चालीस र पचासबीचको दशक (सन् १९८० देखि १९९०) मा विश्वका ८१ देशमा वहुदलीय संसदीय व्यवस्था स्थापना भएको तथ्याङ्कले देखाउछ तर ४७ देशमा मात्रै यो व्यवस्थाले निरन्तरता पायो । बाँकी देशहरुमा समयक्रमसँगै संसदीय वहुदलीय व्यवस्था विस्थापित भयो । राजनीतिक दल र नेताहरु सफल भए कि असफल हुँदैछन् ? यो बहसको अर्को पेचिलो विषय हो । दलीय […]
दृष्टिकोण
विप्लवी ईगो र दुश्मनी बादल हुँदै ओली-प्रचण्डसम्म
जनयुद्धका सुरुवाती दिनहरुमा बादलको खुबै चर्चा हुन्थ्यो । सैन्य बिज्ञानमा पोख्त, ईन्जिनियर बादलले माओवादी सेनाको गठन, तालिममा उच्च योगदान भएको कुरा सुनिन्थ्यो । चाहे सेनाको निर्माण सम्बन्धमा होस वा यौन प्रकरणमा उनी सधै चर्चामै रहे । युद्धको विकास सँगसँगै माओवादीमा विप्लव, प्रभाकर, अनन्त आदिको पकड र नेतृत्व विकास हुँदै गएपछि चाहिँ बादल अलि छायामा पर्दै […]
के सिके राउतसँग प्रधानमन्त्री ओली झुकेकै हुन् ? आखिर गल्ती कसको ?
११ वुँदे सहमतिमा सरकार चुक्यो भन्दै एकाथरी वौद्दिकहरूले चन्द्रकान्तका लागि भाङको घट्टा घोल्दै छन् । चन्द्रकान्त उर्फ सिके राउत त्यसलाई तुनतुन तुन्क्याउँदै छन् । नशाकै शुरमा फ्री मधेशको व्यानर देखाउँदै दीपावली मनाईरहेका छन् । ११ वुँदेले उनको मागलाई वैधानिक हैसियत प्राप्त भएको दावी गरिरहेका छन् । उनले त आफ्नो पक्षमा अर्थ्याउने नैं भए । त्यो […]
विप्लवको सत्तोसराप र सिकेसँग प्रचण्डको तुलनाभित्र लुकेका यथार्थ
नेपालको तराईभूमीलाई टुक्र्याएर छुट्टै देश बनाउने अभियान थालेका चन्द्रकान्त राउतसँग सरकार र सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको सहमतिले राजनीतिक रंगमञ्चमा विविध बहस सिर्जना भएको छ । सो पार्टी र सरकारको नेतृत्व गरिरहेको नेताका निरन्तरका कटुवाणी र परस्पर अन्तरविरोधी व्यवहारले बहसको आगोमा अझ घिउ थपेको छ । सिके राउतसँगको सहमतिलाई प्रधानमन्त्री केपी […]
शनि, मनि र दुश्मनीको राप
एकदिन स्वर्गमा बस्दाबस्दै वाक्क दिक्क भएका देवराज इन्द्र माछाको रुप धारण गरी पोखरीमा रमाईलो गर्दै पौडी खेल्दै थिए । त्यतिकैमा माझीहरुले थापेको बल्छीमा इन्द्र परेछन् । बल्छीको तिखो धारले इन्द्रको मुखमा नराम्ररी घाउ बनाएछ । देवता भएका कारण रुप फेर्दै बल्छीबाट बचेर इन्द्र स्वर्गलोकतिर भाग्न सफल भए । माझीहरूले विना कसुर आफुलाई चोट लगाएकोमा क्रुद्ध […]
देशलाई रत्नपार्कजस्तो मनमौजी थलो बनाएर रत्यौली खेल्नेहरु
एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी र म पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फुलप्रसाद चढाएर ढोग्छन् । तर मभित्र के तेस्तो दोष छ र हरपल फोहोर खुट्टाको प्रहार खेप्नुपर्छ ।’ मन्दिर भित्रको ढुंगो मन्द मुस्काउँदै जवाफ दिन्छ– ‘हो साथी […]
भ्रष्टाचारबाट यस्तोसम्म हुन्छ कमाल
के भ्रष्टाचार राम्राे हाे ? कतिपय अर्थशास्त्रीले भ्रष्टाचार राम्रो हो भनेका छन्। यस विषयमा हामी पनि केही उदाहरण पेश गर्न सक्छौँ, जस्तैः काठमाडौ शहरको सडकलाई हेर्दा खाल्डाखुल्डी, धुलो र धुवाँबीच अनगिन्ती सवारीसाधन गुडेका देख्छौ, अनि सबैलाई आफ्नो गन्तव्यमा पुग्न हतारो छ । सबैजना आआफ्नो गन्तव्यमा पुगेकै छन र यो सम्भव भएकै छ । ट्राफिक प्रहरीको […]
धर्म दर्शनबारे एक दृष्टिकोण
पहिलो खण्ड संसारमा मानव इतिहासको करिब १० हजार वर्षदेखि ५ हजार वर्ष अघिसम्मको समयमा धर्म वा संस्कृतिको विकास शुरु भयो । मानव जातिको विकास र जीवनशैली परिवर्तनसँगै प्रकृतिसँगको सम्बन्ध र अन्तरविरोधहरु पनि परिवर्तन हुँदै गएको छ र सोही क्रममा मानिसको प्रकृतिसँग ठुलै अन्तरविरोध भयो । जस्तै: आगोबाट मानिसले न्यानो प्राप्त गर्यो, आफ्नो खाना पकाउन सामर्थ्यवान […]
लोकतन्त्रको पीँजडाभित्र बिरोध र विवेकमाथि बन्देज
तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले डेमोक्रेसीको सुन्दर, आकर्षक र मिठो परिभाषा अगाडि सारे – जनताद्वारा जनताका लागि गरिने जनताको शासन । उक्त परिभाषा निकै लोकप्रिय बन्यो र आज पनि संसारभर उद्धरण गरिन्छ । लिंकनका अनुसार आफ्नो राज्य, शासनपद्धति, शासनसत्ता लगायत जनतासँग सम्बन्धित बिषयमा जनताले स्वेच्छिक र स्वतन्त्र रुपमा निर्णय गर्न पाउनुपर्छ । उनको आशय स्पष्ट […]
अभिभावकलाई प्रश्न: कस्तो समाज बनाउँदैछौं हामी ?
परिदृश्य एक बानेश्वरस्थित एउटा बैङ्केटमा आयोजित विवाह भोजमा सहभागी हुन एक दम्पती आफ्नो कक्षा ४ मा अध्ययन गर्ने छोरासहित पुग्दछन् । पृष्ठभूमिमा बजिरहेको छ लैजाउ न मलाई घुमाउन ठमेल बजार बोलको कथित सुपरहिट गीत । पुग्नासाथ पार्टीको रामरमाइलोमा आफूलाई घुलमिल गराउँछन् । बालकको पिता आफ्ना पुरुष सहकर्मीहरु मदिरामस्तीमा डुब्छन । माता चाहिँ आफ्ना महिला संगीहरु […]











