६.४ म्याग्नीच्यूड को शक्तिशाली भूकम्प

मनिला, १२ असोज । दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो । इन्डोनेसियाको भूगर्भ केन्द्रले समुद्रमा सुनामीको खतरा नरहेको जनाएको छ । फिलिपिन्स र इन्डोनेसियाको सीमावर्ती क्षेत्रमा गएको उक्त भूकम्प शुरुमा ६.७ म्याग्नीच्यूडको मापन गरिएको थियो । […]

राष्ट्रपतिका लागि रोमानीयामा १४ जना उम्मेदवार

बुचरेस्ट, ११ असोज । रोमानीयाको राष्ट्रपति पदका लागि शुक्रबारसम्ममा १४ जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय निर्वाचन विभागले शुक्रबार दिएको जानकारी अनुसार १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता गराउनेमा वर्तमान राष्ट्रपति क्युस इओहान्नीस र प्रधानमन्त्री मिनिस्टर भिओरिका डान्सीला पनि छन् । रोमानीयामा यही आउदो १० नोभेम्बर २०१९ मा राष्ट्रपति चयनका लागि मतदान […]

अफगानिस्तानमा राष्ट्रपति चयनका लागि मतदान जारी, कडा सुरक्षा व्यवस्था

काबुल, ११ असोज । अफगानिस्तानमा शनिबार नयाँ राष्ट्रपतिचयनका लागि मतदान भइरहेको छ । तर यस मतदानलाई प्रभाावित पार्नेगरी तालिबानहले विस्फोट गर्ने क्रम पनि जारी रहेको बताइएको छ । यहाँका तालिबानहरुले मतदान केन्द्रलाई लक्षित गरेर आक्रमण गर्ने धम्की दिएका थिए । यसका कारण हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको अफगानिस्तानका सुरक्षा अधिकारीहरुले जनाएका छन् । अफगान […]

इन्डोनेसियामा भीषण भूकम्पको एक वर्ष

पालु, इन्डोनेसिया, ११ असोज । इन्डोनेसियाको पालु शहरलाई केन्द्रबिन्दु बनाएर गएको भीषण भूकम्पको शनिबार एक वर्ष पूरा भएको छ । यस भूकम्पमा परी करिब ४ हजार व्यक्तिको मृत्यु भएको थियो । गत वर्षको सेप्टेम्बर महिनामा तटीय शहर सुलावेसीमा आएको ७।५ रेक्टर स्केलको भूकम्पको मारिएका व्यक्तिहरुको सम्झनामा सामूहिक प्रार्थना गर्ने कार्यक्रम सम्पन्न भएको सम्बन्धित अधिकारीहरुले जनाएका […]

लिबियामा हवाई सत्र आइएस लडाकू मारिए

त्रिपोली, ११ असोज । अमेरिकी अफ्रिकी कमाण्ड (अफ्रिकम) ले लिबियामा इस्लामिक स्टेट्स (आइएस) लडाकूबिरुद्ध गरेको हवाई कारबाहीमा परी लिबियामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । अफ्रिकमले शुक्रबार दिएको जानकारी अनुसार देशको उत्तरपश्चिमी क्षेत्रमा आक्रमण भएको र मारिएका सवै इस्लामिक स्टेट्स (आइएस) लडाकूहरु रहेका छन् । अमेरिकी सहयोग रहेको लिबियाली सरकारको समर्थकमा सो कारबाही भएको […]

चिनियाँ विदेशमन्त्रीद्वारा आधारहीन आलोचना अस्वीकार

संयुक्त राष्ट्रसंघ, १० असोज । चिनियाँ विदेशमन्त्री वाङ यीले सिनजियाङ र हाल हङकङका विषयलाई लिएर गरिएको आलोचना चीनमाथिका आधारहीन आलोचना भन्दै त्यसलाई अस्वीकार गरे । उनले स्वशासित क्षेत्र हङकङ र चीनकै सिनजियाङ प्रान्तका विषयलाई लिएर विना आधार चीनको आलोचना गर्ने गरिएको पनि बताए । संयुक्त राष्ट्रसंघको ७४ औँ महासभामा सहभागी हुने क्रममा हाल अमेरिकामा रहेका […]

अमेरिकामा शरण दिइने सङ्ख्यामा थप कटौती

वासिङ्टन, १० असोज । संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ । आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुनस्र्थापित गरिने अमेरिकी विदेश मन्त्रालयले जनाइएको छ । हालको तुलनामा उक्त सङ्ख्या ४० प्रतिशतले घटेको जनाइएको छ । यस वर्ष अमेरिकामा ३० हजार शरणार्थी रहन सक्ने गरी संख्या तोकिएको थियो […]

रुसद्वारा उत्तर कोरियाली माझीहरु पक्राउ

मस्को, १० असोज । रुसले सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा २६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ । गत साता पनि जापानी सामुद्रिक जलक्षेत्रबाट १६० जनाभन्दा बढी उत्तर कोरियाली माझीलाई पक्राउ गरेको खबर सार्वजनिक भएको थियो । एफएसबी सुरक्षा सेवाका अनुसार उत्तर कोरियाका २६२ जना माझीलाई पाँचवटा मोटरबोट सहित पक्राउ […]

फ्रान्सेली रसायन कारखानामा बिस्फोट

फ्रान्स, १० असोज । फ्रान्सको उत्तरी क्षेत्र केएन नगरको एउटा रसायनिक कारखानामा भएको भिषण आगलागी शुक्रबार नियन्त्रणमा आएको छ । आगलागीका कारण निस्केको प्रदूषित मुस्लो धुँवाका कारण नगर क्षेत्रका विद्यालयहरु पनि बन्द गरिएको थियो । लुब्रिजोल कम्पनीको स्वामित्वमा रहेको रसायन कारखानाको गोदाममा बिहीबार बिहान २।३० बजे ठूलो आवाज सहितको विस्फोटन पश्चात आगलागी भएको थियो । […]

टोङ्गामा नयाँ प्रधानमन्त्री नियुक्त

सुभा , १० असोज । टोङ्गाका अर्थमन्त्री पोहिभा टु आई वान्टोआ नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन । पूर्व प्रधानमन्त्री आकिलीसी पोहिभाको ठाउँलाई बान्टोआले प्रतिस्थापन गरेको हो । आकिलिसीको गत सेप्टेबर १२ मा निधन भएको थियो । टापुले भरिएको यस देशको मताङ्गी टोङ्गी अनलाइनका अनुसार टोङ्गा संसदमा भएको निर्वाचनमा वान्टेआ नियुक्ति भएका हुन । टोङ्गाका २३ […]