टोकियो, जापान, १४ कात्तिक । जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका छन । एक हप्तामा दुई जना मन्त्रीको राजीनामापछि प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ । कावाईकी पत्नीले निर्वाचन कानूनको उल्लङ्घन गरेको आरोपपछि न्यायमन्त्री कावाईले नैतिकताका आधारमा राजीनामा दिएका हुन । जापानी साप्ताहिक पत्रिका शुकान भुनशुनले जुलाईमा जापानी संसदको माथिल्लो सदनमा ४६ वर्षीया […]
विश्व
नेपाललाई लक्ष्य भेटाउनका लागि विश्व बैंक सहयोग गर्न प्रतिबद्ध
काठमाडौँ, १४ कात्तिक । आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने नेपाल सरकारको लक्ष्य प्राप्तिमा हरसम्भव सहायता उपलब्ध गराउने प्रतिबद्धता विश्व बैंकले व्यक्त गरेको छ । विश्वका आधाभन्दा बढी राष्ट्रको प्रतिनिधित्व गर्ने उक्त बैंकका १२ जना कार्यकारी निर्देशकहरूको समूहले आज अर्थमन्त्री डा युवराज खतिवडालाई भेटेर नेपालको सामाजिक–आर्थिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त […]
हवाई कारबाहीमा छ तालिबान लडाकू मारिए
तालुकान, १४ कात्तिक । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा छ तालिबान लडाकू मारिएका छन् । लडाकू विमानले तालिबानीलाई लक्ष्य गरी यो कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले बिहीबार बताए । हवाई कारबाहीमा परी अन्य पाँच लडाकू घाइते भएका छन् । यस […]
‘आत्मनिर्णयको अधिकार कार्यान्वयन होस्’
काठमाडौँ, १४ कात्तिक । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन । यहाँस्थित पाकिस्तानी राजदूतावासले आज दूतावासमा आयोजना गरेको ‘जम्मुकाश्मिर विवाद र पछिल्ला घटनाक्रम’ विषयको छलफलमा उनले दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि जम्मुकाश्मिर विवादको अन्त्य अपरिहार्य भएको बताए । उनले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावानुसार […]
गुडिरहेको रेलमा अचानक आगलागी हुँदा ६० को मृत्यु, ठूलो संख्यामा घाइते
एजेन्सी । कराँचीबाट लाहोर गइरहेको रेलमा आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । बिहीबार भएको आगलागीमा अन्य ३० यात्रु घाइते भएका छन् । स्थानीय समाचार माध्यमले जनाएअनुसार तेजगाम एक्स्प्रेसको रेलमा आगलागी भएको हो। केही यात्रुले खाजा बनाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको रेल्वे अफिसले जनाएको छ। रेलका ३ डब्बा जलेका छन्। […]
विद्रोही समूहद्वारा ४० सरकारी सैनिक अपहरण
एजेन्सी । म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीलाई अपहरण गरी लगेका यहाँको सेनाले जनाएको छ । सरकारी सेनाले स्थानीय आराकन सैनिक विद्रोहीका गतिविधि नियन्त्रणका लागि हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी खटाएको छ । उक्त समूहले रखाइन बुद्धमार्गीहरूको थप स्वतन्त्रताका लागि सङ्घर्ष गरिरहेको छ । शनिबार बिहान जातीय युद्ध लड्दै आएका विद्रोहीको एक […]
अवैध भारतीय गाडी सञ्चालनमा
लुम्बिनी, ८ कात्तिक । वर्षभरिमा जम्मा २९ दिन नेपाल बस्न पाउने कानूनविपरीत भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे साना सवारी वर्षभरि नेपालमा राखेर यात्रु ओसारपसार कार्य गर्दा नेपाली गाडी सञ्चालक मारमा परेका छन् । भारतीय नम्बर प्लेटका गाडीले गैरकानूनीरुपमा नेपालमा यात्रु बोक्ने र रिजर्भमा हिँड्ने गरेको पाइएको छ । नेपाली रातो नम्बर प्लेटका गाडीलेसमेत निजी यात्रु ओसारपसार […]
तलुकान प्रान्तको जिल्ला पुनःसरकारको नियन्त्रणमा
८ कात्तिक । अफगानिस्तानमा अफगान सेनाले उत्तरी प्रान्त तलुकानको दर्काद जिल्ला पुनःनियन्त्रण्मा लिएको अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । विशेष सुरक्षाबलको एक समूहले दर्काद जिल्लालाई पुनः नियन्त्रणमा लिन सशस्त्र विद्रोही र तालिबान लडाकूहरु लक्षित हवाई कारबाही गरेको थियो ।सो कारबाहीमा करिब ६० जना लडाकू मारिएका थिए । ती शव छोडेर शुक्रबार बिहान […]
जापानमा १८ लाख डलरको हीरा चोरी
टोकियो, ८ कात्तिक । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए। योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा […]
मोरालेसद्वारा राष्ट्रपतिमा विजयी भएको दाबी
ला पाज, ८ कात्तिक । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेका छन । राष्ट्रपतिको दाबीपछि बोलिभियाका विपक्षी दलहरुले आमहडताल आह्वान गर्नुका साथै देशव्यापी विरोध प्रदर्शन भइरहेका छन् । बोलिभियाको निर्वाचन आयोगले करिब ९९ प्रतिशत मतगणना हुँदा राष्ट्रपति मोरालेस विजयी भएको घोषणा गरेको छ । मोरालेसले कूल खसेको […]










