तारकेश्वका अमिन अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको तारकेश्वर नगरपालिकामा करारमा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले चौलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार लिइसकेको अवस्थामा र श्रोत नखुलेको ३४ हजार सहित तारकेश्वर नगरपालिका- ६ धर्मस्थलीबाट सोमबार पक्राउ गरेको जानकारी दिएको छ । अख्तियारले चौलागाईलाई नियन्त्रणमा लिई थप […]

आयल निगमले घटायो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । नयाँ […]

बीआरआईमाथि राजनीति गरेर देशको पूर्वाधार विकासबाट नपन्छिन विज्ञको आग्रह

काठमाडौं । चीनले पहल गरेका बेल्ट एण्ड रोड इनिसियटिभ प्रोजेक्टहरुलाई छिटो कार्यान्वयनमा लग्न विज्ञहरुले जोड दिएका छन् । ‘नयाँ चीन स्थापनाको ७५औँ वार्षिकोत्सव’का अवसरमा नेपाल–चीन मैत्री युवा संघ र फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो जोड दिएका हुन् । बीआरआई चीनको मात्र महत्वाकांक्षी योजना नभएर यो समग्र विश्वको पूर्वाधार विकासको […]

पानीजहाज र रेलमै अड्किए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्न प्राथमिकता दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आब २०८०÷०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सीमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन भनेका छन् ।  नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि […]

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । विहिबार सुनको मुल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ ।  यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ […]

अन्तःशुल्क स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध मुद्धा दर्ता

  काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।   आयोगलले आइतबार अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित ९ जना सरकारी कर्मचारी तथा दुई जना ठेक्का पाएका कम्पनिका कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता हो । अख्तियारले जनही ३८ करोड ६७ […]

सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने

  काठमाडौँ, २०८१असार ०३ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि आन्दोलन स्थगित भएको हो । चालकले सोमबारबाटै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी […]

भरत ताल बनाएका मेयरको गुनासो- राम्रो काम गर्नु अभिशाप भयो (९ तथ्य सहित)

सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालबारे नसुन्ने कमै होलान । मानव निर्मित दक्षीण एसियाकै ठूलो ताल मानिने सर्लाहीको भरत ताल सर्लाहीकै पहिचानको रुपमा चर्चित रहेको छ । पर्यटकीय गन्तब्यस्थलको रुपमा भरत ताल लोकप्रिय बन्दै जाँदा यसका निर्मातालाई भने यतिबेला यहीँ ताल टाउको दुखाइको विषय बन्न पुगेको देखिन्छ । काम नहुँदा नेतालाई सत्तोसराप गर्ने र […]

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौँ १५ जेठ २०८१ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेश गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । […]

बर्दिवासका स्थानीयले नियन्त्रणमा लिए टिपर

बिशाल बस्नेत, महोत्तरी । अवैधानिकरुपमा नदीजन्य  पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानीयहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन । महोत्तरीको बर्दिवास नगरपालिका स्थित  निर्माणधीन रेल्वे स्टेसनमा वुधवार विल र भिसिटिएस विना ओसारपसार गरिरहेका ५ वटा टिपरहरुलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई जिम्मा लगाएका हुन । ना ६ ८०९६, ना १ क ५३२०, ना ६ ख ७५३६, […]