काठमाडौं । कुनै समय यस्तो थियो-शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ। कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैनथ्यो। त्यसमा पनि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनजस्ता सम्बन्धित संस्थामा […]
शिक्षा
मावि तहको लाइसेन्स परीक्षाको ७५ प्रतिशत कापी परिक्षण, माघमा नतिजा
भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको माध्यमिक तहको कापी परिक्षण अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका अध्यक्ष ताना गौतमले माध्यमिक तहको ७५ प्रतिशत बढी कापी परिक्षण सकिएको बताएका हुन् । गौतमका अनुसार पुषभित्रै मावि तहको कपी परिक्षण सकिने र माघमा नतिजा प्रकाशित हुनेछ । आयोगले काठमाडौंमा २ र ललितपुरमा […]
त्रिपोलीको शैक्षिक संस्थामा हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिए
त्रिपोली, २० पुस । लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् ।शनिबार अबेर यहाँस्थित सैनिक विद्यालयमा भएको उक्त आक्रमणमा परी ती विद्यार्थी मारिएका बताइएको छ । सो आक्रमणबाट अरु १८ जना घाइते भएका पनि सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । ‘प्रारम्भीक विवरणअनुसार घटनामा परी २८ विद्यार्थी मारिएका […]
गृहकार्य नगरेको भन्दै कुट्दा विद्यार्थीको आँखामा गम्भीर चोट
बुटवल, २० पुस । रूपन्देहीको एक बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी शिक्षकबाट निर्घात कुटिएका छन् । कुटाइबाट उनको आँखामा चोट लागेको छ । सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन् । कुटाइबाट १० वर्षिय बालक धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ […]
स्कूल बन्यो अब पढाइ बनाउनुस्– पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौं । भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् । भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले पुनर्निर्माण गरिदिएको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा ४ करोड १२ लाख लागतमा […]
पढ्न नजानेको भन्दै नीलडाम हुनेगरि कुट्दा नौ जना विद्यार्थी घाईते
बैतडी, १५ पुस । विद्यार्थीले उल्टो बाह्रखरी पढ्न नजानेको भन्दै तीन जना शिक्षकले नीलडाम हुनेगरि पाईप र लठ्ठीले कुट्दा बैतडीमा नौ जना विद्यार्थी घाईते भएका छन् ।बैतडीको सुर्नया गाउँपालिका –३, को विशेश्वर आधारभूत विद्यालयका शिक्षक दीपक भट्ट, प्रताप लोहार र घुम्रा भट्टले कुटपिट गरेको भन्दै नौ जना विद्यार्थी जिल्ला सदरमुकम पुगेका छन् । शिक्षकले पाईप […]
नेविसंघद्वारा उपकुलपतिको कार्यकक्षमै तोडफोड
काठमाडौं १३ पुस। नेपाल विद्यार्थी संघ नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन् । लामो समयदेखिका मागहरु ध्यानाकर्षण गराउन भन्दै नेविसंघका त्रिवि सचिव योगेन्द्र रावलको नेतृत्वमा पुगेको टोलीले कार्यकक्षमै तोडफोड गरेको हो । तोडफोडबाट उपकुलपतिको कार्यकक्षमा रहेका टेबुल र कुर्सीमा क्षति भएको छ । राजनीतिक नियुक्ति, स्ववियु चुनाव, त्रिविभित्रको प्रहरी चौकीलगायतका विषयमा […]
स्नातक सकेर कामविहीन बसेकालाई अब राष्ट्रिय बाणिज्य बैंकले काम दिने
काठमाडौ १३ पुस । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्नातक अध्ययन सकेर कामविहीन बसेकाहरुलाई काम दिने भएको छ । बीबीए र बीबीएस दिएर कामविहीन बसेका युवाहरुलाई लक्षित गरी प्रदेश नं।् १ मा पनि इम्पावर एकेडेमी कार्यक्रम शुरु गरेको हो । प्रदेश नं ३ बाट शुरु गरिएको यो कार्यक्रम अन्तर्गत प्रदेश नं १ […]
चिसो अत्यधिक बढेपछि पाँच दिनका लागि विद्यालय बन्द
लहान, १३ पुस । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए […]
अत्याधिक चिसो र शीतलहरका कारण सिरहाका विद्यालय पाँच दिन बन्द
सिरहा १३ पुस । केही दिनयता अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आइतबारदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुबोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए । वर्षे […]











