ठेकेदार बेपत्ता, सडक अलपत्र

भारत सरकारको सहयोगमा अत्याधुनिक ग्राभेल सडक बनाउने ठेक्काको सम्झौता भएपनि कामै नगरी ठेकेदार बेपत्ता हँुदा महोत्तरीका तीन वटा प्रमुख सडक निर्माण हुन सकेन् ।  सन् २०११ मा ३० महिनाभित्र बनाइसक्ने भनि ठेक्का लगाइएका भारतको हैदराबादस्थित भिस्वा विभिएसआर जेभि कम्पनीले सडक नबनाइकनै भागेपछि महोत्तरीको भिट्ठामोड–जनकपुर, जलेश्वरदेखि हर्दि, र सम्सीदेखि माईस्थानसम्मको सडकखण्ड बन्न नसकेको हो ।  ठेकेदार […]

भारतमाथि चीनकाे गम्भीर अाराेप: ट्रम्पले माेदीलार्इ खेलाैना बनाइ चीनविरुद्ध प्रयाेग गर्न थाले

काठमाडाैं,१३ असार । भारतमा राष्ट्रपतिकाे निर्वाचनकाे तयारी भइरहँदा अमेरिका पुगेका नरेन्द्र माेदीकाे भ्रमणलार्इ चीनले कडा प्रतिक्रिया जनाएकाे छ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग कुराकानी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ अमेरिकाले केबल खेलाैनाका रुपमा मात्र प्रयाेग गर्न खाेजेकाे चीनकाे प्रतिक्रिया अाएकाे छ । चीन सरकारले प्रकाशन गरिरहेकाे अखबार ग्लाेबल टाइम्सले अमेरिकाले भारतलार्इ चीनका विरुद्ध एक टूलका […]

सिक्किममा भारत र चिनियाँ सेनाबीच झडप । मानसराेवर जाने नाका राेक्याे चिनले

China-India Border

काठमाडाैं । भारत सिक्किमकाे सीमा क्षेत्रमा चीन र भारतका सैनिकबीच झडप भएकाे खबर अाएकाे छ । सिक्किमकाे नाथुला क्षेत्रमा दुर्इ देशका सैनिक बीच भएकाे झडपका बारेमा भारतीय सञ्चारमाध्यामले निकै प्राथमिकता दिएका छन् । त्यस क्षेत्रमा पछिल्ला १० दिनमा यस्ता झडप सामान्यत: दैनिक भइरहेकाे बताइन्छ । भारतीय टेलिभिजन च्यानलहरुमा दुर्इ देशका सैनिकबीच भएकाे झडपकाे भिडियाे पनि […]

गुम्बा गाउँ : नेपालभित्रकै एउटा अर्को नेपाल

Gumba-villege

बाजुरा सदरमुकाम मार्तडीबाट चार दिनको पैदल यात्रामा पुगिन्छ, गुम्बा गाउँ । पुरानो बिच्छ्याँ गाउँ विकास समितिको सिङ्गो वडा नम्बर १ रहेको यो गाउँ अहिले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ मा पर्छ । वरिपरिका बौरी र युना गाउँ मिसाएर नयाँ वडा कायम गर्दा गाउँपालिकाको यो ३ नम्बर वडामा वरिपरिका अरू केही गाउँ पनि थपिएका छन् […]

फेेरि थपियाे भारतीय सन्जाल

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफ्नो सन्जाल बिस्तार गर्ने भारतीय चाहनालाई फेरि एकपटक सदर गरेका छ । बुटवलमा पेन्सन वितरण क्याम्प स्थापनाका लागि भारतीय पक्षबाट भएको १३ वर्षअघिदेखिको प्रयासलाई दाहाल नेतृत्वको मन्त्रिपरिषदले अनुमति दिएको हो । १७ फागुन २०७३ को मन्त्रिपरिषदको २४ औं नम्बरको निर्णयमा लेखिएको छ, ‘भारतीय पेन्सन पेइङ अफिस (पीपीओ) लाई वन क्षेत्रको […]

विभिन्न आवरणमा नेपालमा फैलँदो भारतीय रक्षा सञ्जाल

नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष दलवीरसिंह सुहागले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने, “बुटवलमा पेन्सन पेइङ अफिस (पेन्सन वितरण कार्यालय-पीपीओ) स्थापना सम्बन्धमा हामीले धेरै अघि राखेको प्रस्ताव स्वीकृत गरिदिनुप¥यो ।” सुहागभन्दा १० दिनअघि नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि दाहालसँगको २ नोभेम्बर २०१६ को भेटमा यो विषयमा चर्चा गरेका थिए । झट्ट सुन्दा […]

घट्दैछ सीमा वारपार विवाह

Madhesh Marriage

कृष्ण अधिकारी, नेपालगन्ज र सुरेन्द्रकुमार कामती, सिराहाकृष्ण अधिकारी, नेपालगन्ज र सुरेन्द्रकुमार कामती, सिराहाभारत कानपुर ससुराली भएका नेपालगन्ज त्रिभुवन चोकका श्याम बिहारी लखेरका दुई छोराको विवाह पनि सीमावर्ती भारतीय क्षेत्रकै बासिन्दासँग भयो । लखेरले छोरीको बिहे पनि सीमावर्ती भारतीय गाउँका बासिन्दासँग गरिदिए । यस हिसाबले लखेरको परिवारका सासूबुहारी तीन जनाको माइती र छोरीको घर भारतमा छ […]

चर्चित पत्रिकामा अाकर्षक जागिरकाे विज्ञापन छपाएर यसरी चल्छ ठगी धन्धा

‘नो इन्टरभ्यू । शतप्रतिशत जागीरको ग्यारेण्टी । तलब न्यूनतम १६ देखि अधिकतम् ३७ हजारसम्म ।’ १० माघ २०७२ का दिन एउटा राष्ट्रिय दैनिकमा छापिएको विज्ञापनले खड्कबहादुर तामाङको मन तान्यो । दुई वर्ष कतार बसेर आएका काभ्रे चापाखोरी गाविस कालधरका तामाङसानोतिनो जागीर मिले फेरि विदेश नजाने सोचमा थिए । पत्रिकामा दिएको सम्पर्क नम्बरमा फोन गरे । […]

दलित बस्तीका चुनावी नारा : मन्दिर छिर्ने, जन्मदर्ता गराउने

प्रत्येक वडामा एक दलित महिला अनिवार्य गर्ने निर्वाचन ऐनको प्रावधानले यो चुनावमा देशभरिबाट ६ हजार ६८० दलित महिला निर्वाचित हुनेछन् । राज्यले कानून नै बनाएर एक शताब्दीभन्दा धेरै जुन समुदायमाथि भेदभाव ग¥यो, उनीहरूलाई कानूनी व्यवस्था नै गरेर शासन प्रणालीभित्र हुल्नु सकारात्मक कुरा हो । त्यसमा पनि त्यो समुदायका महिलाका लागि त यो चानचुने उपलब्धि होइन […]

बाढीको डरले सुरक्षित घर बनाउँदै तिल्कीबासी

कञ्चनपुर । दोदा र बनारा नदीको बाढीका कारण हरेक बर्ष धनजनको क्षति बेहोर्दै आएका कञ्चनपुर जिल्लाका दक्षिणी भेग तिल्कीका स्थानिय बासिन्दा यसपटक बाढी नआउदै सुरक्षित घर निर्माणमा जुटेका छन् । सबैको पाइक पर्ने र सबैलाई सजिलो हुनेगरी गाउँको बीचमा सामुहिक सुरक्षित घर निर्माण गर्न थालेका हुन् । तिल्की क्षेत्र उसै पनि होचो रहेको र सो […]