पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश गरिएको छ । बुधबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो […]

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार आएको छ । राजनीतिक वातावरण निर्वाचन उन्मुख भएपछि सेयर लगानीकर्ताको मनोबल सकारात्मक हुँदा नेप्से बढेको हो । नयाँ राजनीतिक शक्तिका रूपमा रवि लामिछाने, बालेन्द्र (बालेन) साह र कुलमान घिसिङ एक भएसँगै आइतबार ४७ अंकले बढेको नेप्से सोमबार १० अंकले करेक्सन भएको थियो । नेप्से सूचक […]

रोईरोई पार्टी छाडेको थिएँ, अहिले घर फर्केको अनुभूति भयो : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आफूले चार वर्षअघि राप्रपा छाड्दा मन रोईरोई छाडेको भन्दै अहिले फर्कँदा खुसी लागेको बताएका छन् । बुधबार दुई राप्रपाको एकता घोषणा सभालाई सम्बोधन गर्दै थापाले पुरानो अनुभूति सुनाएका हुन् । ‘यसलाई एकता भनिएपनि पुनर्मिलन हो । घर फर्केको अनुभूति भइराखेको छ । आफूले पनि रगत पसिना […]

राप्रपा र राप्रपा नेपालबिच ६ बुँदे सहमति (पूर्णपाठसहित)

काठमाडौं । समान विचारधारा भएका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकीकरण भएको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षरसहित एकता घोषणा गरिएको हो । सहमति पत्रमा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका तर्फबाट अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन्। पार्टीको नाम राप्रपा नै रहनेछ […]

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न पोखरा पुगे रवि

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रास्वपा सभापति रवि लामिछाने पोखरा पुगेका छन् । जिल्ला अदालत कास्कीमा तारिखका निम्ति रवि पोखरा पुगेका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि धरौटीमा छुटेका थिए । ‘सूर्दर्शनको मुद्दामा अन्य प्रतिवादीहरूको पनि म्याद मिलाउन रविजी अदालतमा तारिखका निम्ति आउनुभएको छ,’ अदालतका सूचना अधिकारी रामबहादुर किसानले […]

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

काठमाडौँ । चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ । ‘शिजियान–२९ए’ र ‘शिजियान–२९बी’ नामका उपग्रहहरू बिहान ६ः४० बजे (बेइजिङ समय) लङ मार्च–७ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् । प्रक्षेपणपछि दुवै उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् । शिजियान–२९ए र शिजियान–२९बी चीनद्वारा प्रक्षेपण गरिएका प्रायोगिक […]

कांग्रेस समानुपातिक सूचीमा निधिकी भान्जी परेपछि मधेसमा विरोध

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिधिनिधि सभा चुनावका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा नेता विमलेन्द्र निधिकी भान्जी परेपछि मधेस कांग्रेसभित्र विरोध भएको छ। निधिले नै आफ्नी भान्जी निनु कर्णलाई सिफारिस गरेर समानुपातिक सूचीमा मधेसी महिलाको एक नम्बरमा राखेको भन्दै विरोध भएको हो।विरोध जनाउने मध्येमा जनकपुर कांग्रेसका पूर्व नगरसभापति रहेका जीवनाथ चौधरी छन् र उनले फेसबुकमै […]

उम्मेदवारलाई ‘ब्ल्याक लिष्ट’मा राखेको चर्चाबारे आयोगले दियो यस्तो प्रष्टीकरण

विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी नै चुनाव लड्न नपाउने भनेर प्रकाशित प्रसारित समाचार सत्य नभएको बताएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले अहिले प्रचार भएको विषय सत्य नभएको र आयोगले आजै त्यसबारे स्पष्ट पार्दै प्रेस नोट जारी गर्ने तयारी गरेको बताए […]

ग्यास बुलेट पल्टिएर अबरुद्ध बनेको चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुल्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुलेको छ । ग्यास बुलेट पल्टिएका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । मंगलबार बिहान करिब ७:५० बजेदेखि राजमार्ग ठप्प थियो । मुख्य राजमार्ग बन्द हुँदा विकल्पको रुपमा सवारी साधनहरु लामो र घुमाउरो ग्रामिण सडक प्रयोग गर्न बाध्य भएका थिए । क्रेनको सहायताले ग्याँस बुलेटलाई […]

पटक पटक समानुपातिक उम्मेदवार बनेको भन्दै बादल लक्षित गोकुलको झटारो

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपाध्यक्ष रामबहादुर थापा बादललाई लक्षित गरेर पटक पटक समानुपातिक उम्मेदवार बनेको भन्दै आलोचना गरेका छन् । नाम नलिईकन उनले उक्त सूचीबाट नाम फिर्ता लिएर चुनाव लड्न बादललाई चुनौती समेत दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्– ‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक […]