अष्ट्रेलियामा अधिकांश मानिसको मृत्यु मुटु रोगका कारण

एजेन्सी । अष्ट्रेलियामा मृत्यु भएका मध्ये सबैभन्दा धेरै मुटु रोगका कारण मृत्यु भएको पाइएको छ । सन् २०१६ मा मृत्यु भएकाको तथ्यांकलाई हेर्दा मुटु रोग नै मृत्युको मुख्य कारण देखिएको बुधबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा उल्लेख छ । वर्षभरीमा मृत्यु भएका कुल एक लाख ५८ हजार ५०४ जनामध्ये १९ हजार ९९ जनाको मुटुसम्बन्धी रोगका कारण […]

सी जीनपीङले आफ्ना निकटका व्यक्ति छाने सात सारथीमा

काठमाडाै‌, ८ कार्तिक । माअाेत्सेतुङ पछिका सबैभन्दा शक्तिशाली नेताका रुपमा उभ्याइएका सी जीनपीङलार्इ दाेस्राे कार्यकालका लागि पार्टी महासचिवमा चयन गरेसँगै चिनियाँ कम्युनिस्ट पार्टीकाे १९ अाै महाधिवेशनले सात सदस्यीय स्थायी समिति पनि चयन गरेकाे छ । पाँच वर्षका लागि चयन भएकाे स्थायी समितिमा पाँच नयाँ अनुहार रहेका छन् । चिकपाकाे १९ अाैं महाधिवेशनले सात सदस्यीय स्थायी […]

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सी जिनपिङ विचारधारा पारित

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ इतिहासकै शक्तिशाली नेता बनेका छन् । राष्ट्रपति सी माअाेत्सेतुङपछिका शक्तिशाली नेताका रुपमा मानिएकाे छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेसनले पार्टीको घोषणापत्रमै ‘सी जिनपिङ विचारधारा’ राख्ने निर्णय गरेसँगै यस्ताे विश्लेषण गरिएकाे हाे । यसअघि माअाेका पालामा चिनमा माअाे विचारधारा अाैपचारिक रुपमा सरकारले घाेषणा गरेकाे थियाे । यससँगै चिन […]

साइबर अपराध ह्वात्तै बढेपछि चीन चिन्तित

चीनमा सन् २०१७ को पहिलो नौ महिनामा ७१० जनालाई साइबर अपराध गरेको दोषी ठहर गरी कारबाही गरिएको छ । अघिल्लो वर्षको तुलनामा यो तथ्यांक ८०.७ प्रतिशत बढी भएको चीनको सर्वोच्च न्यायाधिवक्ताको कार्यालयले सोमबार जनाएको छ । यो अवधिमा ३३४ ओटा यस्ता मुद्दा परेको पनि जनाइएको छ । यसमा ८२.५ प्रतिशत वृद्धि भएको कार्यालयका प्रवक्ता वाङ […]

वस्तीमा पसेर मान्छे खान थालेपछि ८३ भालु मारियो

एजेन्सी । जङ्गलमा खानाको अभावमा रसियाको सुदुरपूर्वमा रहेका मानव बस्तीमा आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि ८३ वटा भालु मारिएको रसियाली अधिकारीले सोमबार जनाएका छन् । साखलिन टापुमा तैनाद वन अधिकृतले भने, “भालुको सन्त्रास मानव बस्तीमा फैलाएका कारण गाउँलेले प्रशासनमा भालु नियन्त्रण गर्न गरेको अपिलपछि भालुलाई जङ्गलतिर धपाइने गरेपनि जङ्गलमा आहाराको कमी हुँदा निरन्तर मानव बस्तीमा […]

सत्ताधारी दल दुई तिहाइ बढी मतले विजयी

एजेन्सी । भेनेजुयलाको सत्ताधारी युनाइटेड समाजवादी पार्टी (पीएसयूभी) ले २३ वटा क्षेत्रीय गभर्नरका लागि भएको निर्वाचनमा दुईतिहाईभन्दा बढी सदस्य जिताउन सफल देखिएको सोमबार जनाइएको छ । राष्ट्रिय निर्वाचन आयोगले दिएको जानकारी अनुसार क्षेत्रीय गभर्नरका लागि जम्मा २३ स्थानका लागि भएको निर्वाचनमा १७ स्थानमा सत्ताधारी समाजवादी पार्टीले विजय हासिल गरेको छ भने बाँकी पाँच स्थान प्रतिपक्षी […]

सफारी होटलमा खतरानाक विष्फोट, ८५ जनाको मृत्यु

एजेन्सी । सोमालियाको राजधानीमा रहेको मोगादिसु सफारी होटेलमा शनिबार भएको विस्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ८५ पुगेको यहाँका स्वास्थ्य अधिकारीले आइतबार जानकारी गराएका छन् । अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विस्पोटका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ८५ पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराए । घटनामा गम्भीर […]

अपाङ्ग बालबालिकाको शिक्षालयलाई सम्मान

काठमाडौँ, २७ असोज । बहिरा तथा सुस्त श्रवण भएका बालबालिकालाई विद्यालय शिक्षा र व्यावसायिक शिक्षा प्रदान गर्ने विद्यालयलाई सम्मान गरिएको छ । त्रिवि शिक्षण अस्पताल, नाक, कान घाँटी (इएनटी) विभागअन्तर्गत स्थापित कल्याणमणि आचार्य दीक्षित स्मारक कोषको २८औँ वार्षिकोत्सव समारोहमा बाग्लुङ नगरपालिका– १ बाङ्गेचौरस्थित धौलागिरि बहिरा (आ) माविका संस्थापक केबी राना मगर र कोषले बहिरा भैरहवाकी […]

एक दशकदेखि बिग्रिएको फताह र हमासको सम्बन्ध सुधार

एजेन्सी । प्यालेष्टिनी दुई प्रतिस्पिर्धी हमास इश्लामिक समूह र फताह समूहबीच बिहीबार करिब एक दशकपछि पुनःमिलन गर्ने सहमति भएको प्यालेष्टिनी राष्ट्रपति महमद अब्बासले बताएका छन् । अब्बासले बिहीबारको छलफलपछिको सहमति नै सन् २००६ पछि छुट्टिएका प्रतिस्पर्धी प्यालेष्टिनी समूहको पुनःमिलनका लागि ‘अन्तिम सहमति’ भएको बताएका छन् । सन् २००६ मा भएको विभाजनपछि हमासले गाजा क्षेत्र र […]

युद्धपाेत पठाउन नराेकेपछि चिनले अमेरिकालार्इ दियाे यस्ताे कडा चेतावनी

काठमाडाैं । अमेरिकाले दक्षिण चीन सागरमा अाफ्ना गतिविधि नराेकेपछि चीनले कडा चेतावनी दिएकाे छ । पछिल्लाे समय दक्षिणी चीन सागरमा अमेरिकी क्षेप्यास्त्र बाेकेकाे एक विध्वंसक युद्धपोत प्रवेश गरेकाे चीनले जनाएकाे छ । अमेरिकाकाे उक्त कार्यकाे चीनले कडा शब्दमा विरोध गरेको छ । अमेरिकाले यस्ता उत्तेजनात्मक गतिविधि जारी राखे अब चीनले अाफ्नाे तयारी पनि बढाउने चेतावनी दिएकाे […]