काठमाडौँ । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुन लागेको १८ पदका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार मतदानका लागि सबै तयारी पूरा भइसकेको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने बाँकी १७ पदका लागि आज निर्वाचन […]
फ्लास न्यूज
मदुरो गिरफ्तारीबारे भेनेजुएलाकी कावा राष्ट्रपतिको दाबी : १५ मिनेटभित्र भनेको नमानेको भए मारिन्थ्यौं
काठमाडौं । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले पूर्व राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिने क्रममा अमेरिकी सेनाले आफ्नो मन्त्रिमण्डलका सदस्यहरूलाई अमेरिकाको माग पूरा गर्न वा मृत्यु रोज्न १५ मिनेटको समय दिएको दाबी गरेकी छन् । ‘राष्ट्रपतिलाई अपहरण गरेको पहिलो मिनेटदेखि नै धम्कीहरू सुरु भएका थिए। उनीहरूले डियोस्डाडो (गृहमन्त्री), जर्ज (कार्यवाहक राष्ट्रपतिका भाइ तथा कङ्ग्रेस अध्यक्ष) र […]
पुराना दल गलत भएकोले नयाँ दल चाहिन्छ भन्ने नारा भुलभुलैया मात्रै : विप्लव
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुराना दल गलत भएकाले नयाँ दल चाहिन्छ भन्ने बहसलाई क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैयामात्र भएको बताएका छन्। शनिबार पार्टीद्वारा आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिले राजनीतिक वृत्तमा चलाइएको नयाँ र पुराना दलको बहसले जनताका वास्तविक समस्याबाट ध्यान हटाउने काम गरिरहेको आरोप लगाए। […]
त्रिपक्षीय वार्ता जारी रहँदा रूसले युक्रेनमा गर्यो यो वर्षकै ठूलो हमला
काठमाडौँ । आबुधाबीमा त्रिपक्षीय वार्ता नसकिँदै रूसले युक्रेनको राजधानी किभ लगायतका क्षेत्रमा रूसले यो वर्षकै ठूलो हमला गरेको छ। गएराति रूसले राजधानी लगायतका क्षेत्रमा ठूलो संख्यामा मिसाइल र ड्रोनले हमला गरेको अमरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। शुक्रबार अबुधाबीमा रूस-युक्रेन-अमेरिकी अधिकारीबीच पहिलो चरणको वार्ता सकिएलगत्तै रूसले हमला सुरू गरेको हो। वार्ता शनिबार पनि बस्ने तय भएको […]
राष्ट्रिय भेलाको तयारीमा लाग्यो देउवा समूह
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूह राष्ट्रिय भेलाको तयारीमा लागेको छ । विशेष महाधिवेशनबाट किनारा लागेको उक्त समूह ११ माघमा हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनपछि राष्ट्रिय भेलाको तयारीमा लागेको हो । राष्ट्रिय भेलाको तयारीका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा छन् । खड्कासँग शनिबारमात्रै भेट गरेका एक निवर्तमान केन्द्रीय […]
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले पनि समर्थन गरेकोछ । यसअघि रास्वपालगायतका केही दलले पनि समर्थन गर्दै आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाएका छन् । पार्टीका प्रवक्ता डा राजु थापाले वक्तव्य जारी गर्दै महावीरलाई समर्थन गरेको जनाएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गी गाउँमा […]
माघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने
काठमाडौं । नेपाली कांग्रेसले चुनावी सभा मधेशबाट सुरु गर्ने भएको छ । माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको छ । सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । पार्टीले उपसभपाति शर्मालाई चुनावी प्रचार प्रसार समितिको संयोजक बनाएको छ । जनकपुरमा हुने सभाका […]
लेखक तथा विश्लेषक युग पाठक नेकपामा प्रवेश
काठमाडौँ । लेखक, विश्लेषक तथा नागरिक अभियानी युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । शनिबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टीमा स्वागत गरे। पेरिसडाँडा युग पाठकलाई स्वागत गर्दा नेकपा सह-संयोजक माधवकुमार नेपाल, नेताहरू बेदुराम भुसाल, पम्फा भुसाल र रञ्जिता श्रेष्ठ पनि उपस्थित थिए। युग पाठक अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा […]
हरिबोल गजुरेल र महेश्वर दाहालसहित ७ नेता नेकपाबाट निष्कासित
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता हरिबोल गजुरेलसहित ७ जना नेता पार्टीबाट निष्कासित भएका छन्। पार्टीको आधिकारिक उम्मेवार विरूद्ध बागी उम्मेदवार खडा गरी त्यसको प्रस्तावक र समर्थक बनेको भन्दै गजुरेलसहित ७ जनालाई नेकपाले निष्कासन गरेको हो। निष्कासित नेताहरूमा गजुरेलसहित सिन्धुलीकै महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र […]
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुम । रुकुम पूर्वमा परेको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गए रातिदेखि निरन्तर भइरहेको हिमपातले लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। लोकमार्ग अवरुद्ध भएपछि सवारीसाधन वारपार हुन नसक्दा काठमाडौँबाट छुटेका बसहरू समेत बाटोमै फसेका छन्। फसेका यात्रु र सवारीको अवस्थाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय […]











