काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्यविनायक नगरपालिका४ स्थित श्री चित्रपुर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि बैंकले कपडा वितरण गरेको हो । बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन खत्रीलाई उक्त कपडा हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत […]
शिक्षा
विवादले ल क्याम्पसको शैक्षिक सत्र पर धकेलिंदै
भक्तपुर, २८ पुस । स्नातक तह एलएलबी मा विद्यार्थी भर्नामा उत्पन्न विवादले नेपाल ल क्याम्पसको पढाइ एक शैक्षिक सत्र पर धकेलिएको छ। विवाद साम्य हुने संकेत नदेखिएपछि स्नातक तहमा अबदेखि तीन वर्षे एलएलबीको पढाइ सञ्चालन गर्ने–नगर्ने विषयमा क्याम्पस र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबीच छलफल सुरु भएको छ। एलएलबी पहिलो वर्षको पढाइ गत वैशाखदेखि हुनुपर्ने हो। विगतमा […]
एक पटक परीक्षाको मौका दिन उमावि शिक्षकको माग
काठमाडौं । साविक उच्चमाध्यमिक तहमा कार्यरत शिक्षकहरुले राष्ट्रका लागि योगदान गरेका आफलूहरुलाई सरकारले पुरस्कृत नगरी तिरस्कृत मात्रै गरेको आरोप लगाएको छ । २०४९ सालमा शुरु भएको उमावि शिक्षा र कार्यरत शिक्षकको व्यवस्थापन गर्न सरकार २०७६ सम्मसमेत असफलल भएको उनीहरुले जिकिर गरेका हुन् । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन सत्रमा साविक उमाविमा कार्यरत […]
उमावि शिक्षकहरुसँग शिक्षामन्त्रीले भने– प्रतिस्पर्धाका लागि तयार रहनुस्
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साविक उच्च माध्यमिक शिक्षकहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । शिक्षा ऐन निर्माणको चरणमा रहेकोले ऐनबाटै समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल जारी राखेको उनले प्रष्ट पारेका हुन् । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री पोखरेलले विगतमा भएका […]
शिक्षककै नक्कली प्रमाणपत्र, अदालतमा मुद्दा
काठमाडौं । श्री जन जौ कुमारी शाही प्राथमिक विद्यालय मनपाङ, तनहुँकी शिक्षिका अनिता पोखरेल वाग्लेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ। वाग्लेले प्रावि शिक्षक पदमा नियुक्त हुन माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेको हो। उनले प्राथमिक शिक्षकको रुपमा अस्थायी नियुक्ति लिँदा नक्कली प्रमाणपत्र […]
अत्यधिक चिसो बढेपछि घोराहीका विद्यालय दुई दिन बन्द
घोराही, २४ पुस । अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ।चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीवार आज र शुक्रवार विद्यालय बन्द गर्ने निर्णय गरेको हो। उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकूद महाशाखाले बुधबार एक सूचना जारी गर्दै वर्षे बिदा कट्टी हुने गरी बिहीवार […]
अनिवार्य अवकाशित अस्थायी शिक्षकलाई सुविधा र अस्थायी सेवाअवधि गणना गर्न माग
तनहुँ २४ पुस। अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले अनिवार्य अवकाशित अस्थायी शिक्षकहरुलाई सुविधा र स्थायी भएकाहरुको पुरा अस्थायी सेवाअवधि गणना गर्न माग गरेको छ । गण्डकी प्रदेश, तनहुँको भिमाद नगरपालिका वडा नम्बर ४ माझकोटमा अस्थायी शिक्षक आन्दोलनका हस्तीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा आन्दोलन समितिका अध्यक्ष निरेन्द्र कुँवरले सरकारसँग यस्तो माग गरेका हुन् । सरकारले शिक्षा […]
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष माथि २० करोड घुस मागेको अरोप
काठमाडौ, २३ पुस । झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरीले २० करोड रुपियाँ घुस मागेको आरोप लागाएका छन । तर आरोपित डा गिरीले आरोपको इन्कार गर्दै प्रमाण सार्वजनिक गर्न आग्रह गरेका छन । झापाको बी एण्ड सी मेडिकल कलेजको थप सम्बन्धनका लागि सो रकम माग गरेको […]
खुल्यो नायव सुब्बा नासुको विज्ञापन, ठुलो संख्यामा कर्मचारीको माग
काठमाडौँ २३ पुस, काठमाडौँ । लोकसेवा आयोगले बुधबार एक सूचना प्रकाशित गरेको छ । आयोगले राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक नायव सुब्बा नासु वा सो सरहका पदहरुमा खुला तथा समावेशी प्रतियोगिताम्क परीक्षाद्वारा पदपूर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको हो । आयोगले विभिन्न सेवा र समूहमा गरी जम्मा ५४८ कर्मचारी माग गरेको हो […]
बुटवलस्थित नवीन औद्योगिक मावि ४४ औं वर्षमा
बुटवल । बुटवल देवीनगरस्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ४४ औं वार्षिकोत्सव भव्यरुपमा मनाएको छ । मंगलवार प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यमा विद्यालयको ४४औ वार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन समारोहबा बोल्दै प्रमुख अतिथि एवं प्रदेश […]










