आश्विन २९, काठमाडौँ / नयाँ नेपालभाष गीति एल्बम ” येच्युगु सर्ग: ” राजधानीमा सार्बोजनिक भएको छ । रोजी डंगोल (श्रेष्ठ)को स्वरमा जुगल डंगोलको संगीत तथा एरेन्जमा सबै गीतको रचना नेपालभाषा गीतका चर्चित रचनाकार पुर्णकाजी ज्यापु को रहेको छ । एउटा गीतमा रोजी संगै लोकप्रिय हास्य कलाकार मदनकृष्ण समेतको स्वर रहेको छ ।
आइतबार बहुचर्चित लोकप्रिय गाएक प्रेम ध्वोज प्रधान तथा अग्रज गीतकार ,रचनाकार जगमोहन वामी कायेस्थ बाट बिमोचन गरिएको छ । कार्येक्रमका प्रमुख अतिथि रक्षा मन्त्रि भीमसेन दाश प्रधानले संँस्कृति बचाउन नेवार जातीको उल्लेखनीय भूमिका रहनुका साथै पहिचान ,संघियेता प्राप्ति नै लोकतन्त्रको उपलव्धि रहेको बताउदै , नेपालकै अग्रज कलाकार मध्य धेरै जसो नेपालभाषाका गित संगीत बात उत्थान भएको कारण नेपाल भाषा संगसंगै नेपाली भाषामा पनि आझै धेरै भन्दा धेरै उत्कृस्ट गीत संगीत श्रृजना गरि राष्ट्रिय रुपमा स्थापित गर्दै जानुपर्ने बिचार राख्दै उक्त एल्बमका गीतकार ,संगीतकार ,गाएक संगै सबै आबद्द कलाकारलाई प्रगतिको शुभकामना दिनुभएको छ ।
६ वटा गीति समावेस रहेको सो एल्बमका एक गीतमा म्युजिक भिडियो समेत रहेको छ । छिट्टै नै मदनकृष्ण श्रेष्ठको स्वोर रहेको गीतको छायांकन पुरा गर्ने लक्ष्य रहेको र छिट्टै नै दर्शकले youtube मा हेर्न सकिने गायिका श्रेष्ठले बताएको छ ।