नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै

सोलुखुम्बु, १५ असोज । यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने […]

पत्रकारलाई दशैँ पेश्की दिन माग

काठमाडौँ, १४ असोज । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐनबमोजिमको न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की उपलव्ध नगराएकामा आपत्ति जनाएको छ । ती सञ्चारगृहले सूचना तथा प्रसारण विभागको प्रेसपास प्रयोजनार्थ पत्रकारको तलबी विवरण अझैसम्म पनि नबुझाएको प्रति पनि शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सबैभन्दा […]

नेपालबाट जापानमा काम गर्न जान इच्छुक सबै आवेदक ‘परीक्षामा सहभागी हुन नपाउने’

पहिलो चरणमा नेपालबाट जापान लैजाने भनिएका नर्सिङ केअरगिभर अर्थात् स्वास्थ्य सहयोगी छनोट परीक्षामा एक हजार जनालाई मात्र सहभागी गराउन सकिने जानकारी जापानबाट पाएको अधिकारीहरूले बताएका छन्। बेवसाइटमार्फत् आवेदन भर्नेहरूको सङ्ख्या धेरै हुने भएकाले परीक्षामा सहभागी हुने आवेदकको सङ्ख्या पनि बढाउन आग्रह गरिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। तर त्यसको उत्तर प्राप्त भइनसकेको अधिकारीहरूको भनाइ […]

लगानी सम्भाव्यताको खोजीमा सिद्धार्थनगर

रुपन्देही १४ असोज । रुपन्देहीको सिद्धार्थ नगरपालिकाले लगानी सम्भाव्यता पहिचान गर्न विभिन्न क्षेत्रसंग छलफल थालेको छ । नगरपालिका र जर्मन सरकारको सहयोगमा सञ्चालित जिआइजेडले संयुक्तरुपमा लगानीका सम्भाव्यता खोजी गर्न सामूहिक छलफल थालेका हुन् । जिआइजेडले नगरभित्र सम्भाव्यता खोजी गर्न प्राविधिक सहयोग गर्ने छ । यसअघि नगरपालिकामा एडिबीको ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना सञ्चालित छ […]

संस्कृतिकै पाटो बन्दै दशैँको नयाँ नोट

पोखरा, १४ असोज । कास्कीको माछापुच्छै्र गाउँपालिका–३ घाचोकका दीनानाथ लम्साल प्रत्येक वर्ष दशैँका लागि नेपाल राष्ट्र बैंकको कार्यालय पुगी नयाँ नोट साट्छन । प्रत्येक वर्ष दशैँ लागेपछि नयाँ नोट साटेर लैजानु उनको वार्षिक कार्यक्रमजस्तै बनेको छ । यस वर्ष पनि दशैँका लागि नोट साट्न बिहानै पाँच बजे घाचोकबाट गाडी चढेर पोखराको राष्ट्र बैंक चोकस्थित बैंकको […]

ग्लोबल आइएमईले लाभांश दिने

काठमाडौँ, १४ असोज । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई २५।५ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७५÷०७६ को वितरणयोग्य मुनाफाबाट उक्त परिमाणमा लामांश दिने निर्णय गरेको हो । बैंकले १२.७५ प्रतिशत शेयर लाभांश र १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले आज उक्त जानकारी नेपाल स्टक […]

सुन तोलाको ८०० ले घट्यो

काठमाडौँ, १४ असोज । दशैँको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य रु ६९ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य रु ६८ हजार ९०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला […]

टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउन्टरबाटै टिकट बिक्री

काठमाडौं, १४ असोज । दसैँको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् । दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको पाइएको छ । बसको टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउन्टरबाटै टिकट बिक्री भइरहे पनि सरकार भने […]

नेपाल एसबिआई बैंकले १७ प्रतिशत लाभांश दिने

काठमाडौँ, १३ असोज । नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीलाई १६ दशमलव ८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले छ प्रतिशत शेयर लाभांश र १० दशमलव ८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको आर्थिक वर्ष २०७५/७६ को वार्षिक आर्थिक विवरण स्वीकृत गर्दै गत वर्षको मुनाफा तथा विगत […]

शेयर बजार: दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, १३ असोज । लगातार ओरालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ विन्दुले बढेर एक हजार १३५.५६ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत ०.६८ विन्दुले बढेर २४७.०२ विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोवार रकममा भने खासै […]