चीनको बिस्फोटमा परि मर्नेको संख्या १० पुग्यो

झेन्झाउ, ४ साउन । चीनको एउटा ग्यास उद्योगमा शुक्रबार बेलुका भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । घटनामा परी अरु १९ जना घाइते भएका छन् भने पाँच जना सम्पर्कबिहीन रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । हेनान प्रान्तस्थित ग्यास उद्योगमा स्थानीय समय अनुसार शुक्रबार बेलुका ५.४५ मा विस्फोट भएको हो । इमा शहरमा […]

माटाका भाँडामा लुकेको अन्तरकथा

भक्तपुर, ४ साउन । लगातार तीन दिनको झरीले भर्खरै मात्र विश्राम लिएको थियो । मध्यपुरथिमिस्थित प्राचीन बाहाखाः बजार क्षेत्रको बाटो हिलाम्मे भयो । यहाँका बाटा साँघुरा र खाल्डाखुल्डी परेर पानी जमेका थिए । सडकमा सवारी साधनको बाक्लो आवतजावतबीच मानिस आ–आफ्नो गन्तव्य जान प्रयासरत देखिन्थे । बाहाखाः ऐतिहासिक व्यापारिक केन्द्र हो । यहाँको भीमसेन चोकबाट दक्षिणमा पाँच […]

साउदीमा तैनाथ हुन अमेरिकी सेनालाई साउदी राजाको स्वीकृति

रियाद, ४ साउन । साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल–साउदले अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न स्वीकृती दिएका छन् । साउदी प्रेस एजेन्सीले शुक्रबार दिएको जानकारी अनुसार क्षेत्रीय सुरक्षा र शान्ति स्थापनाका लागि सहकार्य गर्नुपर्ने भएकाले अमेरिकी सेनालाई स्वीकृति दिएको साउदी राजाले बताएका छन्। अमेरिकी पाँच सय सेना साउदी अरबस्थित प्रिन्स सुल्तान हवाई अखडामा […]

भवन निर्माण रोक्न अदालतको आदेश

मकवानपुर, ४ साउन । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले हेटौँडा–१० मा रु १० करोडको लागतमा निर्माणाधीन रहेको शैक्षिक भवनको काम नगर्न नगराउन उच्च अदालत पाटन हेटौँडाको इजलासले अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीश चण्डीराज ढकालको एकल इजलासले सो आदेश दिएको हो । उक्त विश्वविद्यालयले वन विज्ञान अध्ययन संस्थान (फरेष्टी कलेज) को जग्गामा जबर्जस्ती […]

दैलेखमा प्राबिधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै

सुर्खेत, ४ साउन । दैलेखको नौमूले गाउँपालिका–३ का अर्जुन गुरुङलाई अमिन (बेसिक सर्भे) पढ्ने चाहना छ । एसइई नतिजामा ३.०० जेपिएसहित उत्तीर्ण उनी छिटो रोजगारी पाउने आशामा प्राविधिक कोर्ष पढ्ने तयारीमाछन् । “अमिन पढाइ हुने कलेज छान्दैछु, कोटा सीमित हुँदोरहेछ”, उनले भने, “प्रवेश परीक्षाको तयारी गर्दैछु, अन्य विषयभन्दा अमिन उपयुक्त लागेको छ ।” सुर्खेत, सिम्ता–४ […]

आज भारी वर्षाको सम्भावना

काठमाडौ,४ साउन । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भए पनि बङ्गालको खाडीबाट प्र्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावले देशको केही स्थानमा मध्यमदेखि […]

पाल्पामा सिंचाइको पंहुच बढाइदै

पाल्पा, ४ साउन । तिनाउ गाउँपालिकाले खेतीयोग्य जमीनमा सिँचाइको पहुँच बढाउन थालेको छ । चालू आव २०७६/०७७ देखि कृषियोग्य जमीनमा ५०० हेक्टर क्षेत्रफलमा सिँचाइको पहुँच बढाउन थालिएको हो । गाउँपालिका क्षेत्रभित्र सात हजार ११७ हेक्टर क्षेत्रफल कृषि खेतीयोग्य जमीन रहेको छ । जसमध्ये बाह्रै महीना सिँचाइको सुविधा भएको एक हजार ८०७ हेक्टर र वर्षायाममा मात्रै […]

व्यावसायिक फूलखेतीमा आकर्षण बढ्दो

पाल्पा, ४ साउन । तानसेन नगरपालिकाको प्रभासस्थित रक्साहामा गरिएको व्यावसायिक फूल खेतीप्रति यतिबेला सबै लोभिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी राजेशकुमार गुप्ताको नर्सरीमा दुई दर्जनभन्दा बढी फूलको व्यावसायिक उत्पादनले फूलखेतीप्रति लोभिएका छन् । प्लाष्टिक घरभित्र रङ्गी विरङ्गी फूल फुलिरहेका दृश्यले त्यहाँ पुग्ने लालयित हुन्छन् । प्रायः मानिस फूलसँग झुमिन रुचाउँछन् । फूल टिपिहाल्ने, त्यसको […]

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ, ४ साउन । संविधानसभाका पूर्वसभासद् चक्रबहादुर ठकुरीको स्मृतिमा खुलेको चक्र स्मृति पाठशालामा अध्ययनरत १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विपन्न वर्गका विद्यार्थीलाई सहयोग गर्न दाताले दिएको सहयोग नेपाली विद्यार्थी सङ्घ काठमाडौँ क्षेत्र नं ३ ले विद्यार्थीलाई हस्तान्तरण गरेको हो । शैक्षिक सामग्री हस्तान्तरण गर्दै पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अम्बिका […]

गुणस्तरीय निर्माणमा जोड दिन मुख्य मन्त्रीको आग्रह

मोरङ,४ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरुले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् । नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं १ द्वारा शुक्रबार साँझ यहाँ आयोजित ५७ औं इञ्जिनीयर्स दिवसको अवसरमा उनले प्रदेशले पूर्वाधार विकासमा ठूलो बजेट रकम छुट्याएकाले नमूना प्रदेश बनाउन सरकारसँग हातेमालो गर्न आग्रह गरे । मुख्यमन्त्री राईले […]