काठमाडौं । काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। गएराति काठमाडौं महानगरपालिकाको ज्याठास्थित एक होटलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। सुनसहित चिनियाँ नागरिकहरू रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो। उक्त टोलीले एक जना पुरूष र महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीनको सियाचिन घर भई ज्याठा […]
फ्लास न्यूज
मनोहरा बस्ती बचाउन वाइसीएलले बनायो बाँध(फोटो फिचर)
भक्तपुर । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग(वाइसीएल) नेपालले भक्तपुरको मध्यपुर थिमि-१ लोहकिल्थलीस्थित मनोहरा बस्तीमा अस्थायी बाँध बनाएको छ । मंगलबार बिहान उपत्यकाका तीनै जिल्लाको शक्ति केन्द्रीत गरी वाइसीएलले लोहकिल्थलीको सुकुम्बासी बस्तीमा पर्ने मनोहरा खोलामा अस्थायी बाँध बाँधेको हो । ‘श्रम तथा उत्पादनमा वाईसीएल अभियान’ अन्तर्गत मंगलबार लोहकिल्थलीस्थित मनोहरा बस्तीलाई डुबानबाट बचाउन […]
मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडी तुरुन्त फिर्ता गराउने सरकारको निर्णय
काठमाडौं । सरकारले मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडीहरु तुरुन्त फिर्ता गराउने निर्णय गरेको छ । पहुँचवालाबाट सरकारी गाडी दुरुपयोग भएको पाइएपछि सरकारले कडाइ गर्न लागेको हो । मुख्य सचिवको नेतृत्वमा सोमबार बसेको सचिवहरुको बैठकले यदि कुनै पदाधिकारी वा कर्मचारीले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गराउने निर्णय गरेको छ । साथै […]
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल मधेस र बागमती प्रदेश लगायत देशका पहाडी भू(भागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेशका […]
राष्ट्रियसभा र प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै
काठमाडौँ। सङ्घीय संसद्को राष्ट्रियसभाको बैठक आज (मंगलबार) दिउँसो १ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ। बैठकको सम्भावित कार्यसूचीअनुसार दुई विधेयकमाथि प्रस्ताव पेस गरिने छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्नेछिन्। त्यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) […]
पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोक र मनाङमा सबैभन्दा बढी वर्षा, देशभर कहाँको अवस्था कस्तो छ ?
काठमाडौँ। पछिल्लो १२ घण्टाको अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ५०–५५ मिलिमिटर र मनाङमा ४७ मिलिमिटर मापन गरिएको छ। वर्षा गराउने बादल बिस्तारै दक्षिण–पश्चिमतर्फ सर्दै गएकोले अहिले ती क्षेत्रमा वर्षा […]
प्रेमिका अर्कैसंग लागेको आशंकामा ज्यान लिने युवक पक्राउ
धुलिखेल । काभ्रेपलाञ्चोकको चौरीदेउराली घर भइ बनेपामा बस्दै आएकी ३३ वर्षीया युवतीको ज्यान लिएको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले शर्मिला उप्रेतीको हत्या अभियोगमा रामेछापको मन्थली-१३ घर भई बनेपा बस्ने सन्तोष सुनारलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । असार ३२ गतेदेखि हराइरहेकी शर्मिलाको शव आइतबार बनेपा-१३ स्थित भगवान थुम्की […]
साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बन्यो नेपाल
काठमाडौँ । साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। आयोजक बंगलादेशसँग सोमबार भएको निर्णायक खेलमा ४-० गोलले पराजित भएसँगै नेपाल उपविजेतामै सीमित बनेको हो। नेपालका लागि उपाधि जित्न आजको खेल महत्वपूर्ण थियो। जितले मात्र उपाधि जित्ने नेपालले खेलमा सुरुवातदेखि नै दबाबमा परेको थियो।सुरुवातमै गोल खाएपछि खेलमा फर्कने कोशिस गरे पनि नेपालले अन्त्यसम्ममा चार गोल […]
७ लाख ३१ हजार घुससहित धनगढीका वरिष्ठ वन अधिकृत यादव अख्तियारको नियन्त्रणमा
काठमाडौँ । कैलाली डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवदलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित सोमबार नियन्त्रणमा लिएको छ । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपूर्जीको लागि सेवाग्राहीसँग ७ लाख ३१ हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले नियन्त्रणमा […]
एसपीमा बढुवाको लागि ११ डिएसपीको सिफारिस
काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (डीएसपी) पदमा बढुवाको लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले डीएसपीहरूलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो। समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले जारी गरेको विज्ञप्तिअनुसार बढुवाका लागि सिफारिसमा परेका प्रहरी अधिकृतहरूमा अनिलकुमार खड्का, महेश […]











