शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर । शिक्षक अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत मंसिरमा लिइएको शिक्षक अध्यापन अनुमति पत्रको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।  आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ४५ हजार ६ सय ४१ जना उत्तिर्ण भएका छन् । यो कूल परीक्षाको ४० प्रतिशत हो । विद्यालय शिक्षाको माध्यमिक र निम्न […]

भाषणमा सीमित प्राविधिश शिक्षा

शिक्षा जीवन बदल्नका लागि हो । बाँच्ने कला विकास गर्नका लागि हो । शिक्षाले मान्छेमा नयाँ चेतनाको विकास गर्छ । जीवनका लागि आवश्यक पर्ने सिपको विकास गर्छ । विकसित चेतना र सीपले मानव समाजलाई उन्नत बनाउँछ । त्यसैले हिजोआज मानव जीवनसँग जोडिने र जीवन व्यवहारमा काम लाग्ने शिक्षाको कुरा गरिन्छ । सिक्दै जाने र जीवन […]

दुर्गममा अझै पुगेनन् पुस्तक

जाजरकोट । विद्यालय तहको त्रैमासिक परीक्षा सकिएको पनि एक महिना भइसक्यो तर जाजरकोटका विद्यार्थीहरुले अहिलेसम्म पुस्तक पाएका छैनन् । पुस्तक विनै विद्यार्थीहरुले त्रैमासिक परीक्षा दिए र अहिलेसम्म पढिरहेका छन् । जाजरकोटमा गत असार १५ गतेबाट विद्यालयमा एक महिने वर्षे विदा सुरु भएको थियो । एक महिने विदा सकेर साउन १५ गते विद्यालयमा फर्किदा पनि विद्यार्थीहरु […]

सेना र प्रहरीका उमाविले परिषद्लाई टेरेनन्

काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीले संचालन गरेका उच्च माध्यमिक विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्ले तोकेको छात्रवृति अस्वीकार गरेका छन् । नेपाली सेनाले भक्तपुरको सल्लाघारीमा संचालन गरेको श्री सैनिक आवासीय महाविद्यालय उमावि र नेपाल प्रहरीले साँगामा संचालन गरेको नेपाल प्रहरी उच्च माध्यमिक विद्यालयले परिषद्ले मागेको छात्रवृति कोटा दिन नमानेका हुन् ।  उच्च माध्यामिक शिक्षा […]

एसएलसी पुरक परीक्षा सुरु

भक्तपुर । गत साल चैतमा भएको एसएलसी परीक्षामा दुई विषयसम्म लागेर अनुत्तीर्ण भएका विद्यार्थीका लागि परीक्षा नियन्त्रण कार्यालयले साउन २० गतेबाट मौका परीक्षा भइरहेको छ । साउन २७ गतेसम्म सकिने परीक्षामा १ लाख २० हजार ५ सय १२ जनाले सहभागिता जनाएका छन् ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सुरु भएको […]

आर्थिक चलखेलले उमाशि परिषद्को बढुवा प्रभावित

भक्तपुर । उच्च माध्यमिक शिक्षा परिषद्मा सहसचिव बढुवाका लागि बढेको विवाद अझै पनि टुंगो लाग्न सकेको छैन । परिषद्ले तीन वर्ष अघि सहसचिव बढुवाका लागि गरेको विज्ञापनको नतिजा विवादका कारण अहिलेसम्म पनि टुंगो लाग्न नसकेको हो ।  आन्तरिक कार्य मुल्यांकनका आधारमा गर्ने भनिएको उक्त बढुवा विभिन्न आर्थिक चलखेलका कारण अहिलेसम्म अवरुद्ध भएको हो । सहसचिव […]

काठमाडाैं विश्वविद्यालयमा पुनः तालाबन्दी

काभ्रे । काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको प्रशासनिक कार्यालयमा पुनः तालाबन्दी गरिएको छ । विद्यार्थीलाई दिँदै आएको छात्रवृति पारदर्शी नभएको भन्दै विद्यार्थीले नै उक्त तालाबन्दी गरेका हुन् ।  छात्रवृतिमा पारदर्शीता हुनुपर्ने, दसैदेखि तिहारसम्मको एक मुष्ट विदा, एसडब्लुसीको चुनाव, खेलकुद सप्ताह आदि समेटेर विश्वविद्यालयले शैक्षिक क्यालेण्डर निर्माण गर्नुपर्ने लगायतका विभिन्न मागहरु राखेर अनेरास्ववियुले यो तालावन्दी गरेको हो […]

स्नातक प्रथम र पीसीएल दोस्रो वर्षको परीक्षा भदौ ९ गतेदेखि

काठमाडौँ । स्नातक तह प्रथम वर्ष र प्रविणता प्रमाणपत्र तह दोस्रो वर्षको परीक्षा आगामी भदौ ९ गतेदेखि हुने भएको छ ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सार्बजनिक गरेको परीक्षा तालिका २०७१ सालमा सञ्चालन गरिने स्नातक तह प्रथम वर्षमा प्रथम पटक परीक्षा दिने विद्यार्थीको नियमित तथा प्राइभेट अन्तर्गत मानवीकी, कानुन र शिक्षा शास्त्र संकायको परीक्षा […]

७४ झोले विद्यालयमाथि कारवाही

काठमाडौं । जिल्ला शिक्षा समिति महोत्तरीले जिल्लामा अवैध रुपमा रहेका ७४ वटा झोले विद्यालयलाई कारवाही गर्ने निर्णय गरेको छ । जिल्लाको अनुगमनमा पुगेको शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ती विद्यालय तत्काल बन्द गर्न भनेपछि शिक्षा समितिले निर्णय गरेको हो ।   यसअघि जिल्लामा ८६ वटा विद्यालय झोले विद्यालय भेटिएका थिए । त्यसमाथि छानविन […]

दलित विद्यार्थीहरु सम्मानित

काठमाडौं । नेपाल राष्ट्रिय दलित मुतिm मोर्चाको काठमाडौ जिल्लाले काठमाडौंका बिभिन्न विद्यालयबाट एसएलसीमा उतीर्ण दलित समुदायका विद्यार्थीहरुलाई सम्मान गरेको छ । अनामनगरस्थित संवाद डवलीमा आयोजित सम्मान कार्यक्रममा सम्मान पाउने विद्यार्थीहरुले यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल बढाउने र भविष्यमा आफ्नो समुदायबारे काम गर्न हौसला बढ्ने बताएका छन् ।  मोर्चाले करिब तीन दर्जन विद्यार्थीलाई सम्मान गरेको छ । […]