अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प

वीरगन्ज। बाराको अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प भएको छ । भारतीय शहर रक्सोलबाट नेपाल आउने ट्यांकर चालकलाई भारतीय प्रहरीले विना कारण पिटेको भन्दै ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि लोड÷अनलोड ठप्प भएको हो । आन्दोलनका कारण क्षेत्रीय डिपो अमलेखगन्जबाट हुने सम्पूर्ण लोड अनलोडको काम प्रभावित भएको नेपाल आयल निगमले जनाएको छ ।ट्यांकर चालकहरुले भारतीय प्रहरीले आफूलाई […]

आयल निगमले हचुवाका भरमा इन्धनको मुल्य बढाएपछि बजारमा चौतर्फी असर

काठमाडाैं, २१ जेठ । आयल निगमले १५ दिनअघि मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.२८ अमेरिकी डलर थियो । नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय १० र डिजेल ९२ रुपैयाँ तोकिएको थियो । शनिबार मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजार प्रतिब्यारेल ६५.८१ डलर थियो । यहाँ पेट्रोलको मूल्य १ सय १३ र डिजेल […]

बेनी–जोमसोम–कोरला सडकखण्डमा २३ वटा पक्की मोटरेबल पुल

मुस्ताङ ।  उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत बहुचर्चित कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्डमा २३ वटा पक्की मोटरेबल पुल बन्ने भएको छ । तीमध्ये ८ वटाको काम भइरहेको र १५ वटा पुलको काम आगामी आर्थिक वर्षमा शुरु गरिने कालिगण्डकी करिडोर जोमसोम कार्यालयले जनाएको छ । करिडोरले निर्माण गर्ने पुलबाहेक सडक विभाग पुल सेक्टर आयोजनाले म्याग्दीको तिप्ल्याङ […]

ठूला प्रशारण लार्इन र जलविद्युत आयोजना बनाइदिने चीनको प्रस्ताव, प्रम ओलीलार्इ चिनले माग्यो प्रस्ताव

काठमाडौ । चीनले ठूला जलविद्युत् आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै सरकारसँग प्रस्ताव माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सम्झौताका लागि भन्दै चीनले सरकारसँग ठूला र आकर्षक जलविद्युत् र प्रसारण लाइन आयोजनाको सूची मागेको हो । प्रधानमन्त्री ओलीले सम्भवत: असार पहिलो साता चीन भ्रमण गर्दै छन् । ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग छलफलपछि चीनले […]

आयल निगमले फेरि बढायो इन्धनको मुल्य, पेट्रोलको मुल्य फेरि पुग्यो ११३

काठमाडौं , २० जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। आयल निगमको सञ्चालक समिति बैठकले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा ३-३ रुपैयाँ मूल्य बढाएको हो। त्यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ पाँच रुपैयाँ बढेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर […]

सुन तस्करहरु फेरि नयाँ रुटमा सक्रीय

काँकडभिट्टा, २० जेठ । नेपालमा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा संलग्नहरू पक्राउ परेपछि संगठित सुन तस्कर गिरोहले वैकल्पिक मार्ग प्रयोग गरेको छ । नेपालमा उच्च तहका प्रहरी अधिकृत नै समातिएपछि र पछिल्लो समय सीमा क्षेत्रमा समेत कडाइ थालिएपछि अन्तरदेशीय गिरोहले चीन–भारत व्यापारका लागि १२ वर्षअघि सञ्चालनमा आएको सिक्किमको नाथुला मार्ग प्रयोग […]

कोरिया भाषा परीक्षा २६ र २७ गते

काठमाडौं ।  कोरिया भाषा परीक्षा यही जेठ २६ र २७ गते हुने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सन् २०१९ को लागि भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको हो । शाखाका अनुसार काठमाडौं, ललितपुर र पोखरा गरी २८ केन्द्र तोकिएका छन् । परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म र १२ बजेदेखि […]

मेलम्ची खानेपानी साउन मसान्तसम्म आउँछ : मन्त्रालय

काठमाडौं । खानेपानी मन्त्रालयले आगामी साउन मसान्तसम्म मेलम्ची खानेपानी काठमाडौं ल्याउन मन्त्रालय प्रतिबद्ध रहेको जनाएको छ । मन्त्रालयले आयोजनाको प्रगतिबारे जानकारी गराउन शुक्रबार गरेको पत्रकार सम्मेलनमा आयोजना निर्माणमा कुनैपनि प्रकारको बहाना स्वीकार्य नरहेको जनाएको छ । मन्त्रालय कुनैपनि शर्तमा कार्ययोजना र तालिकालाई परिवर्तन गर्ने पक्षमा नरहेको स्पस्ट पारेको छ । यस्तै, मन्त्रालयले आयोजना ठेकेदारबाट कार्यप्रगतिलाई […]

अब हरेक निजामति कर्मचारीलाई अनिवार्य सरकारी इमेल

काठमाडौं । अब हरेक सरकारी कार्यालय र निजामति कर्मचारीले अनिवार्य रुपमा सरकारी इमेल प्रयोग गर्नुपर्ने भएको छ। सरकारले ‘सरकारी निकायहरुमा विद्युतीय पत्राचार (इमेल) व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७५’ जारी गर्दै सो व्यवस्था लागू गरेको हो। ईमेल खाता प्रदान गरिने भएसँगै कर्मचारीको विदा तथा काज माग गर्ने र स्वीकृत वा अस्वीकृत गर्ने कार्य समेत ईमेल मार्फत गर्न […]

प्रदेश सातका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक (कसको कति?)

काठमाडौं, १५ जेठ । प्रदेश सातका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सात जना मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। सम्पत्ति विवरणमा मुख्यमन्त्री त्रिलोचन भट्टको सम्पत्ति विवरण हेर्दा, केआईसिंह नगरपालिका- ६ मा रहेको घर र १८ रोपनी जग्गा मुख्यमन्त्रीका दाजु शालिग्राम भट्टको नाममा रहेको छ भने २.५ रोपनी जग्गा […]