धरहरामा निःशुल्क पार्किङ सुरु

काठमाडौं । सुन्धारास्थित धरहरामा निःशुल्क पार्किङ सुरू भएको छ। काठमाडौं महानगरपालिकाले धरहरामा आजदेखि सुरू हुनेगरी निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको हो। काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि विकल्पका रूपमा धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको हो। महानगरले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउँदै आएको थियो। अब धरहरामा पनि पार्किङको व्यवस्था गरिएपछि थप […]

१५ लाख घुससहित बनेपाका वडाध्यक्ष रङ्गेहात पक्राउ

घुस रकम सहित काभ्रेपलान्चोक जिल्लाका एक वडाध्यक्ष भक्तपुरमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार राति उनलाई मध्यपुर ठिमीबाट पक्राउ गरेको हो ।                                                              […]

माओवादी नेतृत्व रहेको मरिण गाउँपालिका वित्तीय सुशासनमा सर्वोत्कृष्ट

marin gaupalika

सिन्धुली । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन(FIDUCIARY RISK ASSESSMENT) मा सिन्धुली जिल्लाको मरिण गाउँपालिका उच्चत्तम अंक हासिल गर्दै प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० को वित्तीय सुशासन जोखिम मूल्यांकन गर्दा देशैभरका स्थानीय तहमा मरिण गाउँपालिका सर्वोत्कृष्ट भएको हो ।  कार्यविधि नै बनाएर स्थानीय तह वित्तीय सुशासन जोखिम […]

ललितपुरका दुई स्वास्थ्य सहकारी मर्ज, अध्यक्षमा बजगाईँ

ललितपुर । सहकारीमा समस्या भइरहेका बेला ललितपुरमा दुई प्रतिष्ठित सहकारी मर्ज भएका छन । शुक्रबार ललितपुरको महालक्ष्मीस्थानमा रहेको डिलाई पार्टी भेन्यूमा सम्पन्न भएको वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था र नयाँ आशा स्वास्थ्य सहकारी एक आपसमा मर्जर भएका हुन् । ललितपुरमा सम्पन्न सभाको उद्घाट गर्दै प्रमुख अतिथि संस्थाको उत्कृष्ट कारोबारी सदस्य पुष्पप्रसाद घिमिरेले सरकारीहरू सरकारको नीति–नियमअनुसार […]

कार्यालयबाटै प्रमुख प्रशासकीय अधिकृत पक्राउ

पर्वत जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । ठगीको आरोपमा पराजुली पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो । प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रार रहँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए । सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत […]

पालिकाहरुले पर्यटकीय गन्तब्यको ब्राण्डिङ्ग तथा प्रचारप्रसार गर्ने

लुम्बिनी प्रदेशका विभिन्न पालिकाहरुले आ–आफ्नो पालिकाको पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसार गर्ने भएकाछन् । पालिकाहरुको आर्थिक विकासकालागि पर्यटन महत्वपूर्ण आधार भएकोले पालिकाहरु पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसारमा लाग्ने भएका हुन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं […]

सोंच र कार्यशैली बदलेर नतिजा निकाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो निर्देशन दिएका […]

केही सहकारीमा आएको सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखियो : सचिव दुवाडी

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटले सहकारी क्षेत्र धर्मराएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औं वार्षिक साधारण्सभामा बोल्दै सचिव दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा सहकारी क्षेत्र नै धर्मराएको बताएका हुन् । ‘केही सहकारीमा आएको सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखियो’, उनले भने, […]

सरकारले फेरि घटायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजै राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जानकारी दिएको छ । घटाइएको नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ६७, डिजेल र मट्टितेल १ सय ५७ […]

एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक समिति गठन गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद बैठकले उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको हो । पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरिएको सरकारकी प्रवक्ता रहेकी मन्त्री रेखा शर्माले जनाएकी हुन् । उक्त […]