै नकारात्मक पनि हुँदैन किनभने प्रगतिको मुहान असन्तोषवाट नै खुल्दछ । त्यहि असन्तुष्टिको परिणाम दैनिक नयाँ नयाँ खोज अनुसन्धान र समाजलाई दैनिक अग्रगति दिईरहेको हुन्छ । ओडारमा बसेर कन्दमुल खाँदै जंगली घुमन्तु जीवन जिउने मानिस आज दुनियाँका अनेकौं सुविधा निर्माण, वितरण र उपभोग गर्न सक्षम भइसक्दा पनि चित्त […]

दुर्घटनामा ज्यान गुमाएका भनिएका थापा परिवारले गुहारे मानव अधिकार आयोग

महोत्तरी । गत असार २२ गते काठमाडौको जडिबुटीमा दुर्घटना परेर घाईते भएका महोत्तरीका अरुण थापाको प्रहरीको लापरबाहीको कारण ज्यान गएको आफन्तले आरोप लगाएका छन् । घाईते थापालाई उद्दार गरेर अस्पताल लैजाने क्रममा ट्याक्सीको पछाडी डिकीमा राखेको सिसिटिभी फुटेज बाहिरिए पछि परिवारले मृत्युको कारण लापरबाही भएको निष्कर्ष निकालेका हुन् । तर प्रहरीले भने घाईतेलाई उपचारको लागि […]

वार्तापछि विद्याको प्रतिक्रिया- सदस्यता नवीकरण भइसक्यो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छिन् । आइतबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ओलीसँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनले बताइन् । ‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो,’ भण्डारीले भनिन्, ‘मैले पहिल्यै नवीकरण गरेको […]