वरिष्ठ लोकगायक सापकोटा सम्मानित

Internet for study

काभ्रे, १८ असार । लामो समयदेखि लोकगायनका क्षेत्रमा योगदान दिँदै आभएका वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा सम्मानित भएका छन् । जुनकिरी साहित्य समाजको १५औँ वार्षिकोत्सवका अवसरमा सापकोटालाई काभ्रेपलाञ्चोकको बनेपामा साहित्यकार तथा पत्रकार डा नवराज लम्सालले शनिबार सम्मान गरे । सो अवसरमा लामो समयदेखि जुनकिरी साहित्यिक प्रतिष्ठानमा क्रियाशील यदुनाथ गौतमलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा सापकोटाले […]

रजत वर्षमा अष्ट्रेलियामा श्रृङ्खलाबद्ध प्रस्तुति दिँदै नेपथ्य

nepathya

काठमाडाैं । नेपालकाे चर्चित रक ब्याण्ड नेपथ्यकाे साङ्गितिक यात्रा अष्ट्रेलियामा पुगेकाे छ । अष्ट्रेलियामा बसोबास गर्दैआएका नेपालीहरुले धेरै राेजाइमा परेपछि नेपथ्य समूह यस वर्ष पनि श्रृङ्खलाबद्ध साङ्गीतीक यात्रामा अष्ट्रेलिया पुगेकाे हाे । १८अाैं शताब्दीमा मात्र पत्ता लागेको अष्ट्रेलिया प्रशान्त महासागरस्थित एउटा विशाल टापु हो । त्यही टापु नै आज समृद्ध अष्ट्रेलिया बनेको छ । अष्ट्रेलिया […]

सुपरस्टारबाट एकैचाेटी सडकमा झरेकी एक नायिकाकाे दर्दनाक कथा

Mitali

मुम्बइ, सपनाको शहर। यहाँ धेरैका सपनाले कोरेभन्दा बढी आकृति बनाएका छन्। तर, यहीँ नै कसैका सपनाहरू टुटेका छन् र साविकको जीवन बर्वाद पनि भएका छन्। यस्तै सपना टुटेर सडकमा आएकी एक पात्र हुन् मिताली शर्मा। कुनै समय मितालीको रूप र अभिनयले पाएको पाएको चर्चा अहिले आएर उनको दुःखले भरिएको निरश कथाले प्रतिस्थापन गरिदिएको छ। भोजपुरी […]

तेरियाले जितिन लिटिल मास्टर्सको उपाधी

Teriya Magar

काठमाडौं, ७ असार । भारतको टेलिभिजन च्यानल जीटीभीबाट प्रशारण भइरहेको रियालिटी शो डिआइडी लिटिल मास्टर्सको उपाधी नेपालकी तेरिया मगरले जितेकी छन् । लिटिल मास्टर्सको यो तेस्रो उपाधी हो । यसअघिका दुई वटा उपाधी प्रतिस्पर्धामा नेपालीहरुको सहभागिता रहेको थिएन । शनिवार राती भएको ग्रान्ड फिनालेमा अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै तेरियाले उपाधी हात पारेकी हुन् । […]

द फस्ट फाइभ एअर लास्ट फरेभर

सानो छँदा छिमेकीको घरमा भरखर जन्मिएको बाछो जिउ सुक्न नपाउँदै आमाको दुध चुस्न गएको देख्दा मलाई अचम्म लागेथ्यो । हैन यो बाछो त जन्मदै के सारो Talented ? – एक्लै बरबराएथेँ । यसलाई दुध खान कसले सिकायो ? मलाई त्यस बाछोको क्रियाकलापप्रति बडो उत्सुकता जागेर आएथ्यो । कस्तो अचम्म, आमाको पेटमा नि सबै कुरा सिकेर […]

कथा : नयाँ यात्रा

उसले हात हल्लायाे । मैले पनि हल्लाए हात ।  “बाइ ! नभुल्न नि । सम्झनु म पनि सँगै छु !” उसले बाेलेका यति शब्द मात्र सुन्न पाए मैले । गाडी अगाडि बढिहाल्याे । उसले मेराे यात्राको कामना गर्दै थानकोट नाकामा उदास मुहारका साथ त्यति मात्र भन्याे । बाँकी त उसको मुहारले नै बताइरहेकाे थियाे । उसकाे […]

‘एन इभिनिङ इन लखनउ’

२०७० सालको कुरा हो । ५२३९ औं श्रीकृष्ण जन्माष्टमीको दिन । लखनऊको एक साँझ । म धर्मशालाको एउटा कोठामा बसेर पत्रिका पढिरहेको थिएँ । पत्रिकामा एकाग्र भएको मेरो ध्यान तोड्दै बाहिरवाट कुनै नारीको आवाज आयो । मैले ढोका खोले । बाहिर एउटी श्यामवर्णा नवयौवना उभिएकी थिइन । ”अंकलजी मोबाईलका चार्जर होगा ?“ मैले आफ्नो चार्जर […]

कथा- प्वाँले गोरु

धनवीर मध्य पहाडी क्षेत्रको एउटा गाउँमा बस्दथ्यो । जेनतेन गरेर खान पुग्ने थोरै जमिन थियो । पहाडी भिरालोमा जोत्नको लागि औजारको रुपमा एक हल झुले–तारेको जोडी थियो । साथमा गर्भिणी गाई थिर्इ । माचमा १/२ वटा भैसी थिए भनें २/४ वटा बाख्राहरु पनि बाँधिएका थिए । पूर्वी क्षितिजमा छाएको लालिसँगै बिउँझिएर निशाको आगमन पूर्वसम्म ऊ […]

कथा : सीट नं १२

“नानी एक्लै जाँदैछेस्…! बाटोमा अलिख चनाखो हुनु…। आइमाई भएको सिट मिलाएर बस्नु है, लामो बाटो छ…।” म हिँड्ने बेलामा आमाले नारी हुनुको कमजोरी अथवा भनौ आमा हुनुको स्वाभाविक गुण देखाउदैँ मलाई ममत्व पस्कनु भयो । उहाँका आँखाबाट पुर्लुक्क आँशु झरे । मलाई यो नारीको कमजोरीपना त्यति उचित लागेन । त्यसैले मैले पनि नारी गुण देखाएर […]

कथा : फाँसी

कुरा बर्माको हो । बिहानको समय थियो, वर्षातको सिमसिमे पानीले हल्का भिजेको । कारागारका अग्ला पर्खालहरूमाथि खसेको घामको मधुरो प्रकाश जस्ताको पातलो, पहेँलो पत्रजस्तो देखिन्थ्यो । हामी त्यस श्रापित कालकोठरी बाहिर प्रतिक्षारत थियौँ । दुई लहर बार लगाएका कोठरी बाहिर लहरै खडा भएका थिए- केही झुपडीहरू, जनावर राख्ने साना पिँजडाजस्तै । प्रत्येक कोठरीको लम्बाइ दस […]