दुबइमा एक भयानक सडक दुर्घटना परी ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको छ । एक यात्रुबाहक माइक्रोबस ठूलो लरीमा ठोक्किदा दुर्घटना भएको बताइएको छ । शारजाह पुग्नुअघि मिरदिफ सहरमा दुर्घटना भएको स्थानीय अनलाइन खालिज टाइम्सले जनाएको छ। शारजाहको दिशामा शेख मोहम्मद बिन जायद रोडमा स्थानीय समय अनुसार बिहान ४ .५४ बजे दुर्घटना भएको […]
विश्व
दुई हजार सुरक्षाकर्मी कैद गरेको हुथीको दाबी
साना, १३ असोज । इरान सरकारको समर्थन रहेका हुथी विद्रोहीहरुले करिब २०० सरकार समर्थक लडाकूलाई मारेको र अन्य २ हजार जनालाई कैदमा राखिएको आइतबार दाबी गरेका छन् । साउदी अरेबियाको दक्षिण भागमा पर्ने नाजरान नजिकै रहेको स्थानमा हुथी विद्राहीहरुले आक्रमण गरेका जनाइएको छ । साउदी अरेबियाका अधिकारीहरू हुथीको विरूद्ध सैन्य गठबन्धनको नेतृत्वमा कारबाही गर्ने र […]
कारखाना आगलागीमा परी १९ व्यक्ति मारिए
झेजिआङ्ग १३ असोज । चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् । दैनिक आवश्यताको सामाग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १ः२० मा आगलागी शुरु भएको बताइएको छ । स्थानीय समयानुसार सोमबार बिहान ६ बजे सो आगलागीमा परी मारिने […]
इन्डिगोको गोवा–दिल्ली उडानमा समस्या, हवाई दुर्घटना ट¥यो
पणजी, गोवा, १३ असोज । भारतको गोवाबाट नयाँदिल्लीतर्फ उडेको इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ । विमानमा करिब २०० जना यात्रु सवार थिए । इन्डिगोको ६ई–३३६ विमान गोवाबाट उड्नासाथ पाइलटले इन्जिनमा समस्या आएको पत्ता लगाएका थिए । पाइलटले तत्कालै उक्त जहाज गोवाकै डाबोलिम विमानस्थलमा फर्काएर आकस्मिक रुपमा सकुसल अवतरण गराएका […]
बिहारमा बाढीका कारण जताततै डुबान, २९ जनाको ज्यान गयो
पटना, १३ असोज । भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ । बिहार राज्य विपद व्यवस्थापन निकायका अनुसार सोमबारसम्म २९ जनाको मृत्यु भइसकेको छ । वर्षा अझै नरोकिएको र खोजी एवं उद्धारका कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । […]
म्यान्चेस्टर युनाइटेड अग्रपंक्तिका खेलाडी भित्र्याउने क्रममा छ – प्रशिक्षक
लिड्स, १३ असोज । इङ्लिस प्रिमियर लिगको प्रतिष्ठित फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुन्नार सोल्सजारले चालू सत्रमै अग्रपंक्तिका खेलाडी भित्र्याउन लागिपरेको बताए । टिमका अनुभवी खेलाडी रोमेलु लुकाकु र अलेक्सिस सान्चेज टिमबाट बाहिरिएसँगै म्यान्चेस्टरको अग्रपंक्ति कमजोर बनेको छ । प्रशिक्षक सोल्सजारले क्लबमा प्रतिभाशाली खेलाडी भएपनि पछिल्ला केही खेलमा गोल गर्न नसकिएको भन्दै अग्रपंक्तिका […]
दैनिक दुई हजार नेपाली घर फर्किंदै
भीमदत्तनगर, १३ असोज । दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन् । विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली गड्डाचौकीनाका भएर घर फर्किरहेका छन् । सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो […]
अमेरिकामा पाँच जनालाई छुरा हान्ने व्यक्ति प्रहरीद्वारा मारिए
वासिङ्टन, १२ असोज । अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् । जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको प्रहरीले जनाएको छ । ककिसभिलस्थित हन्ट भ्याली टाउन सेन्टरमा सो घटना भएको अधिकारीहरुले जनाएका छन् । बाल्टीमोर प्रहरीले जारी गरेको वक्तव्यमा छुरा […]
चीनमा ३६ जनाको मृत्यु, ३६ घाइते
नान्जिङ, चीन, १२ असोज । चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ । देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे बस दुर्घटना भएको हो । दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए […]
टायर पञ्चर भएको बस ट्रकमा ठोक्किँदा ३६ को मृत्यु, ३६ जना घाइते
एजेन्सी, १२ असोज । चीनमा आइतवार बस र ट्रक एकापसमा जुध्दा कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ। अन्य ३६ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा ६९ जना यात्रु सवार थिए । प्राम्भिक जानकारी अनुसार बस पूर्वी जियाङ्ग्सु प्रान्तको एक्सप्रेस(वेमा तीव्र गतिमा गुडिरहेको थियो। यस क्रममा टायर पञ्चर हुँदा अनियन्त्रित भएर बस सामुन्ने […]










