काठमाडौँ, २४ माघ । नेपाली काङ्ग्रेसमा नेपाल विद्यार्थी सङ्घको पदावधि समाप्त भइसकेको वर्तमान केन्द्रीय समितिलाई निरन्तरता नदिने पक्षमा आवाज बलियो हुँदै गएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सङ्घको वर्तमान केन्द्रीय […]
शिक्षा
स्कूलमा अनौठो रोग
उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित भीमदय मावि गोलाङका सत्तरी विद्यार्थीमा अनौठो समस्या देखिएको छ । विद्यार्थी विद्यालयमा आएपछि शुरुमा शरीरको तापक्रम बढ्ने, ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने र वाकवाकी आउने लक्षणहरु देखापर्ने गरेको विद्यालयका शिक्षक विष्णुहरि शाहले जानकारी दिए । यही माघ १७ गतेदेखि केही विद्यार्थीमा देखापरेका यी लक्षण बिस्तारै अन्य विद्यार्थीमा पनि देखापर्दै गएर […]
नेकपाका दुई विद्यार्थी संगठनले स्ववियु चुनाव घोषणा गर्न दिए अल्टिमेटम
काठमाडौँ, २३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई विद्यार्थी सङ्गठन (अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले ४८ घण्टाभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई ‘अल्टिमेटम’ दिएका छन् । उपकुलपति प्रा डा तीर्थराज खनियाँसँगको छलफलमा अनेरास्ववियु विश्वविद्यालय क्याम्पस त्रिवि इञ्चार्ज भूषण सुवेदीले ४८ घण्टाभित्र स्ववियु चुनावको कार्य तालिकासहित मिति घोषणा नगरे तालाबन्दी गर्ने चेतावनी […]
माउन्ट रोयल एजुकेसनको सुर्खेत शाखा उद्घाटन
काठमाडौं । माउन्ट रोयल एजुकेसनले सुर्खेतको बिरेन्द्रनगरमा आफ्नो शाखा बिस्तार गरेको छ । मंगलबार एक कार्यक्रमका बिच कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले एजुकेसनको शाखा उद्घाटन गरेका हुन् । जापानको टोकियोस्थित इकेबुकुरोमा प्रमुख कार्यालय र नेपालमा काठमाण्डौको पुतलिसडकमा केन्द्रिय कार्यालय रहेको एजुकेसनले प्रदेश शाखा बिस्तार गर्ने क्रममा सुर्खेतमा शाखा स्थापना गरेको हो । उद्घाटन […]
नेपालका कलेजमा भारतीय विश्वविद्यालय सहजै प्रचारप्रसार बढाउँदै
काठमाडौँ, २३ माघ । राजधानी काठमाडौं लगायत देशका विभिन्न ठाउँमा भारतीय कलेजका प्रतिनिधिहरु आएर धमाधम आफ्नो प्रचार प्रसार बढाउन थालेका छन् । कलेज कलेजमा पुगेर भारतीय कलेजले आफ्नो प्रचारप्रसार गरिरहँदा सरकारी निकायलाई भने त्यसबारे जानकारी छैन । पछिल्लो समय मात्र भारतका तीन विश्वविद्यालयका प्रतिनिधिले नेपालका विभिन्न कलेजमा विद्यार्थी र अभिभावकलाई ‘करियर गाइडेन्स सेसन’ परामर्श सञ्चालन […]
शिक्षकलाई कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर तालिम
पाल्पा, २१ माघ । पाल्पाको रम्भा गाउँपालिकाकाले सामुदायिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालीम सञ्चालन गरेको छ । आइतबारदेखि शुरु भएको सो तालीममा कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरसम्बन्धी आधारभूत सीप सिकाइने छ । तालीममा हुँगी, फोक्सिङकोट तथा पिपलडाँडाका २६ शिक्षक तथा प्रधानाध्यापक सहभागी छन् । गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरज पाठक र स्रोतव्यक्ति विश्वराज ज्ञवालीले सहजीकरण […]
शैक्षिक पर्यटन प्रवद्र्धन गर्न ‘सीताराम मिनी सङ्ग्रहालय’ सुरु
बझाड, २१ माघ । शैक्षिक पर्यटनको विकास गर्न सीताराम माध्यमिक विद्यालय रामपुर नगरपालिका–४ मा ‘सीताराम मिनी सङ्ग्रहालय’ सञ्चालनमा आएको छ । गाउँघरमा चलनचल्तीमा आएका पुराना सामानलाई सदुपयोग गर्दै मिनी सङ्ग्रहालय सञ्चालन गरिएको हो । सो सङ्ग्रहालयले अहिले विद्यालयको शैक्षिक पर्यटन विकासमा ठूलो भूमिका खेलेको छ । पुराना सामान दैनिक चलनचल्तीमा आएका ठेकी, माना, पाथी, तरबार, […]
कर्णाली प्रदेश सरकारले सुरु गर्यो ‘छोरीबुहारी छात्रवृत्ति’
सुर्खेत, २१ माघ । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रमका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट खर्च गर्ने तयारी गरेको छ । मन्त्रालयका शिक्षा महाशाखा प्रमुख […]
रत्नराज्य माविले पायो नयाँ भवन
काठमाडौं । मध्यबानेश्वरस्थित रत्नराज्य माविले नयाँ भवन प्राप्त गरेको छ । भूकम्पले विद्यालयको भवनमा क्षती पुर्याइदिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विद्यालयलाई ४ तले सुविधासम्पन्न भवन पुनस् निर्माण गरिदिएको हो । शुक्रवार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक कार्यक्रमका बीच उक्त भवन विद्यालयलाई हस्तान्तरण गरे । ज्ञवालीलाई जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौका प्रमुख अर्जुनबहादुर रायमाझीले भवनको […]
रत्नराज्यले १५ महिनामा पायो पुनर्निर्माणको भवन
मध्यबानेश्वरस्थित रत्नराज्य माविले नयाँ भवन प्राप्त गरेको छ । भूकम्पले विद्यालयको भवनमा क्षती पुर्याइदिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विद्यालयलाई ४ तले सुविधासम्पन्न भवन पुन: निर्माण गरिदिएको हो । शुक्रवार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक कार्यक्रमका बीच उक्त भवन विद्यालयलाई हस्तान्तरण गरे । ज्ञवालीलाई जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौका प्रमुख अर्जुनबहादुर रायमाझीले भवनको अवलोकनगराएका […]










