बीमा प्राधिकरणको अध्यक्ष बन्न १ दर्जन आवेदन

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् ।  प्राधिकरणको अध्यक्ष बन्नका लागि कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जवी चपागाँई, विष्णबाबु मिश्र, वुद्ध काजी श्रेष्ठ, दामोदर बसैला, डिमप्रसाद पौडेल, रामशरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठले आवेदन दिएका छन् । आवेदक मध्येमा कमलप्रसाद रेग्मी प्राधिकरणका निर्देशक हुन् […]

इम्सनमा नयाँ कार्यसमिति, अध्यक्षमा दोहोरिए श्रेष्ठ

काठमाडौ । आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले नयाँ नेतृत्व निर्वाचित गरेको छ । काभ्रेको थुमकी रिसोर्टमा सम्पन्न सातौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा रामराजा श्रेष्ठ दोहोरिएका छन् । उनी बिजखबर डटकमबाट प्रतिनिधित्व गर्दै संस्थाको अध्यक्ष भएका हुन्। यसैगरी संस्थाको उपाध्यक्षमा इक्वीटी नेपाल डटकमका लोचन खतिवडा […]

बिबाद समाधानपछि हरिवनमा धमाधम बन्न थाले बाटो

भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न वडामा लामो समय देखि बिबादमा रहेका सडकहरु विवाद समाधान भएसंगै  धमाधम कालोपत्रे हुन थालेपछि स्थानीयमा खुसी छाएको छ । हरिवन नगरपालिकाका विभिन्न वडाका सडकहरू लामो समयदेखि बिबादास्पद थिए । बिबादमा रहेका कारण बाटाहरु मर्मत नहुंदा स्थानीयले सास्ती खेप्नु परिरहेको थियो । बस्ती बिस्तार हुने क्रममा जग्गाको सिमाना विवाद […]

सर्लाहीको घुर्कौलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने

भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन- ५ घुर्कौलीमा ल्होछार  साँस्कृतिक महोत्सव हुने भएको छ । माघ १६, १७ र १८ गते तीन दिनसम्म महोत्सव हुने भएको हो । तामाङ समुदायको संस्कृती र सभ्यतालाई संसारभरि चिनाउने उदेश्यले तामाङ समुदायको २८६१ औं डुक /सापुख्रि बर्षको अवसर पारेर बृहत ल्होछार सांस्कृतिक मेला महोत्सवको आयोजना गर्न लागेको संयोजक सिंहलाल […]

भाटभटेनीमै भेटियो प्याकेजिङ नगरिएको खाद्यवस्तु

ललितपुर । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँ दोबाटोस्थित भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गिता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन समितिले सोमबार अनुगमन गर्दा भाटभटेनीमा म्याद उल्लेख नगरिएको तथा मापदण्डअनुसार प्याकेजिङसमेत नगरिएको इम्लीको अचार फेला परेको थियो। ‘म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज […]

निर्माण कम्पनीले नै गरे नगरकोट सडक निर्माणको सम्झौता रद्द

भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र भारतीय निर्माण कम्पनी एआईपिएल आफैंले सम्झौता रद्द गरेका छन् । कम्पनीको तर्फबाट बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै उक्त सडक निर्माणको सम्झौता रद्द गरेको घोषणा गरिएको हो । निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दा पनि तोकिएको समयमा निर्माण सम्पन्न नगरेको […]

भक्तपुर उद्योग बाणिज्य संघको ३७ औं साधारण सम्पन्न

  भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले सरकारको ध्यान कृषि क्षेत्रमा लगाउनुपर्ने आवश्यकता औंल्याएका छन्। भक्तपुर उद्योग वाणिज्य संघको ३७औं वार्षिक साधारण सभा उद्घाटन गर्दै सुवालले कृषि प्रधान देश भए तापनि चामल जस्ता खाद्यान्नमा भारतमा निर्भर हुनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। उनले प्रश्न गरे, “भारतले दाल चामल […]

उडान समय छोटिएपछि बुद्ध एयरको उडान निर्देशिका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ । यही कात्तिक २३ गते शुक्रबारदेखि करिब पाँच महिना अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम हँुदैछ । सोही कारण राति १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटिक टु एयर म्यान’ (नोटाम) जारी भएको छ । स्तरोन्नतिपछि विमानको आवतजावत […]

बक्यौता उठाउने विषयमा कुलमानलाई बिपक्षी बनाई हालिएको रिट सर्वोच्चद्वारा खारेज

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । नेपाल विद्युत् प्राधिकरण र कुलमान घिसिङलाई विपक्षी बनाइ हिमाल आइरन एण्ड स्टिल प्रालिले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतले खारेज गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त रिट खारेज हुने […]

तारकेश्वका अमिन अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको तारकेश्वर नगरपालिकामा करारमा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले चौलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार लिइसकेको अवस्थामा र श्रोत नखुलेको ३४ हजार सहित तारकेश्वर नगरपालिका- ६ धर्मस्थलीबाट सोमबार पक्राउ गरेको जानकारी दिएको छ । अख्तियारले चौलागाईलाई नियन्त्रणमा लिई थप […]