गुण्डागर्दीमा सांसद सिंह ! क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनेर मरणासन्न हुनेगरी कुटपिट

जाजरकोट, २८ असोज । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको एक क्याम्पसका प्रमुखमाथि प्रदेश सभाका सांसदकै मिलेमतोमा हातपात भएको छ । जनताको मत लिएर निर्वाचित भएका सांसद यसरी आफ्ना नातागोता, आफन्त तथा आफू पक्षका मान्छेहरुलाई जागिर लगाउने, उनीहरुको व्यवसायमा सहयोग पुर्याउन अनेक हतकन्डा अपनाउने र त्यो पूरा नहुँदा नागरिकमाथि हातपातसम्मै उत्रन थालेपछि त्यस क्षेत्रमा उनको आलोचना भएको […]

क्याम्पसको आम्दानी सिधै कर्मचारीको खल्तीमा

जनकपुरधाम, २४ असाेज । जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको जग्गाबाट हुने आम्दानी सीधै कर्मचारीको खल्तीमा जाने गरेको छ । झन्डै ९० बिघा जग्गाको कमाइ वर्षौँदेखि क्याम्पसको खातामा दाखिल भएको छैन । जनकपुरका दाजुभाइ रामस्वरूप र रामसागर साहले क्याम्पसका लागि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाअन्तर्गत महेन्द्रनगर सखुवामा ५७ बिघा र नन्दुपट्टीमा २२ बिघा १४ कट्ठा जग्गा क्याम्पसलाई दान […]

तलब नपाएको भन्दै शिक्षकले गरे विद्यालयमा तालाबन्दी

लहान ।  लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी दिए । शिक्षकले आफूहरु […]

परीक्क्षा वोर्डले निकाल्यो कक्षा ११ को नतिजा

काठमाडौं, २० असाेज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९,जीपीए २.८१ देखिजीपीए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन्। त्यसैगरी २.४१ […]

‘कि मर्छौ, कि त स्थायी भएरै छाड्छौं’ : अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति

काठमाडाैं । संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले अब जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नं १ र २ लाई झैं विज्ञापन नम्बर ३ का शिक्षकहरुलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने वातावरण मिलाईदिन सरोकारवाला सबै पक्षलाई आग्रह गरेको छ । काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो आग्रह गरेको हो । […]

उडाइरहेको चङ्गा एकाएक विद्युतको पोलमा अड्केपछि बालकको करेन्ट लागेर मृत्यु

कास्की, १३ असाेज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १ टुसेमा चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चङ्गा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए […]

जितेन्द्र रसिकको अलकापुरी भक्तपुर सार्वजनिक

  असोज ४ , भक्तपुर । साहित्यकार तथा लेखक जितेन्द्र रसिकको आठौं कृति अलकापुरी भक्तपुर र संस्कृतिविद्् ओम धौभडेलको भक्तपुर दरवारका मल्लकालिन भारदारहरु नामक दुई कृति एकै साथ बुधवार भक्तपुरमा सार्वजनिक गरिएको छ । दुबै कृति सार्वजनिक गर्दै कृति लोकार्पण समारोहका प्रमुख अतिथि पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले विभागले पुरा गर्न नसकेको काम लेखक […]

उपकुलपतिसँग बाझाबाझ भएपछि रजिस्टारले दिएको राजीनामा स्वीकृत

बनेपा, २५ भदाै । उपकुलपतिसँग कुरा नमिलेपछि काठमाडौ विश्व विद्यालय (केयू) का रजिष्टार डा. भोला थापाले अाफ्नाे पदबाट राजिनामा दिएका छन् । उनले भदाै ७ गते उपकुलपति प्रा.डा. रामकष्ठ माकजु समक्ष दिएको राजीनामा आइतबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छन् । भदाै ७ गते बसेको विश्वविद्यालयको कार्यकारी परिषद् बैठकमै उपकुलपति माकजु र […]

जापानमा संचालित नेपाली स्कुलको नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न

जापानमा नेपालीहरुको सामुहिक लगानीमा संचालित एभरेष्ट इन्टरनेशनल स्कुलको नयाँ भवनको आइतबार बिधिवत उद्घाटन गरिएको छ । जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, सुगिनामी सिटीका मेयर र्‍यो तानाका, एन आर एन एशिया प्याशिफ़िक क्षेत्रिय संयोजक किरणबिक्रम थापा, स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठ, संचालक समितिका कार्यकारी सदस्य मेघराज नेपाल लगायतले संयुक्तरुपमा रिवन काटी भवनको उद्घाटन गर्नुभएको हो। […]

अरनिको समाजद्वारा उच्चशिक्षा अध्ययनको लागि जाँदा विदेश जानेलार्इ आग्रह

काठमाडौ, २ भदाै । यस वर्षको चिनीयाँ शैक्षिक सत्रको लागि नेपाल स्थित अरनिको समाजले ६१ जना नेपाली विद्यार्थी चीन जाने पक्का भएको बताएको छ । बिहिबार राजधनीको नेपा ब्याङ्वेटमा एक कार्यक्रम गरि कन्फर्मेसन लेटर दिएको हो । गत साल पनि सो समाजको पहलमा चीनको सचूवान प्रान्तका विभिन्न ५ ओटा विश्व विद्यालयमा ४० जना विद्यार्थी पठाएको र […]