पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी

काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी भएको छ । सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको हो । वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला गर्न, […]

फुकुवा भयो केपी शर्मा ओलीको स्थानहद

काठमाडौँ । गत भदाै २३ र २४ गतेका घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद हटाउने निर्णय गरेको छ। आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाडौँ उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको हो। ती घटनाहरूको अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका कामकारबाहीबारे आयोगले सोधपुछ र […]

रेशम चौधरीको आम माफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । दुई वर्षदेखि सुनुवाइ हुन नसकेको रेशमको माफी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको हो । रेशमले माफी पाएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक […]

प्रचण्डलाई पक्राउ माग गर्दै दायर भएको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ जना द्वन्द्व पीडितहरूको रिट २०७९ फागुन २३ गते दर्ता भएको थियो […]

सुन र चाँदी दुवैमा उच्च मूल्यवृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्य फेरि बढेको छ । आज सुन प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेको हो । आइतबार २ लाख ६० हजार ४०० रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज २ लाख ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीमा झनै ठुलो मूल्य वृद्धि भएको छ । आज चाँदी एकैदिन प्रतितोला […]

अरनिको पाँडेसहित ६ जनाले फिर्ता लिए रास्वपाको समानुपातिक उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ । यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल […]

काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्रीमा झर्यो

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा ३.७ डिग्री सेल्सियस र ललितपुरको सानेपा क्षेत्रमा ३.३ डिग्री सेल्सियस मापन भएको छ । […]

आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो । घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ […]

भीमफेदी जिप दुर्घटना : १२ घण्टापछि ४ मृतकको पहिचान

हेटौंडा । काठमाडौं- हेटौंडा जोड्ने छोटो मार्गअन्तर्गत् भीमफेदी गाउँपालिकामा भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आइतबार साँझ भीमफेदी गाउँपालिका-६ जुरीखेतमा ना१ज १७७८ नम्बरको ९ जना सवार टाटासुमो जिप सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो । जिपमा ६ जना पुरुष, एक जना महिला, एक बालिका र एक […]

३५ बुँदे श्वेतपत्र जारी गर्दै बिदा भए राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष बस्नेत

भक्तपुर । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले आफ्नो चार वर्षे कार्यकाल पूरा गरी परिषदबाट विदा भएका छन्। भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय युवा परिषद्को केन्द्रीय कार्यालयमा आइतबार आयोजित भव्य विदाई समारोहबीच उपाध्यक्ष बस्नेतलाई विदाई गरिएको हो। परिषद्का प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमका अनुसार कार्यकाल सफलतापूर्वक सम्पन्न गरेपछि बस्नेत परिषदबाट औपचारिक रूपमा विदा भएका हुन्। विदाई समारोहलाई […]