चिकित्सा शिक्षा विधेयक : केसीलाई सम्झाउँदै सरकार

काठमाडौँ, १८ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ विगतको सहमतिकै आधारमा ल्याइएको भन्दै आएको सरकार र अनशनरत् प्रा डा गोविन्द केसीसँग औपचारिक वार्ता नभए पनि सार्वजनिक आव्हानका माध्यमबाट सम्झाउन छाडेको छैन । सरकार र डा केसीबीच गत साउन १० गते गरिएको सहमतिका मूलभूत सबै व्यवस्था समावेश गरी विधेयक ल्याइएको सरकारको भनाइ भए पनि केसीले […]

शिक्षा विभागीय आधिकारीक ट्रेड युनियनद्वारा आन्दोलनको चेतावनी

काठमाडाैं । कर्मचारी समायोजनको नाममा शिक्षा सेवाका कर्मचारीमाथि अन्याय भएको भन्दै कर्मचारीका संघ संगठनले आपत्ति जनाएका छन । निजामती कर्मचारीको शिक्षा विभागीय आधिकारिक ट्रेड युनियन लगायतले यथावस्थामा नै समायोजन स्वीकार्य नहुने भन्दै आन्दोलनको चेतावनी दिएका हुन । मंगलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेर उनीहरुले आफ्नो माग पत्र पेश गर्दै सो पूरा नभए आन्दोलनको चेतावनी […]

अस्थायी शिक्षक परीक्षा : आफ्नै विद्यार्थीसँग असफल

काठमाडौँ, १२ माघ । शिक्षाशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नुभएका शिक्षक रामहरि सिग्देललाई विद्यालय शिक्षामा आफ्नो १५ वर्षको मेहनत खेर गएको महसुस भएको छ । नुवाकोटस्थित भूमिदेवी माविमा अङ्ग्रेजी विषय पढाउने उहाँ अस्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा आफ्नै विद्यार्थी पुस्तासँगको प्रतिस्पर्धामा पछाडि परेपछि खिन्न भएका छन् । “कार्यरतमध्ये ७५ प्रतिशत शिक्षकका […]

४८ सामुदायिक विद्यालयमा शून्य दरबन्दी

म्याग्दी, ९ माघ । जिल्लाका ४८ सामुदायिक विद्यालय सरकारी दरबन्दीका शिक्षकबिना सञ्चालन भएका छन् । सरकारी दरबन्दीका शिक्षक नहुँदा समुदायले नै आर्थिक जोहो गर्नुपर्ने बाध्यता छ । उन्नाइस मावि तहका विद्यालयमा शून्य दरबन्दी, कक्षा १ देखि ३ सम्म पठनपाठन हुने नौ तथा कक्षा ६ देखि ८ सम्म पठनपाठन हुने २० विद्यालयमा शून्य दरबन्दी रहेको क्षिक्षा […]

सिटिइभिटी झोलाभरि पैसा बोकेर जाने दुई नम्बरी धन्दावालहरुको भएको मुख्यमन्त्रीको कडा आरोप

सर्लाही, २९ पुस । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) माथि प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले गम्भीर आरोप लगाएका छन् । शनिबार सर्लाहीको हरिवनमा आयोजना गरिएको ए कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सो आरोप लगाएका हुन् । हरिवन नगरपालिका वार्ड नं ६ घुर्कौलीमा रहेको जनसेवा माध्यमिक विद्यालयमा प्लस टू सञ्चालनार्थ आयोजित विराट नवाह ज्ञान […]

नेविसंघको विवाद चरम चुलीमा, ८ पदाधिकारीको सामूहिक राजीनामा

काठमाडौं, २८ पुस । अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघका ८ जना पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् । यससँगै नेपाली कांग्रेसको विद्यार्थी संगठनभित्रको विवाद फेरि चरम चुलीमा पुगेको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र […]

अक्षरांकन पद्धतिका अन्यौलता हटाउन परीक्षा बोर्डले थाल्यो देशभर छलफल

काठमाडौं । राष्टिय परीक्षा बोर्डले अक्षरांकन पद्धतिका बारेमा सरोकारवालाहरुबीच छलफल गरेको छ । माध्यमिक शिक्षा परीक्षाको मूल्यांकन अक्षरांकन पद्धतिमा हुन थालेपछि काठमाडौंमा एक दिने गोष्ठीको आयोजना गरी बोर्डले छलफल गरेको हो । कक्षा ११ र १२ मा समेत बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ पद्धति अनुसार नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसअघि एसईईमा यो […]

त्रिवि केन्द्रीय विभागमा भिडियो प्रविधिद्धारा कक्षा सञ्चालन सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागले भिडियो प्रविधिको माध्यामबाट अमेरिकाको वहाइयो स्टेट युनिभर्सिटीका प्राध्यापक लोनी जी थोम्सनसँग जलवायु परिवर्तनका विषयमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ । विभिन्न केन्द्रीय विभागमा अध्ययन विद्यार्थी एवं अनुसन्धानकर्ता लाई विश्वकै विख्यात प्राध्यापकसँग भिडियो साक्षात्कार गर्ने अवसर प्राप्त हुनुका साथै मौसम र जलवायु परिवर्तनको बारेमा विद्याार्थीहरुलाई […]

नेपाली विश्वविद्यालयमा केसम्म हुँदैन, विद्यार्थीले लेखेका उत्तरपुस्तिका नै सच्याएर पास गराइदिने पक्राउ

काठमाडौँ, २३ पुस । नेपालका विश्वविद्यालयमा केसम्म हुँदैन ? त्यहाँ हुने धन्दाहरु खाेतल्ने हाे भने कल्पना पनि गर्न सकिदैन । परीक्षामा विद्यार्थीले गर्ने चिटिङ गर्नेदेखि थेसिसहरु समेत चिटिङ हुने नक्कली परीक्षार्थी खडा गर्ने वा नक्कली सर्टीफिकेटलार्इ विश्वविद्यालयकाे रेकर्डमा चाेरढाेकाबाट इन्ट्री गराउनेसम्म के के हुँदैनन ? यसैक्रममा अर्काे नयाँ धन्दा सार्वजनिक भएकाे छ । त्याे धन्दा […]

अधिकांश निजी स्कूल नियम विपरित सञ्चालन

नेपालगञ्ज, १५ पुस । बाँके जिल्लाका अधिकांश संस्थागत (निजी) विद्यालय शिक्षा नियावलीविपरीत रहेका छन् । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार सञ्चालन हुन नसकेको पाइएको छ । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्दा जिल्लाका अधिकांश निजी विद्यालयमा विद्यालय व्यवस्थापन समितिसमेत छैनन् । शिक्षा नियमावलीअनुसार व्यवस्थापन समिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । भएकामा […]