दाङ । केभिन एजकोम्ब डकर्मीसँगै ईँट्टाको गारो लगाउन खटिएका छन् । उनका केही साथी सिमेन्ट र बालुवाको मसला तयार पार्दै छन् । केही भने ईँट्टा उचाल्न लागिपरेका छन् । यहि काममा खटिएकी क्लेयर कल्भर क्यानेडियन नागरिक हुन् । क्यानडा देशको विद्यार्थी । अहिले उनी गढवा स्थित जनता माध्यमिक विद्यालयको कक्षा कोठा बनाउन श्रमदानमा खटिएकी छन् […]
शिक्षा
यस वर्ष २ सय ७७ स्कूलमा प्राविधिक शिक्षा थपिने
काठमाडाैं । यस वर्ष थप २७७ विद्यालयमा प्राविधिक शिक्षा सुरु गरिने भएकाे छ । प्राविधिक शिक्षालाई ग्रामीण तहसम्म विस्तार गर्न यस्ताे निर्णय गरेकाे हाे । चालू आर्थिक वर्षमा सरकारले प्राविधिक शिक्षाका लागि थप ५२ करोड रुपैयाँ अनुदान दिने भएको छ । अनुदान बढाएसँगै ग्रामीण क्षेत्रका २ सय ७७ सामुदायिक विद्यालयमा चालू आर्थिक वर्षबाटै प्राविधिक शिक्षा […]
गुण्डागर्दीमा सांसद सिंह ! क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनेर मरणासन्न हुनेगरी कुटपिट
जाजरकोट, २८ असोज । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको एक क्याम्पसका प्रमुखमाथि प्रदेश सभाका सांसदकै मिलेमतोमा हातपात भएको छ । जनताको मत लिएर निर्वाचित भएका सांसद यसरी आफ्ना नातागोता, आफन्त तथा आफू पक्षका मान्छेहरुलाई जागिर लगाउने, उनीहरुको व्यवसायमा सहयोग पुर्याउन अनेक हतकन्डा अपनाउने र त्यो पूरा नहुँदा नागरिकमाथि हातपातसम्मै उत्रन थालेपछि त्यस क्षेत्रमा उनको आलोचना भएको […]
क्याम्पसको आम्दानी सिधै कर्मचारीको खल्तीमा
जनकपुरधाम, २४ असाेज । जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको जग्गाबाट हुने आम्दानी सीधै कर्मचारीको खल्तीमा जाने गरेको छ । झन्डै ९० बिघा जग्गाको कमाइ वर्षौँदेखि क्याम्पसको खातामा दाखिल भएको छैन । जनकपुरका दाजुभाइ रामस्वरूप र रामसागर साहले क्याम्पसका लागि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाअन्तर्गत महेन्द्रनगर सखुवामा ५७ बिघा र नन्दुपट्टीमा २२ बिघा १४ कट्ठा जग्गा क्याम्पसलाई दान […]
तलब नपाएको भन्दै शिक्षकले गरे विद्यालयमा तालाबन्दी
लहान । लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी दिए । शिक्षकले आफूहरु […]
परीक्क्षा वोर्डले निकाल्यो कक्षा ११ को नतिजा
काठमाडौं, २० असाेज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९,जीपीए २.८१ देखिजीपीए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन्। त्यसैगरी २.४१ […]
‘कि मर्छौ, कि त स्थायी भएरै छाड्छौं’ : अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति
काठमाडाैं । संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले अब जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नं १ र २ लाई झैं विज्ञापन नम्बर ३ का शिक्षकहरुलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने वातावरण मिलाईदिन सरोकारवाला सबै पक्षलाई आग्रह गरेको छ । काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो आग्रह गरेको हो । […]
उडाइरहेको चङ्गा एकाएक विद्युतको पोलमा अड्केपछि बालकको करेन्ट लागेर मृत्यु
कास्की, १३ असाेज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १ टुसेमा चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चङ्गा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए […]
जितेन्द्र रसिकको अलकापुरी भक्तपुर सार्वजनिक
असोज ४ , भक्तपुर । साहित्यकार तथा लेखक जितेन्द्र रसिकको आठौं कृति अलकापुरी भक्तपुर र संस्कृतिविद्् ओम धौभडेलको भक्तपुर दरवारका मल्लकालिन भारदारहरु नामक दुई कृति एकै साथ बुधवार भक्तपुरमा सार्वजनिक गरिएको छ । दुबै कृति सार्वजनिक गर्दै कृति लोकार्पण समारोहका प्रमुख अतिथि पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले विभागले पुरा गर्न नसकेको काम लेखक […]
उपकुलपतिसँग बाझाबाझ भएपछि रजिस्टारले दिएको राजीनामा स्वीकृत
बनेपा, २५ भदाै । उपकुलपतिसँग कुरा नमिलेपछि काठमाडौ विश्व विद्यालय (केयू) का रजिष्टार डा. भोला थापाले अाफ्नाे पदबाट राजिनामा दिएका छन् । उनले भदाै ७ गते उपकुलपति प्रा.डा. रामकष्ठ माकजु समक्ष दिएको राजीनामा आइतबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छन् । भदाै ७ गते बसेको विश्वविद्यालयको कार्यकारी परिषद् बैठकमै उपकुलपति माकजु र […]










