काठमाडौं, १४ पुस । शिक्षक सेवा आयोगले अबदेखि शिक्षकका लागि विषयगत अध्यापन अनुमतिपत्र दिने भएको छ। आयोगले अब लिइने अध्यापन अनुमतिपत्रको परीक्षा विषयगतरुपमा लिने भएको छ। शिक्षकलाई विषयमा विशिष्टीकरण ल्याउनका लागि अबदेखि विषयगतरुपमा अध्यापन अनुमतिपत्र वितरण गर्ने आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिए। विषयगत अध्यापन अनुमतिपत्रका लागि आयोगले पाठ्यक्रम पठाउन थालेको छ। ‘आयोगले खुलाएको […]
शिक्षा
अस्थायी शिक्षकको माग पूरा गराउन शैक्षिक हडताल सुरु
राजविराज । अस्थायी शिक्षकको मागमा नेपाल शिक्षक सङ्घ सप्तरीले ऐक्यबद्धता जनाउँदै आज र भोलि दुई दिने शैक्षिक संस्था हडतालको घोषणा गरेको छ । सङ्घका सचिव विश्वनाथ भदेसवार यादवद्वारा जारी विज्ञप्तिमा आज र भोलि शैक्षिक बन्दको घोषणा गरिएको जनाइएको छ । विभेदकारी परीक्षा लिई वर्षौंदेखि काम गर्दै आइरहेका अस्थायी शिक्षकलाई हटाउने प्रपञ्च रचेको विरुद्ध आन्दोलनस्वरुप शैक्षिक […]
अख्तियारको वार्षिक प्रतिवेदन भन्छ नेपालमा सबैभन्दा बढी भ्रष्टाचार शिक्षामा
काठमाडौँ, ९ पुस । शिक्षा मन्त्रालय र अन्तर्गतका निकायमा सबैभन्दा बढी अनियमिता हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक गरेको २८ औँ वार्षिक प्रतिवेदनमा आव २०७४/०७५ मा शिक्षा क्षेत्रमा १८ दशमलव ३२ प्रतिशत उजुरी परेको उल्लेख गरिएको छ । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित १८ दशमवल ०२, भूमिसम्बन्धी ६ […]
नतिजा चित्त नबुझे ११ कक्षाका विद्यार्थीले आफ्नै अगाडि उत्तरपुस्तिका पुन: जचाउँन पाउने
काठमाडौं, ७ पुस । परीक्षामा राम्राे गरेर पनि नतिजा राम्राे नअाएकाे भन्दै गुनासाे गर्ने विद्यार्थीका लागि खुसीकाे खबर छ । राष्ट्रिय परीक्षा बाेर्डले अब नतिजामा चित्त नबुझ्ने विद्यार्थीले अाफ्नाे उत्तरपुस्तिका फेरि जाँच गराउन पाउने भएका छन् । बाेर्डले हालका लागि कक्षा ११ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीले नै याे सुविधा प्रयाेग गर्न सक्ने […]
सरकारी कार्यालयको उदासिनता बढ्दो, जिशिका जाजरकोटको वेवसाइटमा खुल्छ धुलिखेल नगरपालिका
जाजरकोट, ७ पुस । जाजरकोट जिल्ला शिक्षा कार्यालयलाई आफ्नो काम प्रभावकारी बनाउन र सेवाबारे आम नागरिकलाई जानकारी दिन निर्माण गरिएको वेवसाइट के कस्तो अवस्थामा छ भन्ने थाहा छैन । जिशिका जाजरकोटको वेवसाइट www.deojajarkot.gov.np ब्राउजरमा खोल्दा धुलिखेल नगरपालिका खुल्छ । जाजरकोटका शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख तथा जिल्ला शिक्षा अधिकारी सुदिनराज बुढाथोकी जनशक्ति नभएका कारण वेवसाइट हेर्न […]
ठूलो संख्यामा शिक्षकहरु फेल, पास गराइदिन उत्तरपुस्तिकामा लेखिए रोचक कहानी
काठमाडौं । कार्यरत अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नका लागि शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षामा ठूलो संख्यामा शिक्षकहरु अनुत्तीर्ण भएका छन् । नतिजा प्रकाशन गर्ने र पुनर्योगको प्रक्रिया पनि चलिरहेकोले आयोगले यसको एकिन आँकडा बाहिर नल्याए पनि अहिलेसम्म प्रकाशित नतिजामा अनुत्तीर्ण हुनेहरुको प्रतिशत निकै धेरै देखिएको छ ।यो तथ्यसँगै नेपालको शिक्षाको मुहान कस्तो छ भन्ने […]
गुल्मीको पुर्कोटमा यूथ आई सर्भिसको निःशुल्क सेवा
विगत २२ वर्षदेखि राजधानी लगायत देशका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर र शल्यक्रिया गर्दै आएको यूथ आई सर्भिसका स्वयंसेवी आँखा उपचार टोलीले गुल्मी जिल्ला पुगेर आफ््ना सेवा दिएका छन्् । गुल्मी जिल्लाको पुर्कोट गाउँपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा ४ सय १८ जनाको आँखा परिक्षण र २५ जनाको कन्ट््याक्ट सर्जरी गरिएको यूथ आई सर्भिसका अध्यक्ष तथा […]
स्कूलमा नि:शुल्क खाजा दिन थालिएपछि पढ्ने बालबालिका ह्वात्तै बढे
बागलुङ, १ पुस । बागलुङ जिल्लाको सदरमुकाममा रहेको विद्यामन्दिर बालविकास केन्द्रका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने अभियान शुरु गरेपछि केन्द्रमा अध्ययन गर्न आउने विपन्न परिवारका विद्यार्थीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । बाह्रजना विद्यार्थी रहेको बालविकास केन्द्रमा पूर्व विद्यार्थीको पहलमा निःशुल्क खाजा खुवाउने अभियान शुरु भएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएर ३० पगेको बालविकास केन्द्रले जनाएको छ […]
कीर्तिपुरको सात गाउले, बखुमद जात्रा र घतलाग्दो आख्यान
काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिम भेगको सातगाउँ जात्रा अन्तर्गत शनिबार एेतिहासिक बखुमद जात्रा प्रारम्भ हुने भएको छ । बखुमद अस्टमीका दिन किर्तिपुर ९ वडा स्थित नंगा मा ‘धाल्चा खाकेगु जात्रा’ सुभारम्भ हुन्छ । साथै नवमीका दिन पांगाको बिष्णुदेवी जात्रा पनि संग संगै संचालन गर्ने प्रचलन रहेकाे छ । यसैगरी दसमीका दिन कीर्तिपुरकै इन्द्रायणी देवीको जात्रासँगै […]
शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा सार्वजनिक गर्यो
काठमाडाैं । शिक्षक सेवा आयोगले गत असारमा लिइएकाे अस्थायी शिक्षककाे नतिजा प्रकाशन गरेकाे छ । मंगलवारदेखि नतिजा प्रकाशन गर्न सुरु गरेकाे अायाेगले अाइतबार प्राथमिक तहकाे नतिजा प्रकाशन सुरु गरेकाे छ । यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरिसकेकाे छ । अायाेगले प्राथमिक तहकाे नतिजा छुट्टाछुट्टै जिल्लागत रुपमा प्रकाशन सुरु गरेकाे छ । […]










