पारसको कीर्तिमानी शतकसँगै नेपालको शानदार जित

काठमाडौं,११ असोज। पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ र त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने यस्तैमा गुमाएको थियो । इशान पाण्डे मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन […]

क्रसकन्ट्री दौडको उपाधि साह र यादवलाई

पर्सा, ११ असोज । जिल्ला एथलेटिक्स सङ्घले आज वीरगन्जमा आयोजना गरेको १० किलोमिटर दूरीको क्रसकन्ट्री दौड प्रतियोगिताको उपाधि अनिलकुमार साहले जितेका छन् । दशैंँ, तिहार र छठपर्वका अवसरमा सङ्घले आयोजना गरेको दौड प्रतियोगितालाई वीरगञ्ज महानगपालिका–१० घडिअर्वाका वर्ष १९ का साहले ३७.५६ मिनेटमा पूरा गरेका हुन् । दौड प्रतियोगितामा रौतहटको कटहरीया नगरपालिका– १ भसेडवाका १४ वर्षीय […]

क्यानको साधारणसभा आज , को होला अध्यक्ष ?

साढे ३ वर्ष अघि देखि आईसीसीको निलम्बन भोगीरहेको नेपाल क्रिकेट संघको चुनावी साधारणसभा शुक्रबार हुँदैछ। संघमा सरकारी हस्तक्षेप, आर्थिक अपारदर्शीता लगायत कारण देखाउदै आईसीसीले क्यान निलम्बन गरेको थियो। लामो अवधिको निलम्बन पछि संघले पुनः नयाँ नेतृत्व पाउने भएको हो। क्यान निलम्बन पछि आईसीसीले सल्लाहकार समिति बनाएको थियो जसले क्यानको विधान संशोधन गरेर निर्वाचनतर्फ अघि बढेको […]

साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेश

काठमाडौँ, १० असोज । नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद साफ यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा बङ्गलादेश पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल एपिएफ को मैदानमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भूटानलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । खेलको दोस्रो मिनेटमा नै बङ्गलादेशले अग्रता लियो । बङ्गलादेशका कप्तान यासिन अराफातले […]

आइसिसी वरियतामा पारस, सोमपाल र वसन्त

काठमाडौँ, ९ असोज । अन्तरराष्ट्रिय क्रिकेट परिषद् आइसिसीले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् ।आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७ औँ स्थानमा यथावत् रहेका हुन् । […]

टेनिसमा कमल थापालाई दोहोरो उपाधि

कास्की, ८ असोज । नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआइसी एशिया बैंक नेपाल आइटिएफ विश्व बरियता सिनियर्स ग्रेड ४’ टेनिस च्याम्पियनसीपमा दोहोरो उपाधि जित्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका थापाले पोखरा रङ्गशालाको टेनिस कोर्टमा आज भएको ५५ वर्ष माथिको उमेर समूहको प्रतिस्पर्धामा भारतका सञ्जय कुमारलाई ६–४ र […]

न्यून दृष्टियुक्त क्रिकेट खेलाडीको पीडा : दिनमा क्याम्पस, राति होटलमा मजदूरी

भीमदत्तनगर, ५ असोज । न्यून दृष्टियुक्त क्रिकेट खेलाडी नरेन्द्र विष्ट गरीबी र कष्टकर दैनिकीबीच अध्ययन र खेलकूदलाई निरन्तरता दिँदै आएका छन् । बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानीका १८ वर्षीय यतिबेला कञ्चनपुरको भीमदत्तनगरस्थित कभर्ड हलमा क्रिकेट सिकिरहेका छन् । विष्टसँगै सुदूरपश्चिम प्रदेशका ३१ महिला तथा पुरुष क्रिकेट खेलाडी अभ्यासमा जुटेका छन् । कैलालीको धनगढीस्थित ‘कैलाली बहुमुखी क्याम्पस’मा […]

नेपालले श्रीलङ्कासँग खेल्ने

काठमाडौँ, ५ असोज । जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको चौथो तथा अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाल श्रीलङ्कासँग भिड्ने छ । श्रीलङ्का विरुद्ध मैदानमा उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले यसअघि खेलेका तीन खेलमध्ये एउटामा बराबरी र दुई खेलमा पराजय भोगेको थियो । नेपाल जोर्डनसँग […]

प्रथम अन्तर्राष्ट्रिय भेट्रान कप शुरु

चितवन, ४ असोज । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । सो अवसरमा उनले खेल क्षेत्रको विकास गर्न महानगरपालिका लागि परेको बताईन् । उनले भनिन्, “महानगरका हरेक वडामा खेल मैदान निर्माण गर्ने प्रक्रियामा हामी रहेका छौँ । यसले खेल क्षेत्रको […]

फुटबलमा राष्ट्रसेवक टोली विजयी

सुर्खेत, २ असोज । चौथो संविधान दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा राष्ट्रसेवक टोली विजयी भएको छ ।आज दिउँसो ३ः०० बजे एसओएस सुर्खेतको मैदानमा सञ्चालन भएको जनप्रतिनिधि र राष्ट्रसेवकबीचको खेलमा राष्ट्रसेवक टोली विजयी भएको हो । जनप्रतिनिधिहरुको नेतृत्व गर्नुभएका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेतृत्वको टोलीलाई राष्ट्रसेवकहरुको नेतृत्व गरेका प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद […]