दमौली, २३ असोज । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका २४३ उद्योग खारेज गरेको छ । कार्यालयले आव २०७५÷७६ मा जिल्लामा दर्ता भएका कूल आठ हजार ११५ मध्ये २४३ उद्योग खारेज गरेको हो । उद्योग सञ्चालनका लागि दर्ता गराए पनि लामो समयसम्म निष्क्रिय रहेका उक्त उद्योग खारेज गरिएको कार्यालयका प्रमुख […]
अर्थ/वाणिज्य
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : भौतिक पूर्वाधार विशेष प्राथमिकतामा
काठमाडौँ, २३ असोज । दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउने तय भएपछि दुवै देशले भ्रमणको तयारीलाई तिव्रता दिएका छन् […]
शेयर बजार : झिनो अङ्कले घट्यो
काठमाडौँ, २३ असोज । दशैँको बिदा सकिएलगत्तै खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.३९ विन्दुले घटेर एक हजार १४९.०१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.०४ विन्दुले घटेर २५१.९३ विन्दुमा पुगेको छ । स्टकका अनुसार नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तोमा […]
दुईवटा सहकारीले मात्रै दुई करोड ५० लाखको खसीबोका बिक्री गरे
कावासोती, २२ असोज । नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् । गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका बिक्री भएको हो । हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबँेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैँमा मात्रै दुई करोड ३० लाखको मूल्य बराबरको […]
नेपाल भ्रमण वर्ष अघि नै कोरला नाका खुलाउन सरकारलाई निर्देशन
गलेश्वर २० असोज । ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले उक्त नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखण्डको स्थलगत निरीक्षणको क्रममा सो नाका छिटोभन्दा छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई […]
सफलताको कथा : ‘ट्राउट’ माछाबाट भण्डारी दाजुभाइ मालामाल
मेलम्ची, १८ असोज । हेलम्बु गाउँपालिकास्थित किउलका भण्डारी दाजुभाइलाई ‘ट्राउट’ माछापालनमा जुटेको हिजोजस्तै लाग्छ । विसं २०७० फागुनमा ‘ट्राउट रेन्बो’ प्रजातिको माछापालन थाल्दा उनीहरुले धेरै समस्या र असफलता भोग्नुप¥यो । ढुसीका कारण उत्पादित भुरा मर्ने, स्वच्छ पानीको व्यवस्थापन नजान्दा झण्डै एक वर्ष उनीहरुको व्यवसाय सिकाइमा बित्यो । विस्तारै माछापालनमा ‘सिक्दै, गर्दै’ को पाँच वर्षको अनुभवपछि […]
भौतिक पूर्वाधारमा चिनियाँ सहयोग : जनस्तरमा विस्तारित सम्बन्ध
काठमाडौँ, १७ असोज । तपाईं कति पटक कलङ्कीको जाममा पर्नुभयो ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपाईं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । कलङ्की खण्डको विकराल जाम अब इतिहास भइसकेको छ । कलङ्कीमा बनेको अण्डरपास धेरैका लागि नयाँ र नौलो प्रयोग पनि भएको छ । […]
तीन सहकारी एकीकरण
पाल्पा, १७ असोज । बगनासकाली गाउँपालिकामा बलियो पूँजी र उचित व्यवस्थापनका लागि फरक पहिचानका सहकारी एकीकरण भएका छन् । फरक पहिचानसहित स्थापना भएका पूँजी र व्यवस्थापन कमजोर रहेका सहकारी संस्थाबीच एकीकरण गरिएको छ । यहाँस्थित तीन सहकारी एकीकरण भएपछि गाउँपालिकास्तरीय सहकारी बनेको हो । वडा नं ८ स्थित बराङ्दी स्वावलम्बन विकास बचत तथा ऋण सहकारी, […]
नयाँ नोटको चरम अभाव
बेत्रावती, १७ असोज । मागअनुसार प्राप्त नहँुदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो । बैंकको शाखा कार्यालय विदुरबाट सोमबारदेखि बुधबारसम्म नयाँ नोट वितरण गर्ने जनाए पनि मागअनुसार नोट दिन नसकेको शाखा प्रमुख सुजन राजकर्णिकारले जानकारी […]
पेप्सीका कामदार आन्दोलित
नवलपरासी, १७ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० मा रहेको बहुराष्ट्रिय कम्पनी बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) मा कार्यरत कामदारले आज बिहानदेखि धर्ना दिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत छ महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका दैनिक ज्यालादारीमा कार्यरत कामदारले उद्योग पक्षबाट माग सुनुवाइ नभएको भन्दै पुनः आन्दोलनमा उत्रिएका हुन् । पटक–पटक कम्पनीको […]









