त्रिपोली, ८ कात्तिक । संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन् । हफ्तार समूहमा आबद्ध ती लडाकूहरुले आफूलाई मुलुकको वैधानिक सेना मान्ने गरेका छन् । सरकारी सेनाले एक विज्ञप्ति प्रकाशन गरी सरकारी सेनाले अल–यारमुक क्षेत्रलाई नियन्त्रणमा लिनुका साथै विद्रोहीका हातहतियार र सवारी साधन कब्जामा लिएको जनाइएको छ । […]
विश्व
नेपाल र चीनबीच अनुभव आदानप्रदान
काठमाडौँ, ७ कात्तिक । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको अधिकार सुनिश्चित गराउने सन्दर्भमा छिमेकी मुलुक चीनले गर्दै आएको अभ्यासका बारेमा जानकारी लिएको छ । समितिको आज बसेको बैठकमा चीनको राज्य प्रशासन तथा बजार अनुगमन निकायको प्रतिनिधिमण्डलसँग बजार अनुगमनका साथै उपभोक्ता अधिकार सुनिश्चित गराउने क्रममा नेपाल र चीनले गर्दै […]
विदेश जान छाडेर च्याउ खेतीमा
बनेपा, ७ कात्तिक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–६ का समशेर रानामगरले विदेश जाने तयारी छोडेर साझेदारीमा च्याउ उत्पादनतर्फ लागेपछि अहिले मनग्य आम्दानी गरिरहेका छन । यसअघि म्यानपावर धाउँदै कुन देशको प्रवेशाज्ञा लाग्छ र त्यहाँ पाइने काम तथा सेवा सुविधा कस्तो छ भन्दै बुझेर हिँडिरहेका उनि त्यसलाई छोडेर अहिले च्याउ खेतीर्फत उन्मुख भएका हुन । “म विद्यार्थी […]
बाघलान प्रान्तको एक जिल्ला पुनः सरकारको नियन्त्रणमा
काबुल, ७ कात्तिक । अफगानिस्तानमा अफगान सुरक्षाबल एएनडीएसएफ ले उत्तरी प्रान्त बाघलानको घोरी जिल्ला पुनः नियन्त्रण्मा लिएको अफगान रक्षा मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।बाघलान प्रान्तको घोरी जिल्लामा जारी राखेको सैन्य कारबाहीको क्रममा सो जिल्ला मुक्त भएको बताइएको छ । तीन वर्ष अगाडि उक्त जिल्ला तालिबान लडाकू समूहले कब्जामा लिएको जारी विज्ञप्तिमा जनाइएको छ । […]
अफगान तालिवानलाई चीनको निम्ता
दोहा, कतार, ६ कात्तिक । अफगानिस्तानको घरेलु बिषयको छलफलका लागि तय गरिएको बेइजिङ सम्मेलनमा सहभागी बन्न चीनले तालिवान प्रतिनिधिलाई आग्रह गरेको छ । चीनले मङ्गलबार ‘इन्टरनेशनल इनर्जी एजेन्सी’ आईईए को प्रतिनिधिमण्डललाई अफगानिस्तानका राजनीतिक तथा आर्थिक बिषयमा छलफल गर्न निमन्त्रणा गरेको हो । आईईएको नेतृत्व तालिवान नेता मुल्ला बरादार अखुन्दले गर्दे आएका छन । तालिवान समूहका […]
ब्राजिलियाली राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चीन आउने
बेइजिङ, ६ कात्तिक । ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउनेभएका छन । ब्राजिलको राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि उनको यो पहिलो भ्रमण हो । सन् १९५५ मा ब्राजिलको साओ पाओलोमा जन्मिएका बोल्सोनारो गत बर्ष ब्राजिलको राष्ट्रपति बनेका थिए भने राष्ट्रपतिको जिम्मेवारी यसै बर्षको जनवरी १ देखि सम्हालेका […]
कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र
खोटाङ, ५ कात्तिक । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् । छ महीनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पु¥याइएका आफूहरुलाई सो कम्पनीले तोकिएको काम र तलब […]
क्यानडामा प्रधानमन्त्री ट्रुडो विजयी, तर बहुमत गुमाए
ओट्टावा, ५ कात्तिक । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ । संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारेमा साना दलहरुसँग छलफल थालेका छन । मतगणना अन्तिम अवस्थामा रहँदा संसदको कूल ३३८ स्थानमध्ये […]
हवाई कारबाहीमा चौध लडाकू मारिए
तालुकान, ५ कात्तिक । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ । सोमबार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा अन्य तीन तालिबान लडाकू घाइते भएका पनि सो विज्ञप्तिमा उल्लेख छ । प्रायः अशान्त भइरहने दर्काद […]
इस्लामावादमा त्रिदेशीय कूटनीतिज्ञ कार्यशाला
इस्लामावाद, ५ कात्तिक । पाकिस्तानको राजधानी इस्लामावादमा पाकिस्तान, चीन र अफगानिस्तानका युवा कूटनीतिज्ञहरुको दश दिने कार्यशाला शुरु भएको छ । त्यस कार्यशालामा यी तीन देशका युवा कूटनीतिज्ञहरुको सहभागिता रहेको बताइएको छ । प्राप्त समाचारमा पाकिस्तानका २३, चीनका आठ र अफगानिस्तानका छ जना युवा कूटनीतिज्ञ सो कार्यशालामा सहभागी छन् । कैयौँ वर्षदेखि युद्ध जारी रहेको अफगानिस्तानमा […]








