बिर्तामोड, ६ मंसिर । शिवसताक्षी नगरपालिकामा पर्ने झरना प्राथमिक विद्यालय दुई वर्षयता बन्द छ । विद्यालय बन्द हुनुको एकमात्र कारण हो, विद्यार्थी अभाव । गाउँमा बालबालिका नभएरै विद्यार्थी अभाव भएको भने होइन । शैक्षिक गुणस्तरमा सुधार नआएपछि क्रमशः विद्यार्थी घट्दै अन्ततः विद्यालय नै बन्द गर्नुपरेको हो । झापाको अर्जुनधारास्थित बालज्योति प्राथमिक विद्यालयको कक्षा ४ मा पाँच जना विद्यार्थी । कक्षा […]
शिक्षा
लोकसेवा तयारी गर्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल हुन्छन् लोकसेवा पास गर्ने ५ टिप्सहरु
काठमाडौं । नेपालमा अहिले लोकसेवाको तयारी गर्ने हरुको संख्या ठुलो रहेको छ । विभिन्न तहमा लोकसेवाले ठुलो संख्यामा विज्ञाजन खुलाउने तयारी गरेको छ । सरकारी जागिर खाने सपना बोकेर पढ्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल भइरहेको जानकारहरु बताउँछन् । त्यसैले लोकसेवाको तयारी गर्दा सही तरिका अपनाएर अध्ययन गर्नु पर्छ । १ पढ्दा कुनै एउटा […]
शिक्षक सेवा आयोगले फेरि जारी गर्यो अर्को नयाँ सूचना
काठमाडौं ५ मंसिर । शिक्षक सेवा आयोगले फेरि जारी गर्यो अर्को सूचना गरेको छ । शिक्षक सेवा आयोगले पछिल्लो समय शिक्षकहरुको धमाधम बढुवा गरेको छ । आयोगले कार्यक्षमताका आधारमा शिक्षकहरुको बढुवा गरेको हो । एक सूचना जारी गर्दै शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ३ हेटौडाले पनि शिक्षकको कार्यक्षमताका आधारमा बढुवा गरेको जानकारी दिइएको छ । […]
अमेरिकामा अध्ययनगर्ने नेपाली विद्यार्थीहरु १३ हजार भन्दा धेरै
काठमाडौँ ४ मंसिर । अमेरिकामा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्याको आधारमा नेपाल १२ औं स्थानमा छ । अमेरिकामा १३ हजार २ सय २९ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्य सार्वजनिक भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयको सहयोगमा इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनले सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकामा शैक्षिक वर्ष २०१८–२०१९ मा अध्ययनरत नेपाली विद्यार्थीको विवरण समावेश […]
विद्यालय तहका पाठ्यक्रम परिवर्तन हुँदै
काठमाडौँ, ३ मङ्सिर । विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने छ । विश्वमा विकास हुँदै गएको प्रविधिबारे विद्यार्थीलाई सिकाउने उद्देश्यले प्रविधि विषय थप गरिएको हो । १९९० सालबाट नेपालमा प्रवेशिका परीक्षाको थालनी भएको हो र […]
सात महिना बितिसक्दा पनि नेविसङ्घले केन्द्रीय कार्यालयमा तालाबन्दी भने यथावत्
भीमदत्तनगर, २ मङ्सिर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयका सवारीसाधन सञ्चालनमा अवरोध नगर्ने आन्दोलनरत नेपाल विद्यार्थी सङ्घले जनाएको छ । नेविसङ्घ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिका संयोजक कैलाश चन्दले विज्ञप्ति जारी गरी मङ्सिर १ गतेदेखि विश्वविद्यालयका पदाधिकारीहरुको सवारीसाधन प्रयोग खुला गरिएको जानकारी दिए । तर विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलगायत पदाधिकारी नियुक्तिको विरोधमा रहेको नेविसङ्घले केन्द्रीय […]
कैदीबन्दीलाई शैक्षिक सामग्री सहयोग
बाजुरा, २ मङ्सिर, । जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई समरजित गुल्मको समन्वय र बडिमालिका नगरपालिकाको सहयोगमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । समरजित गुल्म थापाथली ब्यारेकले आइतबार कारागार परिसरमा एक कार्यक्रमको गरी कैदीबन्दीलाई कापी, कलम, मार्कर र ह्वाइटबोर्डलगायतका शैक्षिक सामग्री सहयोग गरिएको गुल्मपति रविन श्रेष्ठले बताए। कारागारभित्र रहेका अनपढ तथा अक्षर चिन्न र जान्न नसक्नेका लागि […]
चौरासी पूजाको खर्च नगरी विद्यालयलाई ११ रोपनी जग्गादान
अर्घाखाँची, २ मङ्सिर । अर्घाखाँचीको पोखराथोकका एक वृद्ध दलितले चौरासी पूजा नगरी विद्यालयलाई ११ रोपनी जग्गादान गरेका छन । चौरासी पूजामा गरिने फजुल खर्चभन्दा विद्यालयमा गरिने दानले भविष्यका बालबालिकालाई समेत शिक्षाको ज्योति फैलाउने भन्दै पाणिनी गाउँपालिका–२ पोखराथोक रयलेका ८४ वर्षीय रविलाल सार्कीले विद्यालयलाई जग्गादान गरेका हुन । उनले पाणिनी गाउँपालिका–३ खिदीममा रहेको ११ रोपनी जग्गा […]
वडाध्यक्षको शिक्षक सेवा आयोगमा निस्कियो, राजीनामा दिएर वडाअध्यक्षले खाए शिक्षकको जागीर
सल्यान, २ मङ्सिर । सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन् । विसं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकालेका हुन् । तत्कालीन नेकपा […]
कम्प्युटर शिक्षाका लागि ‘डिजी स्कुल’ कार्यक्रम
काठमाडौँ, १ मङ्सिर । कम्प्युटर शिक्षामा दक्ष विद्यार्थी उत्पादन गर्न सफ्ट्वेएरका कलेज अफ आइटी एन्ड इ–कमर्स काठमाडौँले बेलायतमा लोकप्रिय रहेको कम्प्युटर पाठ्यक्रम ‘डिजी प्रोग्राम’ नेपाल भित्र्याएको छ । नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको उक्त कार्यक्रम सञ्चालन भए विद्यालयस्तरमै विद्यार्थीले उच्चस्तरको कम्युटर शिक्षा प्राप्त गर्नसक्ने जनाइएको छ । कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार […]